रौतहट । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा प्रेमपत्र दिएको आरोपमा डोरीबााट बाँधेर एक युवकलाई कुटपिट गरेको छ । दुर्गा भगवती गाउँपालिका वडा नम्बर – ५ का विकास पासवानलाई निर्घात कुटपिट गरेको छ ।
दुर्गा भगवती गाउपालिका वडा नम्बर ४ का किन्सीदेव गिरीले कक्षा ११ मा अध्ययनरत युवकलाई बाँधेर कुटपिट गरेका स्थानिय बासीले जानकारी दिए छन् । किन्सीदेव गिरीको साथ साथै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरी लगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र दिए पछि घटना भएको बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले कुटपिटबारे उजुरी परेको बताउनु भयो। पीडित युवकको स्वास्थ्य उपचार गरि दुवै पक्षलाई नियन्त्रणमा लिई सकेको एसपि शाहले जानकारी दिनु भयो । युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयले दावी गरेका छन ।