वीरगन्ज । भारतमा शुक्रबार १ लाख २० हजार ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ८८ लाख ९३ हजार ८३५ पुगेको छ ।
यस्तै भारतमा शुक्रबार ३ हजार ३७० जनाको कोरोनाका कारण ज्यान गएको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४४ हजार १०१ पुगेको छ ।
यस्तै हिजो भारतमा शुक्रबार १ लाख ९७ हजार ३७१ जना कोरोना मुक्त भएका छन् । भारतमा कोरोना मुक्त हुनेको संख्या २ करोड ६७ लाख ८७ हजार १३० रहेको छ । भारतमा हाल १५ लाख ५१ हजार १०४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै अहिलेसम्म भारतमा २२ करोड ४१ लाख ९ हजार ४४८ जनाले खोप लगाएका छन् ।