वीरगंज । असार १ देखी बिधालय खोल्ने भनिए संगै निषेधाज्ञा खुलने संकेत देखिएको छ। वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । बिधालय खोल्ने सन्दर्भमा हरेक बिधालयले सबै अभिभावकहरुसङ्ग लिखित सहमति लिनु पर्ने महानगरले निर्देशन जारी गरेको छ।
हाल बिरगंज लगायत विभिन्न ठाउँमा निशेध्ग्या खुकुलो गरे संगै केही हद सम्म साइकल मोटरसाइकल आवत जावत गर्न दिईएको छ। बिधालयनै खोल्ने निर्देशनसंगै बिरगंजमा असार १ देखी निषेधाज्ञा खुलने संकेत देखिएको छ ।
बिरगंज महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ ।बिरगंजमा कोरोना भाईरस संक्रमितको संख्या कम भए पंछी असार १ देखी बिधालय खोल्ने भनिए संगै निषेधाज्ञा खुलने संकेत देखिएको छ।