• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रस्तुत छ लेखक राजेन्द्र परियार र दिपकराज जोशी बिचको संवाद

  • वीरगंज संजाल
  • Jun 5, 2021, 12:41 am
  • ६६७७

    वीरगन्ज । राहुल गुप्ता । तनहुँमा अर्थात् नेपाली कांग्रेसको बृतमा गोविन्दराज जोशीलाई नचिन्ने व्यक्ति बिरलै होलान् । नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी बि.सं २००६ सालमा तनहुँ जिल्लाको रुपाकोट स्थित खाल्टेमा जन्मेका हुन्।जोशी गाउँका मुखियाका छोरा हुन् । जोशीका बुबा पदमराज जोशी तत्कालीन समयका गाँउ मुखिया थिए । महामानव बि.पि कोइरलाबाट प्रभाबित भएर पन्ध्र बर्षको कलिलो उमेरबाट नै जोशी नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । २०२४ सालमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भएर काम गरेका जोशी २०२६ सालमा ९ जना सदस्य लिई तनहुँ कांग्रेस जिल्ला कार्यसमिती गठन गरेको बताउछन् । कांग्रेसमा काम गर्दै जाँदा बि.सं २०३० सालमा तनहुँ कांग्रेसका सचिव तथा उपसभापति भएका थिए ।

    तत्कालिन समयमा नेपालमा पञ्चायती राजतन्त्र रहेको र पञ्चायती राजतन्त्र शासनको बिरुद्द आन्दोलनमा सरिक भएको अभियोगमा उनी ४ बर्ष जेल परे । जेल जिवन यापन गरे सँगै उनि राष्ट्रिय राजनितीमा लागे ।बि.सं २०४८, २०५१ तथा २०५६ सालमा तनहुँबाट प्रतिनिधी सभा सदस्य भई ८ बर्ष पार्टीको केन्द्रिय सदस्य र एक कार्यकाल पार्टीको १० औँ महा अधिवेशनबाट सहमहा मन्त्री भए । जोशी तनहुँबाट निर्वाचित भएर राष्ट्रिय राजनितीमा प्रभाबशाली नेताको रुपमा हेरिन थाले । उनी प्रतिनिधी सभा सदस्य हुँदै शिक्षा मन्त्री , खानेपानी तथा सरसफाई मन्त्री, जलस्रोत मन्त्री , स्थानीय बिकास मन्त्री ,शिक्षा संस्कृती तथा समाजकल्याण मन्त्री र गृहमन्त्री समेत भएका नेता हुन् । जोशीले भानुमा रहेको सशस्त्र प्रहरीको तालिम केन्द्र , दमौली चापाघाटमा रहेको शिक्षक तालिम केन्द्र , भिमादमा रहेको प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र , भानुमै रहेको भानु जन्मस्थल विकास आयोजना , देवघाट विकास आयोजना, मदरसा विद्यालयको व्यवस्थापन,बन्दिपुर जाने बाटो कालो पत्रे , तनहुँमा विद्युतको बिस्तार , टेलिफोन बिस्तार ,सडक क्षेत्रमा बिस्तार ,खानेपानीको सहरीकरण संचारको बिस्तार र पुल निर्माण लगाएतको महत्वपुर्ण विकासका काम गरे ।

    सोही कारण आज पनि उनलाई गृहजिल्लामा हाइहाई गरिन्छ, र बिकास प्रेमी नेताको रुपमा हेरिन्छ । आज पनि उनी गृह जिल्ला आउँदा कार्यकर्ताको जमात उनको घरमा देख्न सकिन्छ ।बि.सं २०६४ सालको चुनाबमा जोशी तनहुँबाट माओबादी सँग पराजित भए । चुनाबमा पराजित भए सँगै क्रमशः उनको राजनैतिक शक्ति पनि घट्दै गएको देखिन्छ । दुर्भाग्यवश उनलाई सोही समयमा भ्रष्टचारको मद्दा लाग्यो । उनले आफ्नो निकटतस्थहरु सँग आफुलाई सुनियोजित रुपमा मुद्दामा फसाइएको बताउदै आएका छन् । शक्ति केन्द्रहरुलाई रिझाउन नसक्दा उनलाई नियोजित रुपमा फसाइएको जानकारहरु बताउछन् । उनलाई राजनीतिमा स्थापना गराउने नेता गरिजाप्रसाद कोइराला हुन् । जनकारहरु बताउछन् शक्ति केन्द्रहरुलाई रिझाउन नसक्नु र उनलाई राजनीतिमा स्थापना गराउने नेताकै समयमा मुद्दा लाग्नु, शक्ति सन्तुलन गराउन नसक्नु र मुद्दा लाग्नु सबै नियतबस भएको हो भन्न सकिने थुप्रै आधारहरु छन् ।

    बिं.सं २०६४ सालको चुनाबमा पराजित भए पनि आउँदो चुनाबमा जनताको मन जित्ने र सकृय राजनीतिमा फर्कने आशा उनमा थियो । समय बित्दै गयो र बि.सं २०७० सालमा प्रतिनिधि सभाको चुनाब पनि आयो तर जोशिको भागको टिकट अर्कैले खोसिदिए। क्रमशः बि.सं २०७४ सालको चुनाबमा पनि उनी चुनाब लड्ने आशा सहित गृहजिल्ला आए।तर भ्रष्टचारको मुद्दा किनारा नलागेको भन्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उजुरी दिए।उनको उजुरीलाई आधार मानेर निवार्चन आयोगले जोशीको उम्मेवारी रद्द गर्यो । उनी सत्ता र शक्तिमा रहदा तनहुँका अधिकांश जिल्ला स्तरीय नेता तथा कार्यकर्ता उनका थिए। तर समयको परिवर्तनसँगै उनी निटक कार्यकर्ताहरु सबैले साथ छाडेर गए । राजनीतिमा केही कसैको मित्र र शत्रु हुदैँन भन्ने उनको भनाईलाई उनैका कार्यकर्ता उनको साथ छाडेर पुष्टी गरेको छ । हाल तनहुँका बिभिन्न स्थानीय तहका प्रमुख र बिभिन्न समितिका प्रमुख पहिला उनकै साथमा थिए । आज पनि जोशीलाई गृहजिल्लामा नेता मान्नेको भिड उतिकै रहेको छ । उनीमात्र तनहुँमा यस्ता नेता हुन् जसलाई विपक्षी दलका नेता तथा कार्यकताहरुले समेत जिल्लाको विकासका कामका बारेमा सरसल्लाह गर्न सम्पर्क गर्ने गर्छन् ।

    छोराहरुले राजनैतिक बिराषत सम्हाल्ने आशा:

    नेता गोविन्दराज जोशीका दुई छोराहरु मध्ये जेठो छोरा काठमाडौँ स्थित निजि कलेजमा अध्यापकको रुपमा कार्यरत छन्,भने कान्छो छोरा अस्ट्रेलियाको एक अन्तराष्ट्रिय कम्पनीमा कार्यरत छन् । आफले जसलाई साथ दिएका थिए उनीहरुबाट नै सहयोग र साथ नपाए पछि नेता जोशीे हतपत आफ्नो राजनैतिक बिराषत जिल्लाका नेता तथा कार्यकर्ताको हातमा सुम्पने अवस्थामा छैनन् । जिल्लामा उनका पुराना कांग्रेसका कार्यकताहरुले अझै पनि उनको साथ छोडेका छैनन् । अझै पनि उनलाई मान्ने कार्यकता जिल्लामा १० देखी १५ हजार रहेको जानकारहरु बताउँछन् । उनका पछि लाग्ने कार्यकर्ताको राजनैतिक यात्रा सुरक्षित पार्न मात्र भएपनि उनले राजनैतिक बिराषत कसैलाई सम्हाल्न दिनु पर्ने देखिन्छ । यस्तो अबस्थामा उनले कसलाई राजनैतिक दायित्व सुम्पिन्छन् भन्ने प्रश्न बेलाबेलामा उठ्ने गरेको छ । यसै बिषयमा मैलै उनका जेठो छोरा दिपकराज जोशी सँग केहि प्रश्नहरु गरेको थिएँ । के तपाई राजनीतिमा आउनु हुन्छ त ? के बुवाको राजनीतिक यात्रा तपाईले अघि बढाउनु सक्नु हुन्छ ?

    प्रस्तुत छ लेखक राजेन्द्र परियार र दिपकराज जोशी बिचको संवाद :

    लेखकः तपाई लामो समय अमेरीका बसेर नेपाल आउनुभएको छ । तपाईको त पार्टीमा कुनै योगदान छैन भन्छन नी तपाई कसरी राजनीतिमा आउनुहुन्छ ?

    दीपकराज जोशी: तपाइँले सोध्नुभएको प्रश्न जायज छ। किनकी एउटा पत्रकारले जनताका जिज्ञासा र प्रश्नहरुको संबोधन गर्नुपर्ने हुन्छ।पार्टीमा काम नगरेको र योगदान नभएकाले टिकट किन पाउने भनेर प्रश्न गर्ने पनि छन् यहाँ । कुनै वेला बिपक्षी पार्टीसँग २० हजार फरक मतले जितेको नेपाली कांग्रेस अहिले आएर चुनाब हारेर टोलाएर बस्नुपरेको छ। यसरी बस्नेहरुले न त पार्टीलाई न त समाजलाई नै योगदान दिन सक्छन्। राजनितिक नियुक्ति कुनै पद वा जागिर होइन । मानविय भावनाको आधारमा पद बाँड्न थालियो भने तपाइँका सन्ततिले तपाइँलाई सराप्ने छन् । तपाइँ यस्तो व्यक्ति छान्नुहोस् जो सँग २१ अौँ शताब्दीको नेतृत्व गर्ने क्षमता छ,र समाज प्रति बफादार छ ।

    लेखकः राजनीतिलाई कसरी व्याख्या गर्नुहुन्छ ?

    दीपकराज जोशी: मेरो परिभाषामानिस्वार्थ रुपमा देश र जनताको सेवामा खटिनु नै राजनिती हो।राजनितीका बारेमा ४ लाइन लेख्न नसक्ने , राजनीतिशास्त्रको ज्ञान नभएका, संसार कुनदिशा तर्फ गइरहेको छ र त्यसको असर कसरि पर्र्दैछ भन्ने थोरै पनि अड्कल गर्न नसक्नेलाई जागिर दिए जसरी पद दिनु भयो भने तपाँइले तिरेको करको दुरुपयोग मात्र हुनेछ । समाजलाई सधैँ भरी कांग्रेस र कम्युनिष्टमा विभाजन गरेर कति समय सम्म जनतालाई अँध्यारोमा राख्ने ?आजको समाज र अबको पुस्तालाई राजनीति भन्दा माथि सोच्ने व्यक्तिको खाँचो छ । राजनैतिक पार्टी माध्यम मात्र हुन् । राजनैतिक पार्टीमा रहनेहरुमा जब सम्म मेरो पार्टी र मैले मात्र विकास गर्न सक्छु वा यो देश बनाउन सक्छु भन्ने भ्रम हुन्छ, तब सम्म यो समाज परिवर्तन हुँदैन र देश विकास हुँदैन। विकास र समृद्धि सामुहिक कार्य हो । हाम्रो समाजमा आफु राम्रो हुन अरुलाई नराम्रो बनाउने,आफु जित्न अरुको खुट्टा तान्ने प्रतिस्पर्धा नै छ । सच्चा मानेमा राजनितीमा लाग्नेहरुले आफुले जित्न अरुलाई हराउनु पर्दैन । जनताको हित र जितमा रमाउन जान्नुपर्छ।

    लेखक ः तपाई बुबाको सट्टामा राजनीति गर्दा नाताबाद भएन र ?

    परिवारका योग्य सदस्यहरू राजनीतिमा आउँदा वंशवादलाई नराम्रो भन्न मिल्दैन । त्यतिबेला समाजलाई नराम्रो हुन्छ, जतिबेला योग्यता नभएका वंशका उत्तराधिकारीहरूलाई नै जनताले राजनीतिको मुकुट लगाएको हेर्न चाहन्छन् । यसको परिणाम जहिले पनि गैर राजनैतिक परिवारबाट आएका निर्दोषहरुले भोग्नुपर्छ । जो वंशवादवाला राजनैतिक परिवारले चलाएको राजनैतिक दलको झुटो नाराहरूको शिकार हुन्छन् र सधैँ उनीहरू वंशवादी नेताहरूको दयामा जिउन बाध्य हुन्छन् ।तर यदि परिवार भित्र बाटै कोहि सक्षम व्यक्ति छ र जसले राजनैतिक विरासत धान्न सक्छ भने त्यसमा नातावाद कृपावाद भनेर विरोधकै लागि मात्र बिरोध गर्न मिल्दैन।

    लेखकः जोशी विहिन तनहुँ कांग्रेस नचल्ने हो ?

    दीपकः हुन त कोही नभएर सम्पुर्ण कुराहरु बन्द हुन्छन् चल्दैन भन्नु मुर्खता सिवाय केही होइन। म अभ्यासमा विश्वास राख्ने मान्छे हुँ।तर पनि जोशी विहिन तनहुँ कांग्रेस बिग्रिँदै गएको जनता सामु सर्वविदितै छ । तनहुँमा राजनिती गर्नेले के गरे के गरनन् पनि भनिरहनु पर्दैन होला । बिकास त परै जाओस् आफ्नै पार्टीलाई आगाडि पनि बनाउन सकेनन्।

    जनताले के चाहन्छन् भन्ने कुरा महत्वपूर्ण कुरा हो। यो प्रश्नको जवाफ जनताबाट नै आओस् भन्ने अपेक्षा राख्छु।

    लेखकः के राजनीति गर्न चाहीने गुणहरु तपाई सँग छ ?

    दीपकः हुन त राजनितीमा आउनको निम्ति कुनै किसिमको दायराहरु निर्धारण गरिएका छन् जस्तो मलाई लाग्दैन। किनकी हामीले राजनितीलाइ यस्तो बनाइदियौँ कि जो सबैभन्दा खराब छ उसलाई राजनितीमा ल्याउने र कालोलाई सेतो बनाउने,यो त भयो राजनितीको नकारात्मक पाटो। मेरो मतलब राजनितीमा आउने सम्पुर्ण खराब हुन् भन्ने विल्कुलै होइन। सकारात्मक पाटो नै हेर्ने हो भने पनि म सँग एउटा असल राजनीतिज्ञमा हुनुपर्ने सबै गुण छ जस्तो लाग्छ । राजनीतिमा सबै भन्दा ठुलो कुरा इमानदारीता हो । जो म सँग छ । मलाई न केहि लिनु छ न केहि पाउनु छ । म केवल दिन चाहान्छु ।

    लेखकः तपाई आफ्नो बारेमा बताउनुहोस ?

    म दीपकराज जोशी,गोविन्दराज जोशीको छोरा मात्र नभएर देशको उन्नति र परिवर्तन चाहने युवा पनि हुँ।

    म बुवाआमा सँग बस्छु । धूम्रपान गर्दिनँ । रक्सी पिउँदिन मांशाहार गर्दिनँ । जनावरबाट आएका कुनै पनि बस्तु प्रयोग गर्दिनँ । म भिगानिजममा विश्वास गर्छु ।जसले गर्दा मलाई भौतिक वस्तुहरु प्रतिको मोह कम छ । । म हरेक हप्ताको मंगलबार उपवास बस्छु । सूर्य उदाउनु भन्दा अगाडी उठ्छु ।हरेक दिन १ –२ घण्टा योग÷ प्राणायाम गर्छु । सूर्य अस्त हुनु अघि खाना खान्छु । म सबै प्रकारका ( भजन , रक, हेवी मेटल, पप, लोक, आधुनिक, अङ्ग्रेजी , हिन्दी , नेपाली, …) सङ्गीत सुन्छु । सबै प्रकारका सिनेमाहरु हेर्छु , म डिस्को, पब, क्लब पनि जान्छु । मैले ट्याटु पनि खोपेको छु । म आधुनिक जीवन शैली बाट पनि टाढा छैन । यम जसमा पाँच सामाजिक नैतिकता छन् । जस अन्तर्गत

    १. अहिंसा ( शब्द, विचार र कार्यहरूको साथ कसैलाई चोट नपु
    याउनु,)
    २.सत्य ( बिचारहरू मा सत्य र परम सत्यमा रहनु,)
    ३.अस्तेय(नचोर्नु, काम बोली वचन र विचारहरू मार्फत अर्काको सम्पत्ति चोर्ने मनसाय नराख्नु,)
    ४. ब्रह्मचर्य ( ब्राह्मणको ज्ञानमा चेतना स्थिर गर्दै र सबै इन्द्रियहरूलाई संयमित राख्नु,)
    ५. अपरिग्रह ( आफ्नो जीवनयापन गर्न चाहिने सामान्य भन्दा सामान्य वस्तु मात्र संग्रह नगर्ने, अनावश्यक रुपमा भौतिक बस्तुको सङ्ग्रह नगर्ने) जसलाई नेपालीमा अतिसूक्ष्मवाद भनिन्छ भने अंग्रेजीमा मिनिमलाजिम (Minimalism) भनिन्छ । त्यस्तै नियमहरुको पालना गर्छु। जसमा पाँच व्यक्तिगत नैतिकता छन्।

    १. शौच( शरीर र दिमागको शुद्धीकरण,) २.सन्तोष (सन्तुष्ट र खुसी हुनु,) ३.तप (आत्म–अनुशासित हुनु,) ४.स्वाध्याय (आत्म अध्ययन, आफैलाइ जान्नु, साथै वेद र अन्य शास्त्रहरूको अध्ययन गर्नु, ) ५.ईश्वर–प्रणिधान (भगवानको पुर्ण भक्ति गर्नु ) लाई मैले आफ्नो जीवनशैली बनाएको छु। न त म योगी हुँ, न त तपस्वी नै । म त केवल यो देव ÷पुण्य भूमिमा बस्ने साधारण मान्छे हुँ। जो शास्त्रमा (जसले ज्ञान प्रबाह गर्दै हामीलाई अनुशासित बनाउदै हाम्रो रक्षा गर्छ, जसले जिबनलाई सहि मार्गनिर्देशन गर्छ ,) लेखेको कुराको अभ्यास गर्दै आफ्नो जीवनलाई खुसी साथ अगाडी बढाइरहेको यो देशको असल नागरिक हुँ।

    लेखकः अन्तमा तपाई जोशीकै छोरा भएर त राजनीतिमा आउन लाग्नु भएको त हैन् ?

    यदी जोशिको छोरा नभएको भए पनि राजनीति गर्न सक्ने र समाजलाई अहिलेको स्थिति बाट राम्रो बनाउन सक्ने हैसियत म मा छ जस्तो लाग्छ। तर के गर्ने यहाँ प्रोत्साहान गर्ने भन्दा निरुत्साह गर्नेहरुको भीड जो छ ।मैले जुन जिबनशैली अपनाएको छु, त्यो राजनितीमा आउनेहरूका लागि नभइ नहुने चरित्र हो । सबैभन्दा मुख्य कुरा राजनीतिमा आउनेहरूले आफ्ना लागि होइन देश र जनताका लागि समर्पित हुनुपर्छ।यसरी असल साबित हुन नसकेको काङ्ग्रेस र पटकपटक काङ्ग्रेसको छाताभित्र अटाउन नसकेको काङ्ग्रेसको छोरोसँग पनि विरासत धानिदिए हुने,भन्ने इच्छा सहित तपाइँ तनहुँमा आएर राजनीति गर्नु पर्यो भनेर धेरैले मलाई आग्रह सहितको संदेश पठाउनु भएको छ । त्यसको लागि तपाइँ सम्पुर्णमा म मनैदेखि कृतज्ञता व्यक्त गर्दछु।तनहुँमा जन्म लिन पाएकोमा म आफुलाई भाग्यमानी सम्झन्छु । म भित्र देशका लागि केहि गरुँ भन्ने इच्छा सदैब थियो र छ पनि।झन् तनहुँ त मेरो जन्मभूमि, मेरो आफ्नो माटो त्यसको माया कसलाई हुँदैन र? जसले मलाई झक्झकाई रहन्छ।तर म सँग राजनीति गर्नको लागि अरु सँग भए जस्तो योग्यता छैन । म जे अभ्यास गर्छु त्यो प्रचार गर्छु र जे प्रचार गर्छु त्यो अभ्यास गर्छु।

    यस्तो जीवनशैली भएका मान्छेहरु राजनीतिमा विरलै सफल हुन्छन् ।नेपाली काङ्ग्रेसमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नेहरूलाई त पाखा लगाइन्छ भने हामी जस्तोले ठाउँ पाउँनु र काम गर्न दिनु दिवास्वप्न नै हो । जसले गर्दा अहिलेका नेतामा भएका गुण (अवगुण)नभएकै कारणले यो पार्टीमा बसेर योगदान गर्न सकिन्छ जस्तो लाग्दैन।

    म राजनितिमा रहुँला नरहुँला तर तनहुँ प्रतिको मेरो दायित्व सदैव निभाउने प्रयास गर्नेछु। तनहुँ बासीले गर्नुभएको मायाको सदैव ऋणि हुनेछु। जसलाई चुकाउने भरमग्दुर प्रयास गर्नेछु।

    बर्तमान समयमा राजनितीमा रहेकाहरुसँग मेरो कुनैपनि आनिबानी मिल्दैन।म अराजकता र अस्थिरतामा विश्वास राख्दिनँ। म केवल शान्ति र अमनचयनमा विश्वास राख्छु। जोशीको छोरो वाला ट्याग भिराएर राजनितीमा आउन बाट बन्चित गरिनु पहिले ‌मलाइ एउटा सच्चा नागरिकको रुपमा किन नलिने? न मैले मेरो जिवनमा आजसम्म शक्तिको दुरुपयोग गरेको छु, न कुनै पार्टीको प्रयोग गरेर कुनै पदमा आसिन नै छु। म देशको निम्ति केही गर्न चाहन्छु, परिवर्तनका लागि केही नयाँ गर्न चाहन्छु र म भित्र त्यो गर्न सक्ने खुबी पनि छ, भने तपाइँ नै भन्नुस् मैले राजनीति गर्नु पर्ला कि नपर्ला ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
  • गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी
  • मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑