• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तराई आन्दोलनपछि सम्झौताको १० वर्षमा बल्ल बन्यो पुल, सञ्चालनमा अझै समय लाग्ने

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७८, सोमबार १२:१७
  • ३१२९

    हेटौंडा । तराई आन्दोलनपछि पूर्वी नेपाल जोड्नका लागि निर्माण सुरु गरिएको एउटा पुल १० वर्ष लगाएर पनि पूरा सम्पन्न हुन सकेको छैन । मकवानपुर–सिन्धुली खण्डको वागमती खोलामा निर्माणाधीन पुलको अन्तिम स्ल्याब ढिला गरी पूरा भएपनि सञ्चालनमा आउन अझै ६ महिनाभन्दा धेरै समय लाग्ने बताइएको छ ।
    सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको तत्कालीन धरान-चतरा-गाईघाट मार्ग निर्माणको क्रममा सम्झौता भएको वागमती पुलको अन्तिम स्ल्याबको ढलान १० वर्षपछि सम्पन्न भए पनि सडक सञ्जालले पुललाई नछोएकोले सञ्चालनमा आउन अझै ६ महिना लाग्ने मदन भण्डारी मार्ग निर्माण योजनाले जनाएको छ । पुलको ११ वटा स्ल्याबमध्ये अन्तिम स्ल्याबको ढलान सम्पन्न भएको हो ।

    सिन्धुलीपट्टिको क्षेत्रमा केही रुख कटान गर्नुपर्ने र मकवानपुरको खण्डमा सडक निर्माणको काम बाँकी रहेको योजनाका इन्जिनियर वीरेन्द्रप्रसाद महतोले जानकारी दिए । उनका अनुसार सिन्धुली क्षेत्रमा वनको स्वीकृतिको काम बाँकी छ । मकवानपुरमा समस्या नरहेपनि अन्य क्षेत्रमा समस्या रहेकोले पूर्ण रूपमा पुल सञ्चालनमा आउन अझै ६ महिना लाग्ने महतो बताउँछन् ।नेपाली निर्माण व्यवसायमा अब्बल मानिएका निमार्ण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवाले ठेक्का पारेको सो पुल लामो समयदेखि निर्माण नहुँदा मकवानपुरको पूर्वी क्षेत्र फापरबारीमा दैनिक उपभोग्य सामग्री र स्वास्थ्य सुबिधाका लागि आउने सिन्धुली र मकवानपुरवासी समस्यामा परेको स्थानीय बताउँछन् ।

    पुल बनेसँगै बर्खाको समयमा एक जना व्यक्तिले खोला तर्नकै लागि ९ सय रुपैयाँ र मोटरसाइकलले ५ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यताबाट मुक्त हुने स्थानीय शंकरकुमार पराजुली बताउँछन् ।५ वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०६८ साल असार २० गते ठेक्का सम्झौता गरेको स्वच्छन्दले २०६८ असार २९ गतेदेखि नै काम सुरु गरेको थियो । भ्याटबाहेक २३ करोड ५३ लाख ९ हजारमा ठेक्का सम्झौता गरेर काम सुरु गरेको निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न नसकेको भन्दै मदन भण्डारी लोकमार्ग निर्माण आयोजनाले जरिवाना समेत तिराएको थियो ।ठेकेदारबाट काम गराउनको लागि १० प्रतिशत क्षतिपूर्ति बापत २ करोड १० लाख ४० हजार रुपियाँ असुल गरिएको कार्यालयले जनाएको छ । उता निर्माण कम्पनी स्वच्छन्दले भने वातावरणको प्रतिकुल परिस्थितिका कारण काममा ढिलाइ भएको स्पष्टीकरण दिएको छ । स्वच्छन्द निर्माण सेवाका प्रतिनिधि सन्तोष सापकोटाले प्रतिकुल मौसमका कारण तोकिएको समयमा कुनैपनि काम सम्पन्न हुन नसक्ने बताए ।

    ‘तराई आन्दोलन, नाकाबन्दी, कोरोेना संक्रमण लगायत प्रतिकुल परिस्थितिका कारण समयमा काम गर्न नसकेका हौं’ उनले भने ‘यहाँको स्रोत सामग्रीले नभएर भारतबाट समान मगाउनु पर्ने अवस्था आएकोले पनि समयमा काम सम्पन्न हुन नसकेको हो ।

    योजनाको समग्र प्रगति ९० प्रतिशत

    सरकारले बहुवर्षीय योजनाको रुपमा काम गरेको मदन भण्डारी मार्गको सडक र पुल तर्फको समग्र प्रगति ९० प्रतिशत पुगेको छ । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडासम्मको काम थालिए पनि अहिले झापादेखि डडेलधुरासम्म १२ सय ५० किलोमिटरमा सडकलाई बिस्तार गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय हेटौंडाले जनाएको छ ।योजना कार्यालयका अनुसार मकवानपुर र सिन्धुलीमा बन्ने ३३ पुलमध्ये ३२ वटा निर्माण सम्पन्न भएको छ भने २ वटामा सवारी सञ्चालन हुन बाँकी छ । हेटौंडा– सिन्धुली खण्डको ११५ किलोमिटरमध्ये उपलब्ध साइडमा ९० प्रतिशत काम सकिएको योजनाका सूचना अधिकारी इन्जिनियर निराजन थापाले बताए ।

    योजनाको सिन्धुलीको घुरादेखि खटारसम्मको ९ किलोमिटर क्षेत्रको समस्यालाई सम्बोधन गर्दै ११ मिटर सडकलाई ९ मिटरको बनाउने निर्णय भएको छ । निर्माणको काम गरिरहेको कालिका कन्ट्रक्सनको समय अवधि असारसम्म भएपनि साइड दिन नसक्दा काम रोकिएको थियो ।विभिन्न कारणले तराई बन्द रहँदा पूर्वी नेपाल चुरेको काखैकाख मकवानपुर निकाल्ने गरी काम थालेको हो । राजमार्गको सडकतर्फको सबै काम कालिका, स्वच्छन्द ¥याङकेन जेभिले गरिरहेको छ भने पुलतर्फ वाग्मतीको बाहेक अन्यत्र अनक कन्ट्रक्सन र लुम्बिनी जेभीले काम गरिरहेका छन् । ११ मिटरको सडक ७ मिटर चौडा सडक अक्फाल्ट पिच गर्ने योजनासहित काम चालु अवस्थामा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑