धनुषा | प्रदेश नम्बर २ सरकारले पोखरीमा डुबेर मृत्यु भएको ५ जना बालिकाको परिवारलाई १/१ लाख रुपैयाँको दरले राहत स्वरुप रकम उपलब्ध गराउने घोषणा गरेको छ |धनुषाको मुखियापट्टि मुसहरनीया गाउँपालिका स्थित बहेडाडावेला–तुल्सीयाही गाउँको बिचमा पर्ने पोखरीमा डुबेर मृत्यु भएको ५ जना बालिकाको परिवारलाई एक लाख रुपैयाँको दरले राहतस्वरुप रकम उपलब्ध गराउने घोषणा गरेको हो ।
मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वकी १३ वर्षीय छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीय चादँनी ठाकुर र उत्तिम साह तेलीकी १२ वर्षीय छोरी ललिता साह तेली रहेका छन् ।
ति पाँच जना बालिकाको शव पोष्टमार्टमका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा राखिएको धनुषा प्रहरीले जनाएको छ ।यता प्रदेश– २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवले शोक सन्तप्त परिवारलाई अस्पतालमै गएर भेटघाट समेत गरेका थिए ।