इस्लामाबाद | पाकिस्तानमा प्रेस स्वतन्त्रताको अबस्था नाजुक बन्दै गएको एक रिपोर्टले जनाएको छ ।प्रेस स्वतन्त्रताको सूचाकांकमा विश्वका १७९ मुलुकहरुमध्ये पाकिस्तान १४५औँ स्थानमा रहेको अन्तर्राष्ट्रिय मिडिया वाचडग रिपोर्टर्स विदआउट बोर्डर्सले जनाएको छ ।
विश्व प्रेस स्वतन्त्रता सूचाकांकमा पाकिस्तान तल परिरहेको रिपोर्टमा उल्लेख छ । पाकिस्तानमा केही वर्षयता पत्रकार र प्रेसमाथि आक्रमणको घटनाहरु बढीरहेका छन् ।
पछिल्लो समयमा, इस्लामाबादमा वरिष्ठ पत्रकार अब्सर आलममाथि गोली हानी हत्या प्रयास भएको थियो । पाकिस्तानमा प्रेसमाथि सरकारी हस्तक्षेपले पनि प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम भएको बताइन्छ । यस्ता तथ्यांक तथा घटनाहरुले पाकिस्तानमा प्रेस स्वतन्त्रता वास्तविक रुपमा अभ्यास हुन नसकेको देख्न सकिन्छ ।स्रोत ईण्डीया ब्लुम्स