वीरगंज । रुसले उत्पादन गरेकाे काेराेनाविरुद्धकाे खाेप स्पुतनिक-भी प्रयोग गर्न ब्राजिल सरकारले अनुमति दिएकाे छ।राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले शुक्रबार सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो। यो खोप प्रयोग गर्न अनुमति दिने देशहरुमध्ये ब्राजिल ६७ औं स्थानमा परेकाे छ।
खोपको अभाव भइरहेका बेला रुसी खोपले अनुमति पाएपछि महामारी न्युनिकरण पहिलाभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ।स्पुतनीक-भी खोप कोरोनाविरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै आएका छन्।
स्पुतनिक–भी का विकासकर्ताहरुले सो खोप ९७.६ प्रतिशत प्रभावकारी र सुरक्षित भएको दावी गरेका छन्। उनीहरुले यो खोपको दिर्घकालिन नकारात्मक असर पनि नरहेको बताउने गरेका छन्।