• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञामा अपराध : एक महिनामा २६५ महिला र बालबालिका पीडित

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७८, बिहीबार ०८:१०
  • ४४८५

    वीरगन्ज ।काठमाडौं बौद्धस्थित नौतलेमा मंगलबार बोरामा प्याक गरेको अवस्थामा मान्छेको जलेको पैताला भेटियो । अन्यत्र जलाएर बाँकी बसेको भाग त्यहाँ ल्याएर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।जलेको पैतालाबाट मान्छे पहिचानमा सवैभन्दा ठुलो समस्या भएको बताउँछन् महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ । व्यक्ति पहिचान नभएसम्म हत्या अनुसन्धान अगाडि बढ्न नसक्ने प्रहरीको निष्कर्ष छ ।बौद्धमा मात्र होइन । निषेधाज्ञाकै बीचमा पनि काठमाडौं उपत्यकामा हत्या र बलात्कारका घटना रोकिएका छैनन् । देशभर हत्या र हिंसाका घटना भइरहेका छन् ।

    वैशाख १६ मा निषेधाज्ञा शुरु भएपछिको एक महिनामा मात्र २ सय ११ जना महिला तथा बालबालिका हिंसाको शिकार भएका छन् । ओरेक नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार महिला तथा बालबालिका बलात्कार तथा घरेलु हिंसाको शिकार भएका हुन् ।ओरेक नेपालले २ वटा हटलाइन, २३ जना मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, महिला सामुदायिक संघसंस्था र सञ्चार माध्यमबाट सो तथ्यांक संकलन गरेको जानकारी दिएको छ । जेठ १५ भन्दा पछिमात्रै १ सय ३ जना महिला तथा बालबालिका हिंसाको शिकार भएका छन् ।प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार ०७८ वैशाख महिनामा खुन डाँका, आत्महत्या दुरुत्साहन र गर्भ संरक्षण विरुद्ध ७ सय ११ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

    आत्महत्या सम्बन्धी ५ सय ९१ घटना दर्ता भएका छन् । देशभर १ सय ४६ वटा चोरीका घटना भएका छन् । सामाजिक अपराध अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक हित विरुद्धको कसुर, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित ५ सय ८६ वटा मुद्दा दर्ता गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।वैशाख १६ बाट प्रमुख जिल्ला अधिकारीहरुले संक्रामक रोग ऐन–२०२० अनुसार निषेधाज्ञा जारी गरेका थिए । निषेधाज्ञा जारी भएको महिनामा संगठित तथा आर्थिक अपराधसम्बन्धी ३ सय ३९ वटा मुद्दा दर्ता भएका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार गत वैशाखमा विवाह, मानव बेचविखन, जबरजस्ती करणी, अप्राकृतिक मैथुन, बलात्कार र बलात्कार उद्योगका ३ सय ६५ घटना दर्ता भएका छन् । सवारी ज्यान सम्बन्धी २११ वटा घटना अभिलेख गरिएको छ ।

    आर्थिक वर्ष ०७७/७८ मा वैशाख महिनासम्म ज्यान सम्बन्धी ६ हजार ४ सय ४० वटा केस प्रहरीका युनिटमा दर्ता भएका छन् । सो अवधिमा आत्महत्या ५ हजार ६ सय ५५, चोरी १ हजार ९ सय ८०, आपराधिक लाभ र संगठित आर्थिक अपराधका ३ सय २ वटा केस प्रहरीकहाँ दर्ता भएका छन् ।
    महिला तथा बालबालिका सम्बन्धी ३ हजार ९ सय ७२ वटा केस दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको ०७८ वैशाख मसान्तसम्ममा बलात्कार, अपहरण तथा कर्तब्य, बैंकिङ र लिखत सम्बन्धी २४ सय ९३ वटा घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    बलात्कार अझै दर्दनाक

    निषेधाज्ञामा बलात्कार झन दर्दनाक स्वरुपमा देखिन थालेको छ । जेठ १८ मा ललितपुरको एकान्तकुनामा झड्केलो बुबाले छोरीलाई बलात्कार गरे । १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरी आएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै आएका उनले डेरामा छोरी बलात्कार गरेका थिए । आरोपी महानगरीय प्रहरी परिसरको हिरासतमा छन् ।

    निषेधाज्ञा शुरु भएपछि ललितपुरमा बलात्कारको अर्को घटना पनि भएको छ । जेठ १९ मा ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–३ बाट २० वर्षीय राम आशिष सदा पक्राउ परे ।सप्तरीको सम्भुनाथ नगरपालिका घर भएका आशिषले गोदावरी नगरपालिका–३ स्थित मोतिचौरको निर्माणाधीन होटलमा लगेर बालिकालाई बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑