• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मन्त्री भएलगत्तैदेखि विवादमा महतो : सर्वत्र आलोचना, तर फेरि दोहोर्‍याए ‘बहुल राज्य’को अभिव्यक्ति

  • वीरगंज संजाल
  • २२ जेष्ठ २०७८, शनिबार १८:५२
  • ३५०१

    वीरगन्ज ।  संविधानमाथि बेलाबेला प्रश्न उठाएर चर्चामा आइरहने नेता हुन् राजेन्द्र महतो । संविधान जारी हुनेबित्तिकै मधेशका मुद्दा सम्बोधन नभएको भन्दै संविधान जारी भएको दिनलाई कालोदिनका रुपमा मनाउने र संविधान नै जलाउने कार्यमा सक्रिय नेता राजेन्द्र महतो नै हुन् ।कुनैबेला केपी ओली नै मधेशी समुदायका लागि हानिकारक रहेको अभिव्यक्ति दिँदै हिँड्ने महतो आज ओलीकै सारथी बनेका छन् । तर, उपप्रधानमन्त्री बनेलगत्तै फेरि विवादमा तानिएका छन् । शपथलगत्तै दिएको अभिव्यक्तिले उनलाई सत्तापक्ष, प्रतिपक्ष र जनतामासमेत उनको आलोचना सुरु भएको छ ।

    एमालेभित्र एकताको प्रयासका लागि भन्दै उपाध्यक्ष वामदेवले प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर विरोध गरेका थिएनन् । तर, शुक्रबार भएको मन्त्रिमण्डल पुनर्गठनपछि उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिका कारण गौतम पनि सरकारको विरोधमा खुलेरै बोल्न बाध्य भए ।दभारका क्रममा मनत्री महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि आन्दोलन जारी रहेको अभिव्यक्ति दिए । महतोले भनेका थिए, ‘हामी हाम्रा मुद्दाहरू स्थापित गरेर छाड्छौं, बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्छौं । सरकारमा आउने निर्णय त्यसैका लागि हो ।’

    उनको यो अभिव्यक्तिपछि सत्तारुढभित्रै नेताहरु चिढिएका छन् । ओलीले विखण्डनकारीलाई सत्ता साझेदार बनाएर राष्ट्रघात गरेको आरोप लागेको छ । उपाध्यक्ष वामदेव गौतमले महतोको उक्त अभिव्यक्ति संविधान विरोधी भएको भन्दै आपत्ति जनाएका छन् ।अझै महतोको यस्तो चरित्र र अभिव्यक्तिमा परिचित हुँदा हुँदै पनि प्रधानमन्त्री ओलीले अनभिज्ञता प्रकट गर्नुचाहिँ आफैंलाई अचम्मलाग्दो भएको बताएका छन् ।गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु ।’

    संविधानमै नेपाल एउटा मात्रै राष्ट्र र राज्य लेखिएको स्मरण गराउँदै उपाध्यक्ष गौतमले भनेका छन्, ‘नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओली राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनविज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’गौतम मात्रै होइन, एमालेकै युवा नेता योगेश भट्टराईले पनि महतोको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले उनले देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

    ‘पहिलो र दोस्रो संविधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु’, भट्टराईले भनेका छन् ।यस्तै, पार्टी एकताका लागि भन्दै माधव नेपाललाईसमेत ओलीसँग मिलाउन प्रयास गरिरहेका एमालेका युवा नेता गोकर्ण विष्टले पनि महताको उक्त अभिव्यक्तिपछि पनि प्रधानमन्त्रीले केही नबोल्नु आश्चर्यजनक रहेको बताएका छन् ।पूर्वमन्त्री समेत रहेका विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।

    नेता विष्टले भनेका छन्, ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ,’ विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’शुक्रबार नियुक्त भएका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण लगत्तै बहुराष्ट्र र बहुराज्य सञ्चालन गर्ने मुक्ति आन्दोलन जारी रहेको अभिव्यक्ति दिएका थिए । महतोको यो अभिव्यक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ ।

    नेता नेपालले पनि देशको टुक्राटुक्रा पार्ने र सामाजिक द्वन्द्व फैलाउनेहरु सक्रिय रहेको प्रतिक्रिया दिएका छन् । प्रतिक्रियावादीहरुले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेको नेता नेपालको भनाइ छ । यस विषयमा सर्वत्र आलोचना भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।महतोले शुक्रबार शपथका क्रममा मात्रै होइन, सोहीव्यक्ति शनिबार एक कार्यक्रमका क्रममा पनि दोहोर्याएका छन् । जनता समाजवादी पार्टीको कार्यालयमा राखिएको स्वागत कार्यक्रममा उनले उनले देशको संविधान अधुरो रहेको तथा देशमा विभिन्न जातजातिमाथि विभेद ब्याप्त रहेको बताए ।

    उनले एकल राज्य आफूहरुलाई स्वीकार नहुने अभिव्यक्ति दिएका छन् । महतोले भने, ‘यो देश बहुलताले भरिएको छ । विविधताले भरिएको छ । नेपाल एकल राज्य होइन, बहुल राज्य हो । विभिन्न जाति(समुदायको देश हो । उनीहरु सबैमा समान व्यवहार भइरहेको छैन । नियम कानूनमा पनि विभेद छ र व्यवहारमा पनि ।’आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टजस्तो नभएको महतोले बताए । कांग्रेस र कम्युनिष्टले गर्न नसकेको काम गर्नका लागि पार्टी स्थापना भएको भन्दै उनले समाजमा व्याप्त शोषण र उत्पीडन समाप्त गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑