• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अलैंची प्रतिमन ११ हजारले वृद्धि

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७८, आईतवार १२:०१
  • २६६१

    वीरगन्ज ।निरन्तर ओरालो लागेको अलैंचीको मूल्य सिजनको अन्त्यतिर वृद्धि भएको छ । वैशाखमा प्रतिमन २३ हजार रुपैयाँमा खरिदबिक्री भएको अलैंची अहिले ३४ हजार रुपैयाँ पुगेको छ ।पाको बिर्तामोडस्थित निर्यात व्यवसायी ओमकृष्ण बिमली अलैंची सुकाउँदै । तस्बिर : अर्जुन/कान्तिपुर

    कोरोना महामारीकै बीच अलैंचीले राम्रो मूल्य पाएको हो । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायी बताउँछन् । मूल्य राम्रो पाएपछि यस वर्ष नेपाली व्यवसायीका सबै स्टक सकिन लागेको उनीहरूको भनाइ छ । ‘अब २० प्रतिशत मात्रै अलैंची बाँकी होला,’ अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराईले भने, ‘मूल्य बढ्नु र डिमान्ड पनि राम्रो भएकाले यो वर्ष अलैंची गोदाममा रहँदैनन् होला ।’

    कोरोनाका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । अलैंचीको खपत राम्रो हुने मुस्लिम देशहरू कोभिडले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो । तर, यस वर्ष त्यो अवस्था छैन । मुस्लिम देशहरू विशेषगरी पाकिस्तानबाट अलैंचीको माग उच्च रहेको महासंघका महासचिव सुबास भट्टराईले जानकारी दिए ।
    ‘कोभिडका कारण पोहोर मुस्लिम देशहरूले इद पर्व राम्ररी मनाउन पाएनन् । यो वर्ष ती देशहरूमा कोभिडको त्यति ठूलो संकट छैन । त्यसकारण पनि यो वर्ष नेपाली अलैंचीको डिमान्ड बढेर गएको हो,’ अलैंची निर्यातकर्ता ओमकृष्ण बिमलीले भने । उनका अनुसार खडेरीका कारण यस वर्ष औंल भेगका अलैंचीमा डढुवा रोगले क्षति पुर्‍याएको छ । डढुवाले अलैंचीका बोट नष्ट गरेकाले आगामी वर्ष उत्पादन कम हुन सक्ने बिमलीको अनुमान छ । ‘यस कारण पनि यो वर्ष अचानक अलैंचीको भाउ बढेर गयो,’ उनले भने ।

    नेपालमा मात्र नभई भारतमा पनि डढुवा रोगले अलैंचीमा क्षति पुर्‍याएको व्यवसायी बताउँछन् । एक पटक अलैंचीको बिरुवा मरेपछि तीन वर्षसम्म उत्पादनमा गिरावट आउने उनीहरूको भनाइ छ । नेपाली अलैंचीको प्रमुख बजार भारत हो । अलैंची भारतको अमृतसार, दिल्ली र कानपुरमा बढी व्यापार हुने गरेको छ । कोरोनाको दोस्रो लहरले दिल्लीसहित भारतमा संक्रमण दर उच्च हुँदा चैत–वैशाखमा एक महिना नेपाली अलैंचीको भारत निर्यात ठप्प बनेको थियो । निर्यात खुलेलगत्तै अलैंचीको माग र मूल्य वृद्धि भएको पूर्वअध्यक्ष भट्टराईले बताए ।

    अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले शुक्रबार नेपाली अलैंची चलनचल्तीको प्रतिमन ३० हजार, कटिङ गरेको १ नं. प्रतिमन ३२ हजार र २ नं. प्रतिमन ३१ हजार रुपैयाँमा खरिदबिक्री भएको बताए । तर, अलैंची निर्यात व्यवसायी बिमलीले बिहीबार बिर्तामोडका व्यवसायी लक्ष्मी गुरागाईंसँग प्रतिमन ३४ हजार रुपैयाँका दरले अलैंची खरिद गरेको बताए । ‘जसले जे भने पनि अलैंचीको मूल्य बढिरहेको छ । बिहीबार मात्र मैले ३४ हजार रुपैयाँ मनका हिसाबले १२ सय ५० केजी अलैंची किनेको छु ।’

    व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार चालु वर्षको १० महिनामा करिब ६ अर्ब रुपैयाँको अलैंची निर्यात भएको छ । अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब ३४ करोडको मात्र अलैंची निर्यात भएको थियो । अहिलेको मूल्यलाई स्थिर राख्न सके यसै वर्ष ७ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अलैंची निर्यात गर्न सकिने महासचिव भट्टराईले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑