• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महोत्तरीमा जंगली हात्ती बस्तीमा पसेर तीनवटा घर भत्काइदियो

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७८, सोमबार १५:३१
  • ४४५७

    महोत्तरी | महोत्तरीको गौशला नगरपालिका १० लक्ष्मीनियामा जंगली हात्ती स्थानीय बस्तीमा पसेर तीन वटा घर भत्काइदिएको छ।आइतबार राति १२ बजेतिर विश्कर्मा टोलको बस्तीमा हात्ती पसेर त्यहाँ स्थित रामएकवाल मण्डल, वीरेन्द्र मण्डल र नरेश मण्डलको घर भत्काएको हो।

    कच्ची घर भएका मण्डल परिवारको हात्तीले घर भत्काएपछि विजोग भएको छ। रामएकवालले भने, ‘घरमा तीन जना थियौँ। राति मस्त सुतेका थियौँ, एक्कासि घर हल्लिन थाल्यो, ब्युझेर हेरेपछि हात्तीले एकातिरको घरको भित्ता भत्काइसकेको रहेछ, अनि सबैजना उठेर अर्को भित्ता भत्काउन थालेका बेला भाग्यौँ, नत्र ज्यान जाने थियो होला।’

    २ वटा हात्तीले रातको समयमा मण्डल परिवारको फुसको घर भत्काउनुका साथै अन्नपात खाएर र भाँडा–कुँडासमेत कुल्चेर क्षति पुर्‍याएको पीडित बताएको छ।घर भत्काएर हात्ती सोही स्थानमा एकघण्टा सम्म बसिरहेको थियो। पछि गाउँलेले राँको बालेर , थाल, भाँडाकँडा ठटाएर, होहल्ला गरेपछि मात्र हात्ती त्यहाँबाट भागेका थिए।हात्तीले तीन घर भत्काउनुको साथै अन्न, भाँडाकुँडासमेत नष्ट पारेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।

    सचेत हुन आग्रह

    महोत्तरीको वन क्षेत्रमा केही जंगली हात्तीको झुण्ड पसेकोले वन क्षेत्र वरिपरिका स्थानीयलाई सचेत हुन डिभिजन वन कार्यालय महोत्तरीले आइतबार नै आग्रह गरेको थियो। दिउँसो वन कार्यालयले सचेत गराए पनि राति हात्तिले आक्रमण गरेर स्थानीयको घर भत्काएको छ।डिभिजन वन कार्यालय महोत्तरीका प्रमख विनोद सिंहका अनुसार हात्तीको झुण्डले शनिबार राती गौशाला नगरपालिका वडा नं. ११ लक्ष्मीनियाँ स्थित सागरनाथ वन विकास परियोजनाको युनिटको आवास घर भत्काएको र  टावरमा क्षति पुर्‍याएको छ।

    वन क्षेत्रमा स्थानीयवासीलाई प्रवेश नगर्न डिभिजन वन प्रमुख सिंहले अनुरोध गरेका छन्।हात्ती आकर्षक हुने चिजहरु रक्सी, सक्खर जस्ता वस्तु घरमा नराख्न डिभिजन वन प्रमुख सिंहले अनुरोध गरेका छन्। साथै उनले हात्ती आएमा राँको बालेर टिन ठट्याएर धपाउन सर्वसधारणलाई जानकारी दिएका छन्।‘हात्ती पर्सा राष्ट्रिय निकुञ्जबाट आएको अनुमान छ’ वन प्रमुख सिंहले भने, ‘गाउँले निकै डराएका छन्। रातभरि सुतेका छैनन्।’ केही वर्षअघि पनि लक्ष्मीनियामा हात्ती आएको थियो।

    ‘हात्ती सागरनाथ वन विकास परियोजनाकै जङ्गलमा रहेको छ। अझैं हात्ती नफर्किएकोले गाउँमा त्रास कायमै छ’ स्थानीयवासी माधव बहादुर तामाङले भने, ‘लक्ष्मीनिया आसपासमा त्रास बढेको छ। यहाँ जङ्गली हात्ती मात्र नभई अन्य जङ्गली जनावरको समेत डर रहेको छ।’ पछिल्लो समय निल गाई, बदेल जस्ता जङ्गली जनावरको आक्रमण बढ्दै गएकाले स्थानीयवासीमा त्रास बढेको उनले बताए।तामाङका अनुसार यस क्षेत्रमा नील गाई र बदेल खेतमा पसेर लगाएको बाली खाएर किसानलाई ठूलो क्षति पुर्‍याउने गरेको भने अहिले हात्ती आएर दुःख दिन थालेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑