वीरगन्ज । शहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री राजेन्द्र महतोको नेम प्लेट राखिएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा मन्त्रीको शपथको तयारीको बेला सिंहदरबारमा मन्त्रीका नेमपेल्ट फेरिएको हो ।
महतो जसपाको तर्फबाट उपप्रधानमन्त्री सहित सरकारमा सहभागि हुँदैछन् ।
महतोको स्वागतका लागि कर्मचारीहरु फूलमाला लिएर बसेका छन् । शितलनिवासमा शपथ लगत्तै मन्त्रीहरुले सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने छन् ।