बीरगन्ज। जम्मू–कास्मिरको बारामुलमा शनिबार विद्रोहीहरुले सुरक्षाकर्मीलाई निशाना बनाएर गोल हानेका छन् । सोपेरमा विद्रोहीले अन्धाधुन्ध गोली चलाउँदा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ । यस घटनामा दुईजना सर्वसाधारणको पनि मृत्यु भएको छ । प्रहरीले इलाकालाई घेराबन्दी गरेर सर्च अपरेशन चलाइरहेको छ ।
मार्चमा पनि भएको थियो हमला
यसअघि मार्च महिनामा पनि लस्क ए तैयबाले सिआरपिएफको गस्ती टोलीमाथि फायरिङ गरेको थियो । श्रीनगरको बाहिरीइलाका लवेपोरामा भएको यस हमलामा दुई जवानको ज्यान गएको थियो । हमलामा तीनजना घाइते भएका थिए । त्यसमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भयो ।
१४ मार्चमा पनि मुठभेड
यस हमलाभन्दा ११ दिन पहिले १४ मार्चमा पनि सुरक्षा बल र आतङ्ककारीबीच मुठभेड भएको थियो । यस दौरान सुरक्षाकर्मीको गोली लागेर एक विद्रोही मारिएका थिए । सोपियाको रावलपोरा इलाकामा पुरै रात यो अपरेशन चलेको थियो ।