वीरगन्ज । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड खोपको सहजताका लागि स्वयमसेवक परिचालन गरिने बताएका छन्।
संघको गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्। कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर, पिपिई, मास्क, ग्लोभ्स आदि गरी १० लाख रुपैयाँ बराबरको सामाग्री गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो।