बिरगंज।कृष्णा कुशवाहा। वीरगंजमा कोराना भाईरसको माहामारी विभिन्न अभियान संचालन गरेको कोभिड एक्सन टीम क्याटलाई संयुक्त रुपमा आर्थिक सहयोग प्राप्त भएको छ । क्याटले आर्थिक अवस्था कमजोर भएका विपन्न परीवार लगायतका दैनिक ज्याला मजदुरी गर्ने मजदुरका लागि संचालन गरेको कोभिड किचेनका लागि बिरगंजमा लामो समयदेखी पत्रकारीता गरेका हाल बागमित प्रदेशको राजधानीमा युवा ब्यवसायीको रुपमा ख्याति प्राप्त रोशन खनालले नगद रु. १०००० आर्थिक सहयोग गरेका हुन ।
त्यस्तै बिरगंज निवाशी रोशन राज थापाले नगद रु. ४१०० र काठमाँड़ो बसोबास गर्ने प्रतिमा शर्माले नगद रु. ३००० आर्थिक सहयोग गरेका हुन।
उनिहरूले क्याटले गरेको कामबाट प्रभावित र खाना खुवाउने कामबाट प्रभाबित भएर स्वस्फुर्त रुपमा रुपैया सहयोग गरेको बताउनु भएको क्याटका सदस्य एव् जनता समाजवादी पार्टिका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनुभयो ।कोभिड एक्सन टीम क्याटले कोरोना भाईरसको संक्रमण न्युनिकरण गर्ने उद्देश्यले लगाईएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परीवार तथा मजदुर लगायत गरी दैनिक रुपमा २ सय ५० देखी ३ सय जनालाई खाना ख्वाउँदै आएको छ ।
त्यस्तै क्याटले अस्पतालमा विरामी भर्ना गराउने देखी अक्सिजन आपुर्ती सहज बनाउने उदेश्यले निरन्तर सहयोग गर्नुका साथै अनुगमन गर्दै आएको सदस्य तबरेज अहमदले बताउनुभयो ।सामाजिक अभियन्ताहरूले सहयोग स्वरुप पठाउनु भएको रकम क्याटका सदस्य तबरेज अहमदले आज श्याम पटेल , संजीव मिश्रा लगायतको उपास्तिथिमा क्याटका संयोजक एव् जिल्ला समन्वय समितिका अध्यक्ष नेक महमद अंसारीलाई हस्तान्तरण गर्नुभएको हो ।