• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बंगाल खाडीबाट मनसुन छि-यो

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७८, शुक्रबार ०६:१९
  • ६६९७

    वीरगन्ज । मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो)बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसतबराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपालसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको मनसुन चुनौतीपूर्ण रहने मौसमविद्ले औंल्याएका छन् ।

    ‘बंगाल खाडीआसपास विकसित हुनेक्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक–दुई दिनमा मनसुन आगमन हुने सम्भावना छ,’ मौसम महाशाखाले बिहीबार ‘विशेष बुलेटिन’ निकाल्दै भनेको छ ।

    जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । यो चेतावनीसँगै थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।

    ‘मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिड महामारीले विगतभन्दा जोखिम छ, डढेलोले पहाड नांगो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ,’ उनले भने, ‘गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ, यसलाई केन्द्रित गरेर नै पूर्वतयारी र प्रतिकार्य योजना अघि बढाएका छौं ।’

    विगतको तथ्यांक विश्लेषण आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट १ लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

    सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झन्डै ४ सय मानिसको मृत्यु भएको थियो । १ हजार १ सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्ययोजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध संघसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्वतयारी थालिसकिएको छ ।

    ‘विगतका वर्षको अनुभव हेर्दा साउन–असोजमा बढी प्रभाव पारेको देखिएको छ,’ प्राधिकरण उपसचिव वेदनिधि खनाल भन्छन्, ‘बाढीपहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा छन् । यसपटक विगतभन्दा झन्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुन सक्ने सम्भावना छ ।’

    प्राधिकरणले पूर्वसूचना प्रणाली थप व्यवस्थित र भरपर्दो बनाउने, अस्थायी आश्रयस्थल तथा तत्काल राहतका लागि अहिलेदेखि नै व्यवस्थापन, ठाउँठाउँ पु¥याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्नेगरी योजना बनाएको प्राधिकरण प्रमुख पोखरेलले जानकारी दिए ।

    – मनसुनी वर्षाले १८ लाख प्रभावित हुन सक्ने
    – आजदेखि नेपालमा प्रभाव पार्ने पूर्वानुमान

    यसपटक प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही ‘हटस्पट’ गाउँपालिकाको कार्ययोजना तयार पार्नेक्रममा रहेको प्राधिकरणले जनाएको छ । गत वर्षको विपद् क्षेत्रमा गएको हेलिकोप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन । सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन । त्यसलाई सिकाइकै रूपमा लिँदै विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ ।

    प्राधिकरणका अनुसार जोखिम क्षेत्रको जानकारी मौसम सूचना प्रणालीमा समावेश गरिनेछ । आवश्यक तयारीका लागि सरकारबाट कानुनी संरचना निर्माण र ‘कसरी छिटो उद्धार गर्ने ?’ भन्नेर समितिसमेत बनाइसकिएको छ ।

    पूर्वतयारीका लागि प्राधिकरणले समन्वयात्मक रूपमा भर्चुअल बैठकसमेत गरेको छ । बैठकमा भाग लिँदै विपद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापाले क्षति न्यूनीकरण नै पहिलो लक्ष्य हुनुपर्नेमा जोड दिएका छन् । सरदरभन्दा बढी पानी पर्ने आँकलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयास खाँचो उनले औंल्याए ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले मनसुन सक्रिय नै हुने देखिएको जानकारी दिइन् । ‘प्रि–मनसुनमा जसरी वर्षा हुनुपर्ने थियो भएन, अहिले बंगाल खाडीमा न्यून चापीय क्षेत्र विकसित हुँदै छ,’ उनले भनिन्, ‘जसका कारण देशभर मनसुन सक्रिय हुने देखिएको छ ।’

    विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख विक्रम श्रेष्ठले हरेक वर्ष बाढी ‘फोकस’ गरेर २४ घण्टै पूर्वसूचना दिने गरिएको बताए । केही साताअघि मनसुन आपतकालीन कार्ययोजना २०७८ जारी गरेर काम हुँदै आएको र दिनमा तीनपटक बाढी सूचना दिने गरिएको उनले जानकारी दिए ।

    जलस्रोत तथा सिँचाइ विभागको नदी व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवका अनुसार मुलुकका विभिन्न तटबन्ध र जोखिम क्षेत्रमा प्रभावकारी उपाय अपनाएर बाढी तथा डुबान जोखिम न्यूनीकरण गरिरहेको तथा आवश्यक तार जाली बोरा, भण्डारण तयारी थालिएको छ ।

    सीमावर्ती क्षेत्र तटबन्ध र अरू संरचनाले पु¥याएको अवरोध सन्दर्भमा पनि भारतसँगको समन्वयमा निकास निकाल्ने काम सुरु भएको छ । वर्षा लागेपछि बाढीपहिरो तथा डुबानसँगै सर्पदर्शको डर तथा पानीजन्य रोग झाडापखाला, हैजा सम्भावना उत्तिकै प्रबल हुन्छ ।

    त्यस्तै, विभागले विपद्बारे जानकारी दिन नौ जिल्लाका ३६ स्थानीय तहलाई कृत्रिम विपद् सिर्जना गरी व्यवस्थापन तालिम दिएको प्राधिकरण प्रवक्ता लीलाधर अधिकारीले जानकारी दिए । बाढीपहिरो मात्रै नभई भूकम्प पनि आउन सक्ने हुँदा स्थानीय तहमार्फत खुला स्थान पहिचान गरिसकेको उनले बताए । प्राधिकरणले निर्देशन दिए पनि धेरै स्थानीय तहसँग विपद् व्यवस्थापन नीति छैन । कुनै पनि प्रकारको प्राकृतिक विपद् आउँदा पहिला त्यसलाई प्रतिक्रिया जनाउने स्थानीय तह र त्यहाँका जनप्रतिनिधि नै हुन् ।

    भूगर्भविद् डा. सुबोध ढकालका अनुसार बाढीपहिरो आउनुअगावै तत्काल गर्न सकिने काम थुप्रै छन् । ‘हामीकहाँ समस्या परेपछि मात्र ध्यान दिने चलन छ, मनसुन आएपछि मात्र सुरक्षा उपाय खोज्छौं,’ उनले भने, ‘यसले समस्या समाधान हुन सक्दैन ।’ उनका अनुसार गत वर्ष पहिरो गएका ठाउँ यसपालिका लागि पनि खतरा हुन सक्छ । ती ठाउँबाट बस्ती सार्नु उपयुक्त हुन्छ ।

    त्यस्तै, समुदायमा ‘टास्क फोर्स’ बनाउने, जसले खोला, नदीनालामा परेको पानीको तथ्यांक राख्ने र त्यसलाई प्राधिकरणले एकखाले संरचना बनाई सहजीकरण गरिदियो भने बाढीपहिरो मापन गर्न सकिन्छ । नदी घुमेको ठाउँमा कटान बढी हुने भएकाले नदीमाथिको बस्ती जोखिममा पार्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑