वीरगन्ज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा देशभर ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३६६ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना कोरोना संक्रमित निको भएका छन्। नेपालमा हालसम्म संक्रमणमुक्त हुने कोरोना संक्रमितको संख्या ५ लाख २७ हजार १११ पुगेको छ। गत २४ घण्टामा ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९८८ एन्टिजेन परीक्षण भएको छ।