• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    कसरी हुन्छ ठुल-ठूलो रकमको ब्यापार अनि भुक्तानीको लागि बिश्वास

  • वीरगंज संजाल
  • Jun 8, 2021, 8:45 am
  • ३०४१

    वीरगन्ज । सुधीर प्रजापति । देश भित्र अथवा देश बाहिर दुई पक्षबिच बस्तुहरु आयात र निर्यात भएरै बिश्वको जुन सुकै ठाउँमा जुनसुकै देशको बस्तु पाउन सम्भव भएको हो। तर यस बिषयमा एउटा धेरै जसोको खुल्दुलीको बिषय हो भुक्तान। आजको परिपेक्षमा हजार र लाखको कुरामा पनि कसैको बिश्वास नहुने र जहिले नि झुठो बोल्न सक्नेहरुको कमी छैन। तर यी अन्तर्राष्ट्रिय ब्यापारमा करोडौंको कारोबार हुन्छ। यसरी पहिला बस्तु लिने कि पहिला भुक्तानी पठाउने भन्ने बिषय ठुलो चासोको बिषय हो। यो कुरा सम्भव भएको हो प्रतितपत्र अर्थात एल.सी ले।

    प्रतीतपत्र भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता) अनुरोधमामा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यस्तो कारोबार सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ । जसबाट, आयातकर्तामाथि निर्यातकर्ताले कारोबारको भुक्तानी पाउने विश्वसनीयता प्रत्याभूत गरेको हुन्छ । यसमा आयातकर्ता ग्राहकले विदेशबाट सामान खरिद गर्न विदेशी निर्यातकर्तालाई अनुरोध गर्छ ।
    यसका लागि ग्राहकले मात्र सक्दैन । आयातकर्ता देशको बैंक जमानत चाहिन्छ । आयातकर्ता देशको बैंकले निर्यातकर्ता देशको बैंकलाई रकम भुक्तानी हुने ग्यारेन्टी गर्ने प्रक्रियालाई नै लेटर अफ केडिट (एलसी) भनिन्छ । यता, सामान आइसकेपछि पैसा भुक्तानी गर्न आयातकर्ताको बैंक बाध्य हुन्छ भने नमुनामा देखाइएको गुणस्तरअनुसार सामान पाउने ग्यारेन्टी निर्यातकर्ताको बैंकले प्रत्याभूत गरेको हुन्छ ।

    सामान्यतया प्रतीतपत्र निम्न प्रकारका हुन्छन् :
    १) रिभोकेबल (परिवर्तनीय) एन्ड इभोकेबल एलसी
    २) स्ट्यान्ड बाई एलसी
    ३) कन्फर्मड (निश्चित) एलसी
    ४) ट्रान्सफरेबल (हस्तान्तरणीय) एलसी
    ५) ब्याक टु ब्याक (एकपछि अर्को निरन्तर) एलसी
    ६) पेमेन्ट एट साइट (पाउनेबित्तिकै भुक्तानी गर्नुपर्ने) एलसी
    ७) डिफर्ड पेमेन्ट (भुक्तानी सार्न मिल्ने) एलसी
    ८) रेड क्लाउज एलसी

    प्रतीतपत्र खोल्ने प्रयोजनका लागि निवेदनसहित निम्न कागजात बैंकसमक्ष पेस गर्नुपर्ने हुन्छ :
    (क) आयातकर्ता फर्मको अद्यावधिक दर्ता प्रमाणपत्र
    (ख) अध्यावधिक आयकर दर्ता प्रमाणपत्र
    (ग) नेपाल राष्ट्र बैंकले प्रदान गरेको विविनि फारम
    (घ) प्रोफर्मा इन्भ्वाइस, वा करारपत्र

    यस्तो कागजातमा निम्न व्यहोरा खुलेको हुनुपर्नेछ :
    ⇒सामानको नाम, ब्रान्ड र मोडेल नम्बर भए सोसमेत
    ⇒सामान उत्पादन गर्ने मुलुकको नाम
    ⇒एकाइ मूल्य, परिमाण र जम्मा मूल्य
    ⇒सिआइएफ, एफओबी, सिएफआर कागजात
    ⇒भुक्तानीको किसिम
    ⇒कम्तीमा आठ अंकको हार्मोनिक कोड
    ⇒आयातकर्ता तथा निर्यातकर्ताको नाम, ठेगाना र टेलिफोन

    बैंकिङ परिषाअनुसार सिआरआर भनेको के हो ? यो कसरी कति राख्नुपर्छ ?
    सिआरआरको अर्थ
    सिआरआर (क्यास रिभर्स रेसियो) वा अनिवार्य नगद अनुपात भन्नाले बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले आफ्नो कुल निक्षेपको निश्चित प्रतिशत रकम केन्द्रीय बैंक स्थित खातामा राख्ने व्यवस्थालाई बुझाउछ । हाल नेपाल राष्ट्र बैंकले सो व्यवस्था ४ प्रतिशत कायम गरेको ५ र यस्तो रकममा कुनै ब्याज प्रदान गरिँदैन ।
    यो सिआरआरसम्बन्धी व्यवस्था संसारका धेरैजसो केन्द्रीय बैंकले गरेका छन् र यसमार्फत बैंकिङ क्षेत्रमा तरलता तथा ब्याजदर नियन्त्रणको प्रयास केन्द्रीय बैंकले गर्छ ।
    अनिवार्य नगदअनुपात बैंक तथावित्तीय संस्थाले साप्ताहिक औसत निक्षेपका आधारमा तत्पश्चात्को हप्ताको अन्तरालमा आउने दिनदेखि १४औं दिनमा कायम गर्नुपर्छ ।
    यसरी कायम भएको अनिवार्य नगद मौज्दात औसत रूपमा गरिन्छ तथापि यस्तो रकमा दैनिक रूपमा ८० प्रतिशत भने नघट्ने गरी कायम गर्नुपर्छ ।..

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
  • गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी
  • मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑