धनुषा। धनुषा जिल्लामा पुन: एक पटक निषेधाज्ञा लम्ब्याइएको छ थप ।कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा निषेधाज्ञा प्रभावकारी देखिएपनि जोखिम अहिले पनि बाकि रहेको निष्कर्ष निकाल्दै थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा सोमबार बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी सात दिनका लागि निषेधाज्ञा थप गरेको हो ।