• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश दुईमा ओलीसँग मिल्दै कांग्रेस !

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १८:४२
  • २६८१

    वीरगंज | प्रदेश-२ मा सरकार परिवर्तनको खेल पुनः सुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केही नेताहरू आफ्नो स्वार्थ अनुकुल हुनेगरी केन्द्रीय गठबन्धन नै बिगार्ने शैलीमा प्रस्तुत भएको आरोप जसपाको उपेन्द्र यादव समूहले लगाएको छ । यही विषयलाई लिएर पटक-पटक छलफल भए पनि कांग्रेस नेतृत्व  निर्णय  लिन अलमलमा गरिरहेको छ ।कांग्रेसभित्र एउटा धारले केन्द्रमा जे भए पनि प्रदेशमा एमालेसँग नै मिलेर सरकार बनाउने भन्‍न थालेको छ भने अर्कोले नचाहिँदो गठबन्धन गर्न नहुने बताइरहेको छ । जसरी केन्द्रमा गठबन्धन भइरहेको छ प्रदेशमा पनि त्यही अनुरुप बनाउनु पर्ने अर्को पक्षको धारणा छ ।

    उपसभापति विमलेन्द्र निधीले एमाले (केपी शर्मा ओली समूह) सँग मिलेर भए पनि कांग्रेसबाटै मुख्यमन्त्री बनाउनु पर्ने भन्दै सभापति शेरबहादुर देउवालाई फकाइरहेका छन् । तर केन्द्रमा जसपाको यादव समूह, माओवादी र एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा देउवाले संविधानको धारा ७६(५) अनुरुप बन्‍ने सरकारमा प्रधानमन्त्रीको दाबी पेस गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका कारण प्रधानमन्त्री नियुक्त हुन नपाए पनि सहकार्य भइरहेको छ । उनीहरू आफ्‍नो दाबी कानुनसम्मत रहेको भन्दै सर्वोच्च अदालतसम्म पुगेका छन् ।

    यो अवस्थामा तलमाथि गर्न नहुने धारणा जसपा अध्यक्ष यादवको छ । उनका अनुसार आगामी दिनमा यही गठबन्धनमा प्रदेश-२ चल्ने हुनाले मुख्यमन्त्री फेरेर अघि बढ्न पर्ने अवस्था नभएको यादवले बताए । ‘कांग्रेस जस्तो दलले यता र उता खुट्टा राख्‍न मिल्दैन । स्पष्ट कुरा भएको विषयमा कुनै एकको जोडबलमा लाग्‍नु हुँदैन,’ उनले वीरगंज संजालसँग भने, ‘तत्काल केही हुँदैन । म भोलि जनकपुर जाँदैछु । त्यसपछि थप कुरा गरौँला । अहिले खास केही हुँदैन ।’

    यादवले यसो भनिरहँदा बिहीबार नै कांग्रेस उपसभापति निधिले भेटेर  सभापति देउवालाई भेटेर प्रदेश-२ मा ओली नेतृत्वको एमालेसँग सहकार्य गर्नु नै उपयुक्त हुने बताएको बुढानिलकण्ठ स्रोतले बतायो । केन्द्रको सहकार्यसँग प्रदेशलाई दाज्‍न नहुने उनले देउवासँग तर्क गरेका थिए । प्रदेशमा जाेसँग सहज हुन्छ, त्यहीसँग सहकार्यमा जानु पर्ने सुझाव निधिले देउवालाई दिएका थिए । निधिले जसपाको महन्थ ठाकुर समूह, कांग्रेस र एमालेको ओली समूहसँग  मिलेर अघि बढ्ने योजना बनाएकाले त्यही अनुसार देउवालाई सहमतिमा ल्याउने प्रयास गरिरहेको स्रोतले बतायो ।

    एमालेको ओली समूहसँग सहकार्य गरेमा कांग्रेसले मुख्यमन्त्री पाउनसक्ने भनेर फकाउने काम भएको जसपा अध्यक्ष यादवले सुनाउन थालेका छन् । प्रदेश-२ मा तीन सांसद पदमुक्त भएपछि १०४ सांसद् छन् । त्यसमा जसपाका ५५ सांसद छन् । त्यसमा पनि ३० भन्दा बढी उपेन्द्र यादव समूहका छन् ।  त्यहाँ एमालेका २१ सांसद छन् । त्यसमा १३ भन्दा बढी सांसद् नेपाल नेपाल समूहका छन् । त्यहाँ कांग्रेसको १९ सीट छ । जसले गर्दा जसपाको यादव समूह, कांग्रेस र एमालेको नेपाल समूह मिलेको खण्डमा सहज समीकरण छ ।

    अहिलेका मुख्यमन्त्री लालबाबु राउतको निरन्तरता यही समीकरणमा हुन्छ । अर्को समिकरण बनाएर मुख्यमन्त्री परिवर्तन गर्ने खेलमा कांग्रेस उपसभापति निधि लागेको आरोप विपक्षी गठबन्धनमा आबद्ध दलका नेताहरूले लगाइरहेका छन् । यसबारेमा निधिसँग वीरगंज संजालले पटक-पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

    त्यो क्षेत्रमा पूर्व राष्ट्रपति डा. रामबरण यादवदेखि दुवै छिमेकीको समेत चासो रहन्छ । त्यस्तै नेपालमा रहेका जर्मन, फ्रान्स र युरोपेली अन्य मुलुकका पनि त्यहाँ थिंक ट्यांकको नाममा अनेकन चासो राखेको पाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑