ओलीले जसपालाई ८ मन्त्रालयको जिम्मेवारी दिने सहमति गरेका छन् । त्यसमा मन्त्री र राज्यमन्त्रीहरु गरी १० भन्दा बढी हुनेछन् । तर, मन्त्रालयको टुंगो लगाउन बाँकी छ ।
जसपाले गृह मन्त्रालयल मागेकोमा ओलीले दिन मानेनन् । जसपाले भौतिक पूर्वाधार, ऊर्जा, उद्दोग, शहरी विकास, खानेपानीलगायत विकासे मन्त्रालय मागेको छ । तर, ओलीले भौतिक पूर्वाधार र ऊर्जा पनि दिन नमानेको बुझिएको छ ।
शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव मन्त्री बन्ने निश्चित भएको छ । चन्दा चौधरी पनि मन्त्री बन्ने सूचीमा छिन् । अध्यक्ष ठाकुर उनलाई मन्त्री बनाउने पक्षमा छन् ।
जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव समूहमा रहेका केहीलाई पनि राज्यमन्त्री बनाएर तान्ने रणनीतिमा ठाकुर छन् । त्यसैले उनले राज्यमन्त्रीहरुको संख्या बढाउन पहल गरिरहेको बुझिएको छ ।