• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा जसपा : सत्ताधारी पनि, ‘प्रतिपक्ष’ पनि !

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७८, शुक्रबार २१:१७
  • २६६५

    बीरगन्ज। जनता समाजवादी पार्टी नेपालले प्रदेश २ का आफ्नो नेतृत्वको सरकारबाट अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर काँग्रेसलाई भित्र्याएपछि जसपा दुई ध्रुवमा विभाजित भएको छ । यसअघि पनि जसपा पूर्व समाजवादी पार्टी र राजपामा विभाजित नै थियो । अहिले विभाजन स्पष्ट रुपमा देखिएको छ ।केन्द्रमा देखिएको विवादका कारण उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट हटाएर गरेर काँग्रेसलाई भित्र्याई सकेको छ । जसपाकै सरकार भएपनि पार्टीभित्रै एउटा पक्ष सत्ताधारी र अर्को विपक्षी जस्तो बनेका छन् । महन्थ ठाकुर पक्षका सांसद आफ्नै पार्टीको सरकार भएपनि दोष र गुणका आधारमा मात्र सरकारलाई विरोध या समर्थन गर्ने बताउँछन् ।

    यता, जसपा (उपेन्द्र यादव) का प्रदेश २ का प्रदेशसभा सदस्य रामआषिश यादवले पार्टी विधि र विधान अनुसार नचलेको कारण आन्तरिक विवाद देखिएको बताउँछन् । अहिले केन्द्रमा जस्तो अवस्था छ त्यही अवस्था प्रदेशमा पनि रहेको बताउँदै उनले अहिले सरकारबाट निकालिएका मन्त्रीहरु पार्टीको निर्णयभन्दा पनि मुख्यमन्त्रीको निर्णयबाट भएको बताए ।उनले भने, ‘पार्टी विधि र विधानको आधारमा चल्नुपर्छ, जसले पार्टीको विधि र विधान मान्दैन उसलाई कारवाही हुन्छ, चाहे जुनसुकै पक्षको होस् ।’जसपा (महन्थ ठाकुर) प्रदेश सांसद प्रमेश्वर साहले भने जसपामा आफूहरुको पहिले उपस्थिति जस्तो थियो, त्यस्तै रहने बताए । ‘अहिले पनि प्रदेश २ सरकार जसपाकै नेतृत्वमा रहेको छ । हामीले सरकार छाडेका छैनौँ । मुख्यमन्त्री लालबाबु राउतले केही मन्त्री हटाउन मन लाग्यो हटाउनु भयो त्यो उहाँको अधिकारको कुरा थियो,’ उनले भने, ‘ अगामी दिनमा सरकारले कस्तो काम गर्छ त्यसको प्रतिक्षाम हामी छौँ ।’

    ‘पहिले पनि यो सरकारले गलत गर्दा गलत भन्थ्यौँ, सही गर्दा प्रसंशा गथ्यौं आउने दिनमा पनि आफूहरुको भूमिका त्यस्तै रहन्छ,’ उनले भने, ‘हामीलाई त अब झन् सजिलो भएको छ । काँग्रेसले हाम्रो विरोध गथ्र्यो अब त्यो विरोध अब बन्द भएको छ । आशा छ, प्रदेशको नामाकरण तथा राजधानी तोक्ने विषयमा सहमत होला ।’ पार्टी एक रहेसम्म जसपा नेतृत्वको सरकारलाई स्वीकार गर्नुंपर्ने बताउँदै निर्वाचन आयोगबाट निर्णय आएपछि मात्र सबै कुराको टुङ्गो लाग्ने उनले बताए ।जसपा (उपेन्द्र यादव) अर्का प्रदेश सांसद सञ्जयकुमार यादवले जसपमा अग्रगमन र प्रतिगमन धार गरी दुईटा धार रहेको बताए । एउटा लोकतन्त्र, संघीयताको रक्षाका लागि संघर्ष गरिरहेको र अर्को पक्षले प्रतिगमनलाई साथ दिएको उनले दाबी गरे । जबसम्म उनीहरुले प्रतिगमनलाई साथ दिइरहन्छन्, तबसम्म उनीहरुसँग त्यस्तै व्यवहार हुने उनले बताए । उनले भने, ‘महन्थ ठाकुर, राजेन्द्र महतोहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमलाई साथ दिएर सरकारमा सहभागी भएको कारण उहाँहरु पनि प्रतिगमनकारी कित्तामा जानुभयो । त्यही भएर पार्टीमा प्रतिगमनकारी र अग्रगमनकारी कित्ता अलग भएका छन् ।’जसपा विभाजन नभएको र केही नेताहरुले आफ्नो कित्ता परिवर्तन गरेको बताउँदै उनले प्रतिगमनलाई साथ दिने नेतालाई पार्टीले कारवाही गर्ने बताए । केन्द्रमा पनि केही नेताहरुलाई कारवाही गरिएको छ, प्रदेशमा पनि त्यस्तै कारवाही गरिने सम्भावना रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑