• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बढ्दै आत्महत्या गर्नेको संख्या

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७८, सोमबार १३:१८
  • ३७०९

    वीरगन्ज । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जबकि कोरोना महामारीको पहिलो लहर शुरू भएदेखि महामारीको दोस्रो लहर शुरू भएपछिको २०७८ वैशाख मसान्तसम्म कोरोना संक्रमणका कारण करीब ४ हजार ६६९ जनाको ज्यान गएको थियो ।यो आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढेको छ । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाखसम्म र चालु आर्थिक वर्षको वैशाखसम्म आत्महत्या गर्नेको संख्या तुलना गर्दा करीब डेढ प्रतिशतले बढेको देखिएको छ ।

    कोरोना महामारीको असर आत्महत्याको तथ्यांकमा देखिन थालेको प्रहरीको भनाइ छ । कोरोना महामारीको संक्रमण नियन्त्रण गर्न सरकारले २०७६ चैत ११ मा गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प भएको थियो ।लामो समयको लकडाउनका कारण रोजीरोटी खोसिएका, आर्थिक समस्या भोग्नुपरेका, बेरोजगारी लगायत समस्याले मानसिक समस्या बढाउने र यसले आत्महत्यासम्मको परिणाम ल्याउन सक्नेतर्फ मनोविद्, मनोचिकित्सकहरूले औंल्याएका थिए ।आत्महत्या गर्नेको संख्या बढ्नुमा कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी, त्यसले निम्त्याएको घरेलु हिंसा जस्ता कारण देखिन्छ । यो अझै बढ्न सक्ने जोखिम कायमै छ ।

    – वसन्तबहादुर कुँवर, प्रहरी प्रवक्ता एसएसपी
    त्यो जोखिम अहिले प्रहरीको तथ्यांकले पुष्टि गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८५ जनाले आत्महत्या गरेकोमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ ।अहिले आत्महत्याको दर बढ्नुको प्रमुख कारण कोरोना महामारीको असर भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् । प्रवक्ता कुँवरका अनुसार कोरोनाका कारण रोजगारी गुमाएर, आर्थिक संकट परेका, घरेलु हिंसामा परेर मानसिक स्वास्थ्यमा समस्या परेका कारण आत्महत्या गर्नेको संख्या बढेको हो ।उनी भन्छन्, ‘आत्महत्या गर्नेको संख्या बढ्नुमा कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी, त्यसले निम्त्याएको घरेलु हिंसा जस्ता कारण देखिन्छ । यो अझै बढ्न सक्ने जोखिम छ ।’ दोस्रो लहरको कोरोना महामारीको संकटले थप धेरैलाई विभिन्न नकारात्मक असर गरेकोले बढ्न सक्ने अनुमान प्रवक्ता कुँवरको छ ।

    राज्य जिम्मेवार बन्नुपर्छ

    पहिलो लहरको कोरोना महामारी सेलाउन नपाउँदै दोस्रो लहर आक्रामक रूपमा फैलियो । यसले झनै बढी मानिसको जनजीवनमा प्रभाव पार्‍यो । एउटै परिवारका धेरै जनाले ज्यान गुमाउनु पर्‍यो । परिवारलाई पालनपोषण गर्नेकै ज्यान तल-माथि हुँदा तनावको आयतन बढेको छ । परिवार नै संक्रमित हुनुपरेको अवस्था छ ।मनोविद्हरू आत्महत्याको कारण विविध हुने बताउँछन् । आर्थिक, सामाजिक, मानसिक, पारिवारिक लगायत तनावले आत्महत्यालाई निम्त्याउने उनीहरूको भनाइ छ ।दोस्रो लहरको कोरोनाले यी सबै पाटोलाई नराम्रोसँग गिजोलेको छ । जसले गर्दा आत्महत्याको दर बढ्न सक्ने जोखिम रहेको त्रिवि शिक्षण अस्पतालका मनोरोग तथा मानसिक स्वास्थ्य विभाग प्रमुख डा.सरोजप्रसाद वझा बताउँछन् ।

    आत्महत्याको दर बढ्न नदिने मुख्य दायित्व राज्यको हो । शारीरिक स्वास्थ्य उपचारको सुविधा जत्तिकै मानसिक स्वास्थ्य समस्याको सुविधा राज्यले दिने हो भने धेरै हदसम्म आत्महत्याको दर कम हुने मनोचिकित्सकहरू बताउँछन् ।त्यसैले आत्महत्या न्यूनीकरण गर्न तत्काल समुदायस्तरमा उपचारको सुविधा, सूचना सेवा र जनचेतना जगाउनुपर्ने शिक्षण अस्पतालका मनोरोग तथा मानसिक स्वास्थ्य विभाग प्रमुख डा. वझा सुझाउँछन् ।उनका अनुसार हरेक स्थानीय तहको टोल, गाउँमा मानसिक स्वास्थ्य समस्याबारे जनचेतना जगाउनुपर्छ । मानसिक स्वास्थ्य समस्याको उपचार गर्ने सेवा पुर्‍याउनुपर्छ । औषधि उपचारको सुविधाको बारेमा समेत सूचना एवं सचेतना फैलाउन जरूरी छ । मानसिक स्वास्थ्य उपचारको लागि दक्ष जनशक्ति बढाउनुपर्छ ।

    अधिकांशलाई मानसिक स्वास्थ्य समस्या उपचारको बारेमा जानकारी नै नभएको डा.वझाको बुझाइ छ । शिक्षण अस्पताल लगायत केही अस्पताल एवं संघसंस्थाहरूले मनोविमर्श, उपचार गर्ने गरेका छन् । तर यसबारेमा एकदम थोरै जनसंख्यालाई जानकारी छ । अधिकांश यसको पहुँच बाहिर छन्, जसले गर्दा विभिन्न चरणको मानसिक स्वास्थ्य समस्यापछि आत्महत्याको बाटो रोज्न पुग्छन् ।राज्यको मनोरोग एवं मानसिक स्वास्थ्य समस्या सम्बन्धित उपचार काठमाडौंका सीमित जनसंख्यालाई मात्रै लक्षित हुन नहुने डा.वझाको तर्क छ । डा.वझा भन्छन्, ‘राज्यले मनोरोग तथा मानसिक स्वास्थ्य समस्याबारे जनचेतनासँगै सहयोगका लागि औषधि, उपचार सेवाहरू दिनुपर्छ । नत्र भोलि फेरि हामी आत्महत्याको दर यत्ति बढ्यो भनेर संख्या गन्दै बस्ने अवस्थामा मात्रै हुन्छौं ।’

    आत्महत्याको दर बढ्न नदिनुमा राज्यसँगै मुख्य भूमिका परिवारको हुने गर्छ । परिवारका सदस्यलाई मानसिक स्वास्थ्य समस्या बारेमा परिवार पनि सचेत एवं सजग हुन जरूरी रहेको मनोविद् डा.करुणा कुँवर बताउँछिन् ।परिवारमा परेको पीडा एकअर्कासँग साट्ने, खुलेर कुरा गर्ने बानी बसाल्नुपर्ने उनको भनाइ छ । मनोविद् डा. कुँवर भन्छिन्, ‘मानसिक तनाव बढ्दै जाँदा डिप्रेसन हुन सक्छ । डिप्रेसनको बारेमा खुलेर कुरा गर्ने, उपचारका लागि लग्नुपर्छ । त्यसो गर्न सकियो भने सम्बन्धित व्यक्तिलाई आत्महत्या गर्नबाट बचाउन सकिन्छ ।’ राज्य र परिवार यस विषयमा संवेदनशील भएन भने कोरोनाभन्दा आत्महत्या जटिल बन्ने मनोचिकित्सक तथा मनोविद्हरूको चिन्ता छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑