वीरगञ्ज । कृष्णा कुशवाहा। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारले मजदुर र दैनिक ज्यालादारी गर्ने बटुवाहरुलाई खाजा र पानी वितरण गरेको छ ।
कोरोना महामारीका कारण लगाइएको लकडाउनमा प्रभाबित भएका मजदुर र दैनिक बटुवाहरूलाई खाजा र पानी वितरण कार्य जेठ १ गते देखी निरन्तर बितरन गरिएको छ ।
निषेधाज्ञा अवधिभर उक्त कार्यलाई निरन्तरता दिइने र आज २२ औ दिन बितरन गरिएको सामुदायिक सेवा केन्द्रका सचिव ग्यासु मियाँ देवानले बताए।