मेयर पदका उम्मेदवारहरू | चुनाव चिन्ह | पार्टी | कुल मत |
---|---|---|---|
राजेशमान सिंह | छाता | जनता समाजवादी पार्टी, नेपाल | 13724 |
विजयकुमार सरावगी | सुर्य | नेपाल कम्युनिष्ट पार्टी (एमाले) | 6927 |
गिरीश गिरी | हलो | राष्ट्रिय प्रजातन्त्र पार्टी | 541 |
उपप्रमुख पदका उम्मेदवारहरू | चुनाव चिन्ह | पार्टी | कुल मत |
---|---|---|---|
इम्तियाज आलम | गाछी | नेपाली कांग्रेस | 8972 |
पुरुषोतमलाल झा | साइकल | लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | 1766 |
बिना जैसबाल | हलो | राष्ट्रिय प्रजातन्त्र पार्टी | 919 |
रम्भा मिश्रा | गुलाफ | स्वतन्त्र | 1175 |
बागमती | बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् । उनले प्रदेशसभाको आज बसेको बैठकमा बोल्दै शुक्रबारको बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा उक्त शव्दहरु प्रस्तुत भएको भन्दै वैद्यले माफी मागेका हुन् ।
शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।
संविधानमा व्यवस्था भए अनुसार आफूले आफ्नो अभिव्यक्ति दिएको र पार्टीको निर्देशन अनुसार आफूले आत्मालोचना गरेको उनको भनाइ छ ।आफू महात्मा गान्धीलाई मान्ने र शब्दले पनि कसैको मन दुखाउन नचाहेको भन्दै ओली प्रवृत्तिको कारण आक्रोशित भएर उक्त अभिव्यक्ति दिएको र आफ्नो अभिव्यक्ति प्रति आत्मालोचना र माफी माग्दै संसद्को रेकर्डबाट त्यसलाई हटाउन सभामुख समक्ष आग्रह गरे ।
उनले आत्मालोचना गर्दै माफी मागेकाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।