वीरगन्ज । प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको सभामुख सरोज यादवले घोषणा गरेका छन्।
नीति तथा कार्यक्रमाथि दुई दिनको छलफलपछि मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समर्थन सबै दलका प्रदेशसभा सदस्यहरुले गरेका थिए।
यसअघि नीति तथा कार्यक्रममा संशोधनका लागि प्रदेशसभा सदस्यहरु शिवचन्द्र चौधरी, सीता गुरुङ, सुन्दर बहादुर विश्वकर्माले राखेका संशोधन प्रस्ताव फिर्ता लिएका थिए भने प्रदेशसभा सदस्य दिलीप साहको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरिएको थियो।
नीति तथा कार्यक्रम प्रदेशसभामा पारित भएपछि प्रदेश सरकारले अब आर्थिक वर्ष २०७८/०७९को बजेट ल्याउने तयारी गर्नेछ।जेठ २७ गते प्रदेश प्रमुख राजेश झाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।