• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाबा रामदेवले दिएको ‘कोरोनिल’ किटको वितरण नेपालमा किन रोकियो ?

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७८, शुक्रबार १७:३०
  • २३७३

    बीरगन्ज।  कोरोना महामारी उत्कर्षमा पुगेको बेला भित्रिएको बाबा रामदेवको कम्पनीले उत्पादन गरेको विवादस्पद ‘कोरोनिल’ किट अहिले नेपालमा चर्चामा छ । कोरोना संक्रमण निको पार्ने दाबी गर्दै पतञ्जलिले उत्पादन गरेको विवादास्पद ‘कोरोनिल’ किट सहयोग प्राप्त हुनुलाई नेपालमा मान्यता दिलाउने षड्यन्त्रको रूपमा भित्रिएको जानकारहरू बताउँछन् ।

    भारतमा समेत विवादस्पद रहेको कोरोनिल किट तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले उत्पादक कम्पनीबाट ‘अनुदान’ स्वरूप ग्रहण गरेका थिए । विभागबाट अनुमति नपाएको मात्र होइन, उत्पादक देश भारतमै यसको विश्वसनीयतामाथि प्रश्न उठिरहेको अवस्थामा बहालवाला स्वास्थ्य मन्त्रीले अनुदान ग्रहण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सहयोग स्वरूप प्राप्त ती आयुर्वेदिक औषधिलाई मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा पठाएको थियो । कुनैपनि औषधि नेपालमा आपतकालीन प्रयोग, आयात तथा बिक्री वितरणका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले अनुमति दिनुपर्ने हुन्छ ।लयको उक्त कार्यले मातहतका निकायलाई यो औषधिलाई अनुमति दिन अनावश्यक दबाब बढ्न सक्ने सरोकारवालाहरू बताउँछन् ।
    कोरोनिल किट तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले उत्पादक कम्पनीबाट ‘अनुदान’ ग्रहण गरेका थिए । विभागबाट अनुमति नपाएको मात्र हैन, उत्पादक देश भारतमै यसको बिश्वसनीयतामाथि प्रश्न उठिरहेको अवस्थामा बहालवाला स्वास्थ्य मन्त्रीले अनुदान ग्रहण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    औषधि व्यवस्था विभाग भन्छ : नेपालमा दर्ता भएकै छैन 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सहयोगको रुपमा प्राप्त ‘कोरोनिल’ किट नेपालमा दर्ता नभएको बताए । ‘मन्त्रीज्यूले सहयोग रिसिभ गर्नुभयो । नेपालमा औषधिसम्बन्धी नियमन गर्ने निकाय बेग्लै छ,’ डा पौडेलले भने, ‘सम्बन्धित निकायबाट दर्ता भएर अनुमति प्राप्त नभएसम्म यसको वितरण र प्रयोग गर्नु औचित्य छैन ।’

    दर्ता नभएको औषधिबारे स्वास्थ्य मन्त्रालयले थप निर्णय गरिरहनु आवश्यक नरहेको उनले बताए ।त्यस्तै, नेपालमा कुनै पनि औषधि बिक्री–वितरण गर्नुअघि औषधि व्यवस्था विभागले अनुमति दिनुपर्ने हुन्छ । तर औषधि निर्माण कम्पनी वा आयातकर्ताले विभागबाट अहिलेसम्म अनुमति पाएको छैन । विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार प्रक्रिया नपुगेका कारण पतञ्जलिको कोरोनिल किट हालसम्म दर्ता भएको छैन ।

    ‘पतञ्जलिको उत्पादन बिक्री–वितरणका लागि विभागमा आवेदन परेको छ,’ उनले भने, ‘तर अनुमतिका लागि आवश्यक कागजात पुगेको छैन । थप कागजात उपलब्ध गराउन भनेका छौं । तर अहिलेसम्म कागजात उपलब्ध नभएकाले अनुमति पाइसकेको छैन ।’आवश्यक कागजात उपलब्ध भएपछि अनुमति दिने नदिनेबारे स्पष्ट हुने भएकोले नेपालमा यसको प्रयोगमा प्रतिबन्ध नै लगाएको भन्न नमिल्ने उनको तर्क छ । नेपाललाई सहयोग प्राप्त भएको कोरोनिल किट पतञ्जलिको नेपालस्थिति संस्थाले उपलब्ध गराएको सूचना आफूहरुले पाएको उनले बताए । विभागमा दर्ता भएपछि मात्रै यसको गुणस्तर तथा कति सुरक्षित छ भन्ने यकिन हुने उनले बताए ।

    महामारीको समयमा सहयोग प्राप्त हुने औषधि लगायतका स्वास्थ्य सामग्री पनि विभागले अनुमति दिएपछि मात्रै भित्रिनुपर्ने हो । भूकम्पको समयमा पनि यसरी नै सहयोग भित्रिएको उदाहरण उनी दिन्छन् । तर विभागले अनुमति नपाएका त्यस्ता स्वास्थ्य सामग्री प्रयोगमा रोक लगाएको उनी बताउँछन् ।कोभिड खोपका लागि विभागको अनुमति चाहिए जस्तै यसमा पनि स्वीकृति अनिवार्य भएकोले यसको वितरणमा रोक लगाएको उनी बताउँछन् ।

    होल्डमा राखेका छौं : आयुर्वेद चिकित्सा विभाग

    आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निर्देशक डा वासुदेव उपाध्यायले वितरणका लागि मन्त्रालयले उपलब्ध गराएको कोरोनिल किट होल्डमा राखिएको बताए । औषधि व्यवस्था विभागले अनुमति नदिएका औषधि सहयोगको रुपमा प्राप्त भएको पाइएकाले होल्डमा राखिएको उनले बताए ।

    ‘स्वास्थ्य मन्त्रालयबाट ५० कार्टुन किट वितरणका लागि उपलब्ध गराएको थियो । कार्टुनभित्र कोरोनिल ट्याबलेट, अनु तेल र स्वासारी भाटी रहेछन्,’ उनले भने, ‘सहयोगमा प्राप्त भएका सामग्री अमृत नै भएपनि प्रक्रिया नपुगेसम्म बाँड्न त मिलेन नि ।’

    के हो कोरोनिल किट ?

    यो भारतीय योगगुरु तथा व्यवसायी रामदेवको पतञ्जलि आयुर्वेद कम्पनीले विकास गरेको औषधि हो । यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारको लागि प्रभावकारी हुने दाबी पतञ्जलिले गर्दै आएको छ । भारतको आयूष मन्त्रालयले यो औषधिलाई कोरोनाविरुद्धको उपचारमा सहयोगी हुने भन्दै अनुमति पनि दिएको थियो ।

    सन् २०२० को जुन २३ मा पतञ्जलिले आयुर्वेदमा आधारित रहेको भन्दै कोरोनिल औषधि सार्वजनिक गरेको थियो । यद्यपि यो औषधिको विषयलाई लिएर भारतमा ठूलो आलोचना भएको थियो । व्यापक आलोचना भएपछि भारतको आयूष मन्त्रालयले यसलाई प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने औषधिको रुपमा लिएको थियो ।

    सन् २०२१ फेब्रुअरी १९ मा रामदेवले एक रिसर्च पेपर सार्वजनिक गरेका थिए । जसमा पतञ्जलिले कोरोना भाइरसविरुद्ध पहिलो प्रमाणसहितको औषधि बनाएको दाबी गरिएको थियो । यसलाई कोरोनिल किट नाम दिइएको थियो ।

    यसमा तीनओटा औषधि छन् । कोरोनिल किटको वैज्ञानिक शोधपत्र भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धन र संघीय मन्त्री नितिन गडकरीको उपस्थितिमा सार्वजनिक गरिएको थियो । कोरोनिल किटमा कोरोनिल ट्याबलेट, अनु तेल र स्वासारी भाटी छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑