• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    त्रिपाठीको खुलासा– चीनले मूल्य खुलाउन नमान्दा खोप किन्न सकिएन

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७८, मंगलवार १०:४३
  • २८४९

    वीरगन्ज । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चीनले मूल्य सार्वजनिक गर्न नचाहेका कारण कोरोना खोप खरिद प्रक्रिया अबरुद्ध भएको बताएका छन् ।

    नेपालले एक करोड डोप खोप खरिद गर्ने गरी पहिलो खेपमा २० लाख डोज किन्ने प्रस्ताव गरेको थियो । औषधि व्यवस्था विभागले भेरोसेल खोपका लागि अनुमति दिएपछि नेपालले २० लाख डोज किन्न परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासमार्फत कुरा अगाडि बढाएको त्रिपाठीले बताएका छन् ।

    चिनियाँ कम्पनीले ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ गर्ने प्रस्ताव गरेको भन्दै निवर्तमान मन्त्री त्रिपाठीले भने, ‘उसको डाटा कसैसँग सेयर गर्न पाइँदैन भन्ने कम्पनीको नियम रहेछ ।’

    उनले अघि भने, ‘मूल्य खुलाएको भए खरिद प्रक्रिया अघि बढिहाल्थ्यो, त्यो नमानेपछि ढिला भयो ।’ २० लाख खोप कति मूल्यमा र कहिलेसम्म दिने भनेर नेपालले लेखेको अर्को पत्रको जवाफ चिनियाँ पक्षले अहिलेसम्म नदिएको उनले खुलाए ।

    पाठीका अनुसार रुसबाट खोप किन्न नेपाल अग्रसर भए पनि रुसी पक्षले नै रेस्पोन्स नगर्दा ढिला भएको हो । ‘उच्चस्तरीय प्रतिनिधि मण्डल आएर आगामी डिसेम्बरसम्म ८० लाख डोज उपलब्ध गराउँछौं भनेको थियो । मैले ४० लाख चाहिँ अलि चाँडै गरिदिनुप¥यो भनेको थिएँ,’ उनले भने, ‘उहाँहरुको मूल्य त खुलेको थियो तर, कति–कति डोज कुन–कुन समयमा पठाउने भन्ने पनि खुलाएनन्, खोप पनि पठाएनन् ।’

    उनले भारतीय कम्पनी शेरम इन्स्टिच्युटबाट ५० लाख खोप खरिद हुन नसकेको स्वीकार गरे ।

    नेपालले सुरुमा प्रतिडोज ४ डलरका दरले २० लाख डोज कोभिसिल्ड खोप किनेको थियो । यो मूल्यमा भारत सरकारले सहयोग गरेको भन्दै उनले भने, ‘उसले चार डलरको दरमा काठमाडौं विमानस्थलमै ल्याइदियो । त्यहि बेला बंगलादेशले निकै महंगोमा भारतीय खोप खरिद गरेको थियो ।’

    तर खरिद गरेकोमध्ये १० लाख डोज खोप आएको छैन । ५० लाख डोज खरिद प्रक्रिया पनि अगाडि बढेन ।

    खरिद प्रक्रिया नबुझेर पनि समस्या भएको भन्दै उनले भने, ‘उसको नेपाल प्रतिनिधिले सरकारले खरिद गरे पनि १० प्रतिशत कमिशन पाउनुपर्छ भन्ने बुझेछ । उसले लगानी गरेर खोप ल्याएको भए मात्र १० प्रतिशत लिन पाउँथ्यो ।’

    ‘कमिसन दिन्न भनेर अडान लिएँ’

    सम्बन्धित देश वा उत्पादकबाट सिधा खरिद गर्दा कमिसन नदिने अडानमा आफू रहेको भन्दै उनले भने, ‘कसैलाई कमिशन नदिने विषयमा प्रधानमन्त्रीसँग लामै छलफल भएको हो । त्यो अडानमा म अन्तिमसम्म बसें । प्रधानमन्त्रीसँग सल्लाह गरेरै मैले अडान लिएको हुँ ।’

    शुक्रबार मन्त्री पदबाट हटेका निवर्तमान मन्त्री त्रिपाठीले नयाँ स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई खोप खरिदमा पारदर्शी बनाउन आग्रह गरेका छन् । ‘कहाँ–कहाँ प्रक्रिया अन्तिम चरणमा पुगेको छ भन्ने जानकारी गराएको छु,’ कुराकानीका क्रममा उनले भने, ‘खरिदमा पारदर्शीता अपनाउनु होला, यो जनताको जिउमा जाने कुरा हो, खोप भनेर कसैले स्लाइनपानी पठाइदेला, त्यसको परिक्षण गर्ने हाम्रोमा ल्याब छैन । लट नम्बर, ब्याच नम्बर लगायत सबै कुरामा ध्यान दिनुपर्छ भनेर सुझाएको छु ।’

    ‘धेरैको ज्यान बचाउन नसकेकोमा पश्चाताप छ’

    निवर्तमान मन्त्री त्रिपाठीले आफ्नो ६ महिने कार्यकालमा जिम्मेवारीबोधका साथ काम गरेको बताए । कोरोनाको दोस्रो लहर चरम विन्दुमा पुगेको बेला आफू जिम्मेवारीमा रहेको भन्दै उनले आफ्नो बर्कतले भ्याएसम्म काम गरेको बताए ।

    ‘म लामो समय रहिन, तर जति रहें इमान्दारी र जिम्मेवारीबोधका साथ गरेर काम गरें,’ उनले भने, ‘हामीले धेरै मान्छेको ज्यान बचाउन सकेनौं, त्यसमा पश्चाताप छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑