• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जथाभावी खनिएको पोखरीले लियो ५ बालिकाको ज्यान, गाउँ नै शोकमा

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७८, शुक्रबार २१:२७
  • ३४०१

    धनुषा | धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुरमा बाख्रा चराउन गएका ५ जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँ शोकमा डुबेका छन् । कुनै मापदण्डबिना पोखरी खन्दा यस्तो घटना निम्तिएको गाउँलेहरु बताउँछन् । प्रहरीका अनुसार माछापालनका लागि खनिएको नयाँ पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

    शुक्रबार बिहान बालिकाहरू घरबाट बाख्रा चराउनका लागि चौरतर्फ निस्किएका थिए । सोही क्रममा खेतमा पानी जमेको देखेपछि उनीहरु पौडी खेल्न पुगेका थिए । थोरै पानी रहेको भन्दै पोखरीमा पौडी खेल्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी नायब उपरिक्षक मकेन्द्र कुमार मिश्रले भने– ‘बालिकाहरू बाख्रा चराउन गएको बेला पानी जमेको देखेपछि पौडी खेल्ने क्रममा डुबेका रहेछन् ।’ धनुषा प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहको जनाएको छ। मिश्रले उक्त पोखरी स्थानीय हुलास यादवको रहेको बताए ।

    स्थानीयका अनुसार बिहान ७ जना बालिका बाख्रा चराउन भनेर घरबाट निस्केका थिए । खेतमै खनिएको पोखरीमा ५ जना नुहाउन पसे । २ जना भने ननुहाउने भन्दै पोखरीमा पसेनन् । पोखरीमा छिरेकाे केही बेरमा नै पाँचै जना डुब्न थालेपछि दुई जना बालिका हारगुहार गर्दै गाउँमा पुगेर घटनाबारे जानकारी गराएको स्थानीय अरुण कुमार राउतले जानकारी दिए ।

    गाउँलेहरु तत्कालै घटनास्थलमा पुगे पनि त्यतिबेलासम्म ढिला भइसकेको थियो । पाँचै जना बालिकाको शव पानीमा तैरिरहेको थियो । त्यसपछि स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थल पुगेर मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरी नायब उपरिक्षक मिश्रले बताए ।

    स्थानीय अरुणकुमार राउतले प्रश्न गरे, ‘झट्ट हेर्दा खेतजस्तै देखिन्छ । यसरी अव्यवस्थित तरिकाबाट पोखरी खन्दा पाँच जना अबोध बालिकाको इहलीला समाप्त भएको छ । यसको दोषी को ? मापदण्ड बिना पोखरी खन्न किन दिइयो ? यसैगरी बेटी बचाउनुहुन्छ सरकार ?’

    मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीय छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीय चादँनी ठाकुर र उत्तम साह तेलीकी १२ वर्षीय छोरी ललिता साह तेली छन् ।ratopati

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑