• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना महामारीमै फेरिए तीन स्वास्थ्यमन्त्री

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७८, आईतवार ०६:१७
  • २२१७

    वीरगंज । नेपालमा कोरोना महामारी सुरु भएयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व तेस्रो पटक परिवर्तन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्वास्थ्यमन्त्रीका रुपमा शेरबहादुर तामाङलाई नियुक्त गरेका हुन्। उनले ६ महिना नपुग्दै स्वास्थ्यमन्त्री परिवर्तन गरेका छन्।

    नेपालमा कोरोना महामारी सुरु भएदेखीको डेढ वर्षको अवधिमा ३ जना मन्त्री फेरिएका छन्। यो महामारीको अवधिमा भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र अहिले शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री भए।मन्त्री फेरिएपछि स्वास्थ्यका कर्मचारीले ठट्टा गर्दै कोरोनाको भेरियन्ट फेरिएझैं स्वास्थ्य मन्त्री पनि फेरिरहेको बताए।

    गत पुस १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल फेरबदल गरी स्वास्थ्यमन्त्रीमा हृदयेश त्रिपाठीलाई नियुक्त गरेका थिए। प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा ‘स्थिर सरकार’ गठन गरेको ३ वर्षमा ५ जना स्वास्थ्यमन्त्री फेरेका छन्। प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते स्वास्थ्य राज्यमन्त्रीका रूपमा स्वास्थ्यको जिम्मेवारी पद्मा अर्याललाई दिएका थिए। राज्यमन्त्रीका रूपमा स्वास्थ्य मन्त्रालय प्रवेश गरेकी भएपनि अर्याललाई त्यसबेला मन्त्रीसरहकै अधिकार दिइएको थियो।

    अर्यालले एक वर्ष पनि स्वास्थ्यमा बिताउन पाइनन्। २०७५ जेठ १८ गते जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्रीका रुपमा स्वास्थ्य प्रवेश गरे। उपप्रधानमन्त्रीकै हैसियतमा मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले मन्त्रालयको काममा कुनै पनि चासो नदिएको आरोप लाग्यो। मन्त्रालयमा रहँदा उनले ‘डुलुवा’ मन्त्री र ‘असफल’मन्त्रीको उपनाम पाए।

    कोरोना महामारीको समयमा सबैभन्दा बलियो र स्थिर हुनुपर्ने मन्त्रालय नै सबैभन्दा बढी चलायमान भएको छ।जनमतबाट चुनिएर स्थिर सरकार बनेको ३ वर्ष तीन महिना भएको छ। तर सरकार अस्थितरतातर्फ धेकेलिएको छ। त्यसमा पनि प्रधानमन्त्री ओलीले जिम्मेवारी सम्हालेको तीन वर्षमा स्वास्थ्य मन्त्रालयलाई स्थिर बन्न दिएका छैनन्।

    २०७६ माघ १० गते नेपालमा कोरोना भाइरसका पहिलो संक्रमित पत्ता लागेको थियो। यसयता मात्र तीन जना मन्त्री भए, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र शेरबहादुर तामाङ भइसकेका छन्।मन्त्री ढकाललाई कोरोना भाइरसको उपचारका लागि आवश्यक मेडिकल सामग्री खरिदलगायतका विषयमा भ्रष्टाचार गरेको आरोप लागेको छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन अघि बढाएको बताएको छ।

    हुदयेश त्रिपाठी पनि खोप खरीद प्रक्रियामा बिचौलियालाई प्रवेश गराएको विषयले विवादमा आएका छन्। खोप कार्यक्रममा आफ्ना मान्छेलाई खोप लगाएको, कर्मचारीलाई  होच्चाएर बोल्ने, गाली गर्नेलगायतका व्यवहारले मन्त्री त्रिपाठी पछिल्लो समय मन्त्रालयमा अप्रिय बन्दै गएका थिए। यसका साथै पतञ्जलीको अवैध औषधि नै मन्त्रालयमा ग्रहण गरेपछि झनै विवाद भएको छ।

    गत पुसमा स्वास्थ्य मन्त्रालय सम्हालेका उनले माघमा कोभिड विरुद्धको खोप नेपालमा ल्याउन पहल गरी खोप कार्यक्रम संचालन गरेर प्रशंसा कमाएपनि भारतको सेरम इन्स्ट्च्यिुटसँग ५० लाख डोज खोप खरीद प्रक्रियामा बिचौलियालाई प्रवेश गराउन खोजेको कारण विवादमा आएका थिए। यससम्बन्धमा स्वास्थ्यखबरले गत फागुनमा नै समाचार प्रकाशित गरेको थियो।

    त्यसको केहीसमयपछि प्रधानमन्त्रीसँग मन्त्री त्रिपाठीको सम्बन्धमा आएको तिक्तता पछि भने उनले घुमाउरो पारामा बिचौलियालाई प्रधानमन्त्री र माथिल्लो तहबाटै प्रवेश गराउन खोजिएको आरोप लगाइ पन्छिन खोजेका थिए।खोप खरीद कार्यमा नेपालले भारतको सेरम कम्पनीलाई गत फागुन ५ गते अग्रिम भुक्तानी गरेको १० लाख डोज कोभिसिल्ड खोप अझै आउन सकेको छैन।

    स्वास्थ्यमन्त्री त्रिपाठी पछिल्लो समय कोभिड महामारी नियन्त्रण गर्न ल्याएको अध्यादेशका कारण पनि मन्त्रालयभित्रै  विवादित बनेका छन्।उनको कोरोना महामारीको नियन्त्रण गर्ने बहानामा एउटा अस्पतालको कमाण्डमा सिंगो देशका अस्पताल संचालन गर्ने विषय अव्यवहारिक भएको बताइएको छ ।उनले कोरोनाका सबै काम स्वास्थ्य मन्त्रालयबाहिर पठाएर आफू पंगु बनेको स्वास्थ्य मन्त्रालयकै एक प्रमुख विशेषज्ञले टिप्पणी गरे।

    सात स्वास्थ्य सचिव

    ओली नेतृत्वकोको ‘स्थिर सरकार’ बनेपछि स्वास्थ्यमा ७ जना सचिव फेरिएका छन्। अढाई वर्षअघि प्रशासनतर्फका सचिवको दरबन्दीसमेत थप गरिएको थियो। त्यसयता प्रशासनतर्फका ६ सचिव फेरिएका छन्। स्वास्थ्य सचिव रहेकी डा पुष्पा चौधरीलाई २०७५ मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेपछि स्वास्थ्य सचिव विवाद चुलिएको थियो। स्वास्थ्य सेवातर्फकी सचिव डा चौधरीले भने सरकारी सेवाबाट नै राजीनामा दिएपछि स्वास्थ्यतर्फका सचिव नियुक्त हुन सकेका छैनन्। सरकारले ०७६ पुस २१ गते चौधरीको राजीनामा स्वीकृत गरेको हो।

    सरकारले सोही मौकामा स्वास्थ्य मन्त्रालयमा प्रशासन सेवाका सचिव केदारबहादुर अधिकारीलाई पठायो। त्यसपछि सरकारले मन्त्रालयमा स्वास्थ्य र प्रशासन गरी दुई जना सचिवको दरबन्दीको व्यवस्था गर्‍यो। दुई जना सचिव भएपछि काम र जिम्मेवारीका विषयमा विवाद उत्पन्न भएको थियो।

    २०७५ माघ ९ मा बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई स्वास्थ्यबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा गर्ने निर्णय गर्‍यो। त्यस्तै अधिकारीको ठाउँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई ल्याइयो।

    घिमिरेले स्वास्थ्यमा तीन महिना काम गरे। त्यसपछि उनलाई पनि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सरुवा गरियो। घिमिरेको सरुवापछि स्वास्थ्यमा रामप्रसाद थपलियालाई सचिवका रुपमा ल्याइयो। उनलाई २०७६ वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेशका प्रमुख सचिवबाट सरुवा गरेर स्वास्थ्यमा ल्याउने निर्णय गरेको थियो।

    उनको पनि २०७६ भदौ २ गते खेलकुद मन्त्रालय सरुवा भयो। थपलियालाई सरुवा गर्दै सरकारले शिक्षा मन्त्रालयमा रहेका खगराज बराललाई स्वास्थ्यमा ल्याएको थियो। तर, बराललाई पनि फागुन १८ गते सरुवा गर्दै सरकारले नयाँ सचिवका रुपमा यादव कोइरालालाई ल्याएयो। कोइरालालाई स्वास्थ्य मन्त्रालय रहँदा अन्य कर्मचारीसँगको झगडा, व्यक्तिगत व्यवहारका कारण विवादित बनेका थिए।

    तीन महिना पछि अर्थात् २०७७ जेठ १५ गते  बसेको मन्त्रिपरिषद बैठकले कोइरालाको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत लक्ष्मण अर्याललाई ल्यायो भने उनको ठाउँमा कोइरालालाई पठाउने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑