वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्री बन्ने भएका छन्। यस्तै, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई र अनिल झा खानेपानी मन्त्र बन्ने भएका छन्। उनीहरूले साँझ ६ बजे शपथ लिने तय भएको छ।
लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार, तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकुदमन्त्री बन्ने जसपा अध्यक्ष महन्थ ठाकुरले बताए।
, चन्द्रकान्त चौधरी ऊर्जाराज्य मन्त्री र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बन्नेछन्। शुक्रबार दिनभर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि जसपा सरकारमा जान तयार भएको हो। जसपाले माओवादी केन्द्रले लिएको मन्त्रालय पाउने गरि यसअघि नै सहमति भएको थियो।
जसअनुसार ८ मन्त्री र दुई राज्यमन्त्री ठाकुर-महतो पक्षले पाउने छ। तर, वरिष्ठ नेता राजेन्द्र महतोले गृहमन्त्रालय र अन्य नेताले महत्त्वपूर्ण मन्त्रालयमा दाबी गरेपछि केही समस्या देखिएको थियो। दिनभरको वार्ता सकिएसँगै जसपा आजै सरकारमा सहभागी हुन लागेको हो।पाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई वीरगंज संजाल मा पठाउनु होला।