प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् ।प्रधानमन्त्री ओलीले शुक्रबार बिहान ११ बजेका लागि आयोगको बैठक बोलाएका हुन् । बैठक अझै सुरु भएको छैन् ।
बिएन्डसी मेडिकल कलेजको सम्बन्धनका विषयमा छलफल गर्न प्रधानमन्त्री अोलीले बैठक बोलाएको आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए । आयोगको अध्यक्ष प्रधानमन्त्री रहेका छन् ।