• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओली र राजपाको ३६० डिग्रीको फन्को

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७८, शुक्रबार १२:४४
  • २७२५

    बीरगन्ज। महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी (सजपा) बीच विधिवत एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको एक वर्ष बित्न नपाउँदै एकीकृत पार्टी व्यावहारिक रूपमा विभाजन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुने गरी गत वर्ष अध्यादेशमार्फत राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरेपछि राजपा र सजपा बीच रातारात एकीकरण भएको थियो ।

    त्यतिबेला एकीकरण नभएको भए अध्यादेशका कारण दुवै पार्टी चोइटिने निश्चित थियो । प्रधानमन्त्री ओलीकै कारण जसपा अस्तित्वमा आएको हो । आज तिनै ओलीका कारण जसपा दुई चिरा भएको छ, केवल कानूनले एउटा छ । तिनै ओलीप्रतिको आशक्तिका कारण आज जसपा विभाजित भएको छ ।

    प्रधानमन्त्री ओलीको ‘चुनावी सरकार’ मा सहभागी भएकै भरमा जसपाको एक समूह आफूले रणसङ्ग्राम जितेको जस्तो अनुभूति गरिरहेको छ । बद्लामा ओलीको विरोधमा उत्कर्षमा रहेको जसपाको एउटा समूह, एकीकरणअघिको सजपा, ले प्रदेश २ को सरकारबाट एकीकरणअघिको राजपा पक्षीय मन्त्रीहरूलाई अयोग्य र असक्षम भन्दै अपमानजनक तरिकाले बर्खास्त गरेको छ ।

    अहिले पार्टीको राष्ट्रिय कार्यकारणीमा ठाकुर पक्षको बहुमत छैन । विधि मान्ने हो भने ठाकुर पक्षले यादवको प्रत्येक निर्णय मान्नुको विकल्प छैन । राष्ट्रियसभाका ४० प्रतिशत सांसदको समर्थन नभएका कारण ठाकुर पक्ष तत्काल नयाँ पार्टी पनि खोल्न सक्ने अवस्थामा छैन ।

    गल्ती ठाकुर पक्षीय ती मन्त्रीहरूको पनि छ जसले नैतिकताको आधारमा राजीनामा दिएनन् । जसपाभित्र अहिले जारी रक्तहीन कोतपर्वमा एक पक्षले अर्को पक्षको छिद्रान्वेषण गर्नमा अलिकति पनि कन्जुस्याइँ गरेको छैन । मधेशी शहीदको सपना साकार पार्ने, संविधानमा संशोधन गर्ने, मधेश प्रदेश स्थापना गर्ने र मधेशी युवाहरूको बेरोजगारी अन्त्य गर्ने नारामा मधेशी गठबन्धनले आम निर्वाचनमा आपार जनसमर्थन हासिल गरेको थियो ।

    अहिले गठबन्धनका नेताहरूले मतदातासामु अनुहार देखाउन सक्ने अवस्था पनि छैन । झुठ र अनुचित तर्कको सहारामा आफूलाई जतिसुकै चोख्याउने प्रयास गरे पनि मधेशका जनता अब यिनको नाम पनि सुन्न चाहन्नन् । जसपाको कानूनी विभाजन पनि अवश्यम्भावी छ । पार्टी फुटिसकेको छ, केवल विधिवत घोषणा बाँकी छ ।

    जसपाको वर्तमान अवस्थाले ‘स्याल र सारस’ को मित्रताको कथा स्मरण गराएको छ ।जङ्गलमा स्याल र सारस नजिक नजिकै बस्थे । आपसमा राम्रो चिनजान थियो, एकअर्काका साथी जस्ता थिए ।स्याल स्वभावले नै धूर्त जनावर हो, सारस सिधा । धूर्त स्याल वेलामौकामा सारसलाई उसको लामो चुच्चोका कारण जिस्क्याउने गथ्र्यो । एक दिन स्यालले सारसलाई आफ्नो घरमा पाहुनाको रूपमा बोलाएर अपमानित गर्ने विचार गर्‍यो र भोजको निम्तो दियो ।

    साथीको निम्तो स्वीकार गरेर सारस स्यालको घर गयो । धूर्त स्यालले सारसको आगाडि एउटा थालमा मासुको टुक्र पस्किदियो । लामो चुच्चो भएको सारसले थालबाट टिपेर खान सकेन । स्यालले खाना कस्तो छ साथी भने सोध्यो । आफूलाई अपमान गर्न बोलाएको भन्ने सारसले थाहा पायो तर उसले अपमानबोध प्रकट हुन दिएन ।

    सारसले खाना त हेर्दै मिठो छ साथी भन्यो र श्याललाई पनि निम्तो दिएर फक्र्यो । अर्को दिन श्याल निम्तो मान्न सारसको घरमा गयो । सारसले लामो घाँटी भएको एउटा घैँटोमा मासुको रस स्यालका अगाडि राखिदियो र आफूले स्यालको घरमा पाएको ‘आतिथ्य’ को प्रशंसा गर्‍यो ।स्यालले घैँटोबाट खान सकेन । खाना कस्तो छ साथी भनेर सारसले सोध्यो । साह्रै मिठो भनेर स्याल फर्क्यो ।

    तपाईं अर्कोसँग जस्तो व्यवहार गर्नुहुन्छ, ऊबाट त्यस्तै व्यवहार पाउनुहुन्छ भन्ने शिक्षा दिन यो नीतिकथा सुनाउने गरिन्छ ।पार्टी एकीकरण भएको एक वर्षसम्म्म नै नेताहरूले एक अर्कालाई प्रतिपक्षी दलको नेता जस्तै व्यवहार गर्दै आएका थिए । स्याल र सारसले जस्तै एकअर्कालाई अपमान गर्दै आएका थिए ।विगत एक वर्षमा राजपा पक्षका नेता र सजपा नेताहरूले एक अर्कालाई होच्याउने, अपमानित गर्ने र प्रतिशोध लिने कुनै पनि अवसर फुत्किन दिएनन् ।

    आज देशमा कसैले संघीयतालाई नै सबै समस्याको कारण मानिरहेको छ र संघीयता समाप्त गर्ने पक्षमा निर्णय हुन्छ भने जनता संघीयताको किन सडकमा आउने भन्ने प्रश्नको जवाफ मधेशी दलसित छैन ।हतारमा ठाकुर पक्षले राजेन्द्र महतोलाई जसपाको संसदीय दलको नेता घोषित गर्‍यो, घोषणामा यादव पक्षका सांसदहरू बोलाइएनन् । यादव पक्षले यस अपमानको बदला प्रदेश २ मा लियो । ठाकुर पक्षले यादव पक्षका चार जना संघीय सांसदलाई आफ्नो पक्षमा तानेको थियो । यादव पक्षले ठाकुर पक्षका राष्ट्रिय सभाका दुई सांसदसहित प्रदेश सभाका छ जना सांसदलाई आफनोतिर तान्यो ।

    अहिले पार्टीको राष्ट्रिय कार्यकारणीमा ठाकुर पक्षको बहुमत छैन । विधि मान्ने हो भने ठाकुर पक्षले यादवको प्रत्येक निर्णय मान्नुको विकल्प छैन । राष्ट्रियसभाका ४० प्रतिशत सांसदको समर्थन नभएका कारण ठाकुर पक्ष तत्काल नयाँ पार्टी पनि खोल्न सक्ने अवस्थामा छैन ।

    कदाचित प्रतिनिधि सभा पुनःस्थापना भयो र यादवको पक्षले किस्ता किस्तामा ठाकुर पक्षका सांसदलाई कारबाही गर्ने निर्णय गर्‍यो भने ठाकुरको निम्ति अकल्पनीय क्षति हुनेछ । हाल नेकपा एमालेको माधव नेपाल पक्ष र जसपाको ठाकुर पक्षको अवस्था एउटै छ ।संसदीय व्यवस्था भएका देशहरूमा राजनीतिक दलका सांसदहरूले पार्टी हित विपरीत काम गरे भने कारबाही गर्ने अधिकार सभामुखको हुन्छ । नेपालमा भरसक न्यायपालिकालाई संसदमा पनि हस्तक्षेप गर्ने अधिकार प्राप्त रहेको छ ।

    तीन वर्षअघिको आम निर्वाचनमा राजपा र सजपाको गठनबन्धनलाई संघीय संसद र प्रादेशिक संसदमा प्रदेश २ का जनताले अप्रत्यशित समर्थन गरेका थिए । प्रदेश २ मा मधेशी गठबन्धनको सरकार अस्तित्वमा आउनु मधेशी शहीद र पार्टीका नेता कार्यकर्ताहरूको सपना साकार हुनु हो भन्ने मानिएको थियो । रामजनम तिवारी र गजेन्द्र नारायण सिंहको त्याग र समर्पणको पनि सम्मान भएको मानिएको थियो ।

    नेपालमा संघीयता किन चाहिएको हो भन्ने प्रश्नको समुचित जवाफ मधेशी गठबन्धनले दिन सक्नुपथ्र्यो । थारु, आदिवासी, दलित, उपेक्षित, गरिब र कमजोर वर्गको निम्ति संघीयता नै सबैभन्दा उत्तम शासन प्रणाली हुनसक्छ भन्ने प्रमाणित गर्न सक्नुपथ्र्यो । जनतालाई विश्वास दिलाउन पनि मधेशी दल र प्रदेश २ को सरकार असफल हुन मिल्दैन थियो ।

    संविधानलाई विभेदकारी र संविधान दिवसलाई कालो दिन घोषित गरेर संविधान जलाउने अनि संविधान जारी गरेर दीपावली मनाउनेहरू बीच ‘संविधान जोगाउन’ सत्ता साझेदारी भएको छ, दुवैले आआफ्ना पार्टी विभाजन गरेर ।

    परिणाम उल्टो भयो । साढे तीन वर्षमा उनीहरूले प्रदेशको नाम राख्न पनि सकेनन् । प्रदेशको भाषा कुन हो, सरकारी कामकाजको भाष कुन हो, बन्द रहेका उद्योगधन्दा कसरी सञ्चालन गर्ने, युवाहरूलाई बढी रोजगार कसरी गराउने, पादर्शिता र सुशासन कसरी बढाउने, यी पक्षमा केही काम भएन ।

    आज देशमा कसैले संघीयतालाई नै सबै समस्याको कारण मानिरहेको छ र संघीयता समाप्त गर्ने पक्षमा निर्णय हुन्छ भने जनता संघीयताको किन सडकमा आउने भन्ने प्रश्नको जवाफ मधेशी दलसित छैन । संसद विघटन भएपछि संविधान संशोधन कार्यदल गठनको कुनै औचित्य हुँदैन र यसले काम गर्न सक्दैन भन्ने कुरा सामान्यजनाई पनि थाहा छ । ठाकुर पक्षका नेता र तिनका समर्थकहरू कार्यदललाई ठूलो उपलब्धि ठानेर प्रधानमन्त्री ओलीको प्रशंसा गर्नमा तल्लीन छन् ।

    तिनै मधेशी नेताहरू कुनै दिन ओलीलाई शत्रु ठानिरहेका थिए, उनलाई मधेशमा प्रवेश नै गर्न नदिने धम्की दिइरहेका थिए । ओली तिनै हुन् जो मधेशीलाई बिहारीसरह ठान्थे । आज तिनै मधेशीहरू ओलीका सबैभन्दा नजिकका सहयोगी भएका छन्, आफ्नै पार्टीका शीर्ष सहयात्रीभन्दा पनि नजिक ।

    संविधानलाई विभेदकारी र संविधान दिवसलाई कालो दिन घोषित गरेर संविधान जलाउने अनि संविधान जारी गरेर दीपावली मनाउनेहरू बीच ‘संविधान जोगाउन’ सत्ता साझेदारी भएको छ, दुवैले आआफ्ना पार्टी विभाजन गरेर ।संविधान कार्यान्वयनको साढे पाँच वर्षमा ओली र राजपा नेताहरूले ३६० डिग्रीको फन्को मारेका छन् । रेखा गरिणतमा ३६० डिग्रीले गोलो घेरा (सर्कल) बुझाउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑