• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कहाँ गयो कोरोना खोपको दुई अर्ब डोज ?

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७८, आईतवार २०:५०
  • ३८०५

    बिरगंज।कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध विश्वभर दुई अर्ब डोजभन्दा धेरै खोप बनिसकेको छ । महामारी नियन्त्रणका लागि कोसेढुंगा मानिएको खोपको वितरण विश्वमा कसरी भइरहेको छ भन्ने अहिले मुख्य चासोको विषय बनेको छ ।

    महामारी नियन्त्रणमा अर्को खुशीको समाचार के छ भने यस वर्षको अन्तिमसम्ममा विश्वभरका पाँच अर्ब ८० करोड जनसंख्यालाई पूरा डोज लगाउन पुग्ने खोप उत्पादन हुनेछ । यद्यपि कोरोना खोपको उत्पादन भौगोलिक हिसाबमा केन्द्रीकृत छ । केही मुलुकले कोरोना खोप संग्रह गरिरहेका छन् भने केही मुलुकमा अभाव देखिएको छ |

    उत्पादन हुने स्थान महत्वपूर्ण

    ड्युक्स ग्लोबल हेल्थ इनोभेसन सेन्टर (जीएचआईसी)का अनुसार यस वर्ष १२ अर्बभन्दा धेरै डोज कोरोना खोप उत्पादन हुन सक्छ । खोप उत्पादन र आपूर्तिमा निगरानी राख्ने एनालिटिक्स फर्म एयरफिनिटीले सन् २०२१ मा ११ अर्ब १० करोड डोजभन्दा धेरै खोप उत्पादन हुन सक्ने अनुमान गरेको छ ।उसका अनुसार विश्वभरका पाँच वर्ष र त्यसभन्दा धेरै उमेरका ७५ प्रतिशत जनसंख्यालाई खोप लगाउन १० अर्ब ८२ करोड डोज खोप आवश्यक पर्छ ।ड्युक ग्लोबल हेल्थ इनोभेसन सेन्टरकी सहायक निर्देशक एन्ड्रिया टेलरले भनिन्, ‘महामारीले देखाइदिएको छ कि समग्र विश्वभर समान रुपले कोरोना खोप उत्पादन हुन सकेको छैन ।’खोपको वितरण कस्तो हुनेछ भन्नेमा उत्पादन भएको स्थान निकै महत्वपूर्ण हुन्छ । अधिकांश खोपको उत्पादन अमेरिका र युरोपमा भइरहेको छ । यी मुलुकका मानिसहरुले सबैभन्दा पहिला खोप पाएका छन् । यी मुलुकले खोप निर्यातमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकका लागि छिटो खोप सुनिश्चित गरेका छन् ।

    आपूर्तिको चुनौती

    खोप उत्पादनको अर्को चुनौती आपूर्ति सञ्जाल हो । खोपको लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्तिदेखि प्रविधि तथा जानकारी, मुलुकहरुबीच आपूर्ति सञ्जाल पनि अहिले राम्रो अवस्थामा छैन । जसको कारण कोरोना खोप बनाउन सक्ने कम्पनी पनि अहिले बन्द छन् ।यो समस्याले खोप उत्पादनमा धेरै तरिकाले असर पारिरहेको छ । एयरफिनिटीको अनुमानअनुसार यस वर्षको समग्र खोप आपूर्तिमा तीन कम्पनीको दबदबा हुनेछ, फाइजर÷बायोएनटेक (दुई अर्ब ४७ करोड डोज), अक्सफोर्ड÷एस्ट्राजेनेका (एक अर्ब ९६ करोड डोज) र सिनोभ्याक (एक अर्ब ३५ करोड डोज) ।

    अहिलेसम्म फाइजर र सिनोभ्याक कम्पनी उत्पादनको सुरुवाती लक्ष्य हासिल गर्न सफल देखिएका छन् । यद्यपि एस्ट्राजेनेकाले भने उक्त लक्ष्य भेट्टाउन सकेको छैन । कम्पनीले यस वर्ष तीन अर्ब डोज खोप उत्पादनको लक्ष्य राखेको थियो । यो लक्ष्य भेट्टाउन एस्ट्राजेनेका आफ्नो खोप उत्पादन गरिरहेका साझेदार कम्पनीमा निर्भर थियो । यसका लागि खोप निर्माणको प्रविधि र जानकारी हस्तान्तरण गर्नुपर्छ ।

    टेलर भन्छिन्, ‘एस्ट्राजेनेकालाई यस्ता मुद्दा सुल्झाउन धेरै समय लाग्यो । विश्वव्यापी रुपमा साझेदारी तथा प्रविधि हस्तान्तरण गरेर खोप उत्पादन बढाउने विषयमा सोचविचार गरिरहेका कम्पनीले पनि यस्तै समस्या भोगिरहेका छन् भन्ने लाग्छ । यो पूरा प्रक्रियाको कारण खोप उत्पादनमा ढिलाइ भइरहेको छ । त्यसको ठीक उल्टो फाइजर र सिनोभ्याकले आफ्नो लक्ष्यअनुसार नै खोप उत्पादन गरिरहेका छन् ।’

    खोप मौज्दात राख्‍नु

    विश्वभर खोपको वितरण प्रभावित गर्ने अर्को कारण खोप निर्यातमा लगाइएको प्रतिबन्ध पनि हो । एयरफिनिटीका वरिष्ठ विश्लेषक म्याट लिनलेले यो समस्याको कारण विकासशील मुलुकमा कोरोना संक्रमणको जोखिम बढेको बताए ।फाइजरले सबैभन्दा धेरै कोरोना खोप बनाइरहेको छ । तर, यो कम्पनीको खोप धनीहरुमा मात्र पुगिरहेको छ । एस्ट्राजेनेकाको खोप उत्पादन युरोप र भारतमा भइरहेको छ र यसको वितरण अन्य मुलुकमा हुन सकेको छैन ।एयरफिनिटीका अनुसार चीनले मात्र ठूलो मात्रामा कोरोना खोप उत्पादन गरिरहेको छ र अहिलेसम्म २६ करोड ३० लाख डोज कोरोना खोप विदेश निर्यात गरिसकेको छ । चीनले राष्ट्रसंघको सहयोगको कोभ्याक्स कार्यक्रमले भन्दा पनि धेरै खोप विदेश निर्यात गरिसकेको छ ।रुसले पनि प्रतिबद्धता त गरेको थियो तर त्यसलाई पूरा गर्न भने सकेन ।

    आपतकालीन योजनाको अभाव

    एयरफिनिटीका अनुसार १७ मेसम्म रुसको स्पुतनिक भीको चार करोड २० लाख डोज खोप उत्पादन भएको छ । यीमध्ये एक करोड ३० लाख डोज खोप निर्यात गरेको छ । स्पुतनिक भी खोपको वितरणका साथै प्रविधि हस्तान्तरणमा पनि समस्या देखिएको छ । रुसले सुरुवातमा विश्वव्यापी रुपमा १८ खोप उत्पादन केन्द्रसँग सम्झौता गरेको थियो । तर, अहिले रुसबाहिर कजाकस्तानमा मात्र यो खोप उत्पादन भइरहेको छ ।भारतमा पनि अगष्टदेखि स्पुतनिक भीको उत्पादन सुरु हुने घोषणा गरिएको छ र ८५ करोड डोज उत्पादन गर्ने लक्ष्य छ ।अधिकांश विकासशील मुलुक भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको एस्ट्राजेनेकाको खोपमा नै निर्भर देखिएका छन् । सेरमले महामारी सुरु हुनुभन्दा पहिला विश्वको समग्र खोपको ६० प्रतिशत उत्पादन गर्ने घोषणा गरेको थियो । यद्यपि भारतमा यस वर्ष कोरोनाको घातक लहर आएसँगै सरकारले यो कम्पनीको खोप निर्यातमा रोक लगायो । जसको कारण गरीब मुलुकमा यो खोपको आपूर्ति रोकियो ।

    टेलर भन्छिन्, ‘भारतमाथि धेरै निर्भरताको कारण विश्वव्यापी कोरोना खोप आपूर्ति नराम्रोसँग प्रभावित भयो ।’‘भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि सेरमबाट खोप ल्याउने योजना असफल भयो । उनीहरुसँग कुनै आपतकालीन योजना थिएन । साथै सेरम इन्ष्टिच्युटको स्थान लिने अर्को कम्पनी पनि विश्वमा छैन । त्यसैले यसको असर विश्वका कमजोर आय भएका मुलुकमा खोप पुर्‍याउने उद्देश्यका साथ ल्याइएको कोभ्याक्स कार्यक्रममा पनि परेको छ,’ टेलरले थपिन् ।कोभ्याक्स कार्यक्रममार्फत २०२१ को अन्तिमसम्ममा करीब दुई अर्ब डोज खोप वितरणको लक्ष्य छ । यो अभियानमा सामेल मुलुकका २० प्रतिशत जनसंख्यालाई खोप पुर्‍याउने लक्ष्य थियो । युनिसेफका अनुसार कोभ्याक्स कार्यक्रमबाट १२५ मुलुकलाई सात करोड २० लाख डोज खोप वितरण गरिसकिएको छ ।

    खोप साझेदारी

    ‘खोप कूटनीति’ र ‘खोप ऐक्यबद्धता’ जस्ता योजनाका बाबजुद धेरै मुलुकले आफ्नो खोप विदेश निर्यात गरिरहेका छैनन् । एयरफिनिटीको अनुमानअनुसार आपूर्तिको लक्ष्य पालना गरेको भए सन् २०२१ को अन्तिमसम्ममा समग्र विश्वमा थप २ अर्ब ६० करोड डोज खोप बढी हुनेछ । यो खोप कोभ्याक्सको सन् २०२१ को समग्र लक्ष्यभन्दा पनि धेरै हो । यसरी बढी हुने खोपको ९० प्रतिशत आपूर्ति युरोपेली संघ (ईयू) र पाँच अन्य मुलुक (अमेरिका, जापान, बेलायत, ब्राजिल र क्यानडा) मा हुनेछ ।लिनलेका अनुसार यसरी बढी हुने खोप कोभ्याक्स कार्यक्रमलाई दिने हो भने यसबाट खोपको धेरै आवश्यकता परेका मुलुकका मानिसले कोरोना खोप पाउन सक्छन् । अहिले केही मुलुक आफ्ना नागरिकलाई प्रतिरोधी क्षमता बढाउन थप डोज खोप दिने वा बालबालिकालाई पनि खोप दिने योजनामा छन् ।

    अहिलेसम्म विश्वभर जति खोपको अर्डर भएको छ, तीमध्ये करिब ५४ प्रतिशत धनी मुलुकले अर्डर गरेका छन् । जबकि उनीहरुको जनसंख्याको हिस्सा केवल १९ प्रतिशत मात्र छ । अहिले गरीब मुलुक खोप अभियानमा निकै पछाडि परेकाले धनी मुलुकले तत्काल आफूलाई बढी हुने खोप दिनुपर्ने विश्लेषकहरु बताउँछन् ।अमेरिकाले आफूसँग बढी भएको एस्ट्राजेनेकाको ६ करोड डोज कोरोना खोप अन्य मुलुकलाई दिने घोषणा गरेको छ । यद्यपि अमेरिकामा भने यसलाई प्रयोगको अनुमति दिइएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा अनुमति पाएका खोपको पनि दुई करोड डोज अन्य मुलुकमा पठाउन सक्ने बताएका छन् ।

    फ्रान्सले जुनको अन्तिमसम्ममा कोभ्याक्सका लागि पाँच लाख डोज खोप दिने बताएको छ । युनिसेफका खोप केन्द्रका प्रबन्धक एन अटोसेनका अनुसार खोपको खोजी, उत्पादन तथा वितरणको गति ऐतिहासिक छ । यद्यपि अहिले समग्र विश्वलाई खोप आपूर्तिको चुनौती देखिएको छ ।विश्वका स्वास्थ्य क्षेत्रको नेतृत्व गरिरहेका मानिसहरुले पनि कम तथा मध्यम आय भएका मुलुकमा कोरोना खोप उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् । यद्यपि त्यसको लागि अहिलेसम्म कुनै ठोस विकल्प भने आएको छैन ।

    बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑