वीरगन्ज । अमेरिका, भारत र फ्रान्स लगायतका देशहरूमा नयाँ संक्रमितको तुलनामा निको हुनेको संख्या दोब्बर बढी रहेको छ ।वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १२ हजार २८३ नयाँ संक्रमित थपिएका छन् भने ५३ हजार ५६१ जना निको भएका छन् । त्यस्तै, ३१२ संक्रमितले ज्यान गुमाएका छन् ।
यता, भारतमा महिनौँपछि नयाँ कोरोना संक्रमितको संख्या एक लाखभन्दा कम भएको छ । गत २४ घण्टामा भारतमा ८७ हजार ३४५ संक्रमित थपिएका छन् भने २ हजार ११५ जनाको मृत्यु र एक लाख ८६ हजार ७२ संक्रमित निको भएका छन् ।
त्यस्तै, ब्राजिलमा ३८ हजार ७५० संक्रमित थपिएका छन् भने एक हजार ११९ जनाको मृत्यु र ६६ हजार ११५ संक्रमित निको भएका छन् । फ्रान्समा पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर बढी छ । यस अवधिमा एक हजार १६४ नयाँ संक्रमित भेटिदा ६४ जनाको मृत्यु र १६ हजार १२६ संक्रमित निको भएका छन् ।
विस्तृतमा हेर्नुस्