• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पेलेर बजेट पास गर्न खोजे सरकार ढालिन्छः नेता जम्कट्टेल

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७८, बुधबार ११:३७
  • २८०९

    वीरगन्ज ।नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने बताएका छन् ।

    प्रदेश सरकारको आगामी वर्षको नीति कार्यक्रम र बजेटका बारेमा रातोपाटीसँग कुराकानी गर्दै नेता जम्कट्टेलले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको वर्तमान डोरमणि पौडेल नेतृत्वको सरकारले जनताको हित विपरित बजेट ल्याए सरकार ढालिने दावी गरेका हुन् ।

    प्रदेशसभामा बजेटमाथि पूर्ण छलफल र सहकार्य नगरी बजेट पास गर्न खोजेमा माओवादी केन्द्र विरोधमा उत्रिने उनले बताए ।
    प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ मा प्रमुख प्रतिपक्ष दलले दिएको सुझावलाई ग्रहण गरेर जनतामुखी नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने धारण व्यक्त गरे ।

    व्यवहारिक आधारमा वर्तमान प्रदेश सरकार अल्पमतमा रहेको भन्दै अंक गणित हेरेर बजेट पास गर्न खोजिए संसद्मा प्रतिपक्षको सशक्त भूमिका खेल्ने र बजेट फेल हुने उनको भनाइ छ ।
    ‘हामी सबैलाई थाहा छ, प्रदेश सरकार झिनो मतका कारण अंक गणितमा मात्र बहुमतमा छ, बहुमतको बल देखाएर बजेट पास गर्न खोजिए बजेट फेल गराउन हाम्रो भूमिका शसक्त हुन्छ, हामी विरोधमा उत्रिन्छौं,’ उनले भने ।प्रदेश सरकारले आगामी वर्ष आवश्यकता र क्षमता भन्दा बाहिरका सुरुङ मार्ग, विद्युतीय बस खरिद तथा संचालन लगायतका योजनाहरुमा बजेट विनियोजन गर्न नहुने उनको भनाइ छ ।

    ‘सुरुङ मार्ग तत्कालको आवश्यकता र क्षमता भन्दा बाहिरको कुरा हो, उपयोगिताको हिसावले पनि सुरुङ मार्ग ठिक छैन, हेटौंडावासीका लागि पनि पयक नपर्ने भएकाले प्रदेश सरकारले सुरुङ मार्गको योजना छाड्नु पर्छ,’ नेता जम्कट्टेलले भने ।संघीय सरकारले सुरुङ मार्ग बनाउने जिम्मा कुनै निजी कम्पनीलाई दिएको भन्दै उक्त कम्पनीको समय सीमा कायम रहँदै सरकारले यसमा हात हाल्न नहुने उनले बताए ।

    प्रदेश सरकारले सुरुङ मार्ग बनाउन नै चाहेको हो भने जनताबाट निजी कम्पनीले उठाएको सेयरको रकमको जिम्मा सरकारले लिन सक्नु पर्ने र संघीय सरकारसँग सहकार्य गरी निजी कम्पनीसँगको सुरुङ मार्ग निर्माणको अनुमती खारेज गर्न सक्नुपर्ने उनको भनाइ छ । अन्यथा प्रदेशका सोझा जनतालाई भ्रम छर्न सुरुङ मार्गको सपना देखाउन नहुने उनले बताए ।

    नेपालको हालको सडक पूर्वाधार विद्युतीय बस संचालनको लागि उपयुक्त नरहेको भन्दै नेता जम्कट्टेलले सडक पूर्वाधार, चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माण गरेर मात्र बस खरिद प्रकृया गर्नुपर्ने बताए । छलफल र सहकार्य गरी प्रतिपक्षको सुझाव पनि ग्रहण गरेर समस्याको हल गर्न र जनताको हितमा प्रदेश सरकारले योजना र कार्यक्रम ल्याएर बजेट पास गर्न उनले आग्रह गरे ।
    सत्ताको दम्भ देखाउन खोजिए प्रतिपक्ष पनि विरोधमा उत्रिएर बजेट पास हुन नदिने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑