• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानमन्त्री ओलीको धम्कीका बाबजुद तत्काललाई टर्‍यो बीएण्डसीको सम्बन्धन

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७८, आईतवार २१:१५
  • १८९७

    वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको दबाब र धम्कीका बाबजुद झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन तत्काललाई टरेको छ।लामो समयदेखि बीएण्डसीलाई सम्बन्धन दिलाउन अनेक उपाय खोजिरहेका ओलीले आइतबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई धम्कीको अस्त्र प्रयोग गरेका थिए।आफ्नो सरकारी निवास बालुवाटारमा उनले आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सदस्य सचिव डिल्ली लुईंटेललगायतलाई बोलाएर बीएण्डसीलाई सम्बन्धन दिन खुलेरै दबाब दिएको स्रोतले बताएको छ।‘त्यति धेरै लगानी र मेहेनत गरेकालाई हतोत्साहित गर्न मिल्दैन। बीएण्डसी मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन दिन लगाउनु पर्‍यो। तपाईँले किन यसमा असहयोग गरिरहनुभएको छ? यसमा ढिलो गर्नुपर्ने कारण के छ? सम्बन्धन दिन अब बिलम्ब नगर्नुहोस्,’ प्रधानमन्त्री ओलीले डा. गिरीलाई दिएको दबाब उद्धृत गर्दै स्रोतले भन्यो।

    तर स्रोतका अनुसार डा. गिरीले प्रधानमन्त्री ओलीसमक्ष बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन नमिल्ने अडान राखेका थिए।उनले ओलीलाई भनेका थिए, ‘सम्बन्धन पाउन निश्चित मापदण्ड पूरा गरेको हुनुपर्छ। प्रस्तावित बीएण्डसी मेडिकल कलेजले त्यो मापदण्ड पूरा गरिसकेको छैन। मापदण्ड पूरा गरेका दिन मात्रै आयोगले सम्बन्धनका लागि सिफारिस गर्नेछ।’त्यसपछि प्रधानमन्त्रीले केही नबोली डा. गिरीलाई बालुवाटारबाट बिदा गरेका थिए। तर त्यसलगत्तै डा. गिरीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले बोलाएर काम गर्न नसक्ने भए राजीनामा दिनुहोस् भन्दै धम्काएका थिए।

    मन्त्री श्रेष्ठले गिरीलाई सोधेका थिए, ‘बीएण्डसीलाई सम्बन्धन दिन किन मिल्दैन?’ डा. गिरीले प्रधानमन्त्री ओलीलाई दिएको जबाफ मन्त्री श्रेष्ठलाई पनि दोहोर्‍याएका थिए।डा. गिरीले भनेका थिए, ‘बीएण्डसीले मापदण्ड पूरा गरेको छैन। मापदण्ड पुरा गरेपछि मात्रै सम्बन्धन दिनेछौँ।’त्यसपछि शिक्षामन्त्री श्रेष्ठले आक्रोशित हुँदै डा. गिरीलाई भनेका थिए, ‘तपाईँले काम गर्न सक्नुभएन, यो पद छोड्दिनुहोस्।’त्यसलगत्तै डा. गिरीले आइतबार नै आयोगका सदस्यहरु डा. भगवान कोइराला, प्रधानमन्त्री ओलीकी निजी चिकित्सकसमेत रहेकी डा. दिव्यासिंह शाहलगायतसँग बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने/नदिनेबारे छलफल गरेका थिए।

    त्यसपछि डा.गिरीसँगै आयोगका सदस्यहरु मापदण्ड पूरा गरेपछि मात्रै बीएण्डसीलाई सम्बन्धन दिने साझा निर्णयमा पुगेका थिए। उनीहरुले आइतबार नै उक्त निर्णयको ‘माइन्यूट’समेत गरेका छन्। वास्तवमा आयोगका उपाध्यक्ष डा. गिरी र सदस्यहरुले प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन नमिल्ने भन्ने निर्णय शुक्रबार नै गरेका थिए।तर आइतबार उक्त, निर्णयमा उनीहरुले हस्ताक्षरसमेत गरेका हुन्। आफूलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले धम्की दिएकोबारे केही बोल्न नचाहेका डा.गिरीले मापदण्ड पूरा नगरेको बीएण्डसीको सम्बन्धन तत्काललाई टरेको भने पुष्टि गरेका छन्।

    उनले देशसञ्चारसँग भने, ‘प्रस्तावित बीएण्डसी मेडिकल कलेजले मापदण्ड पूरा गरेपछि मात्रै सम्बन्धन पाउने छ। त्यससम्बन्धी आयोगले निर्णय नै गरिसकेको छ।’प्रधानमन्त्री ओली र शिक्षा मन्त्रीले बीएण्डसीलाई सम्बन्धन दिलाउन दिएको दबाबलाई लिएर तीब्र विरोध सुरु भएको छ।‘बृहत नागरिक आन्दोलन’ र ‘सोलिडारिटी फर डा. केसी आलान्स’ले डा. गिरीको सुरक्षाको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री र मन्त्रीहरुले ज्यादति गरेको उल्लेख गरिएको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिक भएको दाबी गर्दै आएका बीएण्डसी सञ्चालक दुर्गा प्रसाईंको पछिल्लो पटक आउजाउ बालुवाटारमा बाक्लिएको थियो। उनले सम्बन्धन नपाउँदा आफ्नो करोडौँको लगानी खेर गइरहेको दाबी गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑