• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा गठबन्धन फेरिने संकेत, महन्थ पक्षलाई हटाएर सरकार पुनर्गठन गर्ने राउतको रणनिति !

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १६:५७
  • ४९९३

    वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मुख बनेका बेला प्रदेश २ को सरकारमा समेत त्यसको प्रत्यक्ष प्रभाव पर्ने संकेत देखिएको छ ।सत्ता गठबन्धनमा फेरबदल हुने सम्भावना देखिएपनि मुख्यमन्त्री नै परिवर्तन हुने कि नहुने भन्ने निश्चित भएको छैन ।मुख्यमन्त्री लालबाबु राउतको सरकार पुनर्गठन हुनसक्ने सम्भावना प्रबल छ । असार १ गते प्रदेश सरकारले बजेट वक्तव्य सार्वजनिक गर्ने संवैधानिक प्रावधानका अनुसार यही जेठ २४ गते प्रदेश सभाको बजेट अधिवेशन बोलाइएको छ।

    बजेट अधिवेशनका क्रममा प्रदेश प्रमुख डा. राजेश झाले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभन्दा पहिले नै सरकार पुनर्गठनको तयारी थालिएको स्रोतको दाबी छ ।जनता समाजवादी पार्टी केन्द्रमा नै विभाजनको सन्निकट पुग्दा प्रदेशमा पनि विभाजनको स्थितिमा पुगेको छ ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेबाट साधारण सदस्य समेत नरहने गरी निस्कासनमा परेका माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेर २ नम्बर प्रदेशमा पनि नयाँ समीकरणको सरकार बनाउने सहमति गरेको उच्च स्रोतको दाबी छ।

    साविकमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेको थियो।सपाका संसदीय दलका नेता राउत मुख्यमन्त्री बनेका थिए भने राजपा संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेको थियो। १३ महिनाअघि दुबै पार्टी मिलेर जसपा बनेपछि जसपाको एकल सरकारको रुपमा परिणत भएको थियो। तर, अहिले जसपा नै विभाजित हुन लाग्दा सरकार फेर्नका लागि राजनीतिक ध्रुवीकरण तीव्र भएको छ।

    राउतले आफ्नै नेतृत्वमा कांग्रेस, एमालेको माधव नेपाल पक्ष र माओवादी समेतको सरकार बनाउनका लागि दलका नेता तथा सांसदहरूसँग भेटघाट गरिरहेका छन् ।त्यसै गरी पूर्व राजपाका संसदीय दलका नेता जीतेन्द्र सोनल पनि आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउनका लागि दलका नेता तथा सांसदहरूसँग भेटवार्तामा छन् ।सोनल नेपाली कांग्रेस, एमालेको संस्थापन समूहसहित पूर्व राजपा खेमाका सांसदहरूसँग छलफलमा छन् ।दुवै नेताले अहिले सत्ता समीकरणका लागि निर्णायक देखिएको नेपाली कांग्रेसलाई फकाउन थालेका छन् ।त्यसको पुष्टि नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि गरेका छन् ।

    ‘हिजो जितेन्द्र सोनलजीले मलाई भेटेर आफ्नो नेतृत्वको सरकारमा आएर सहयोग गर्न प्रस्ताव गर्नुभयो,’ यादवले लोकान्तरसँग भने, ‘त्यसैगरी आज मुख्यमन्त्री राउतले पनि मलाई आफ्नो निवासमा बोलाएर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो।’केन्द्रमा कांग्रेस, माओवादी र जसपा उपेन्द्र यादव पक्षको समीकरण बनेकाले प्रदेशमा पनि तपाईंले हामीलाई सोही समीकरणको आधारमा सहयोग गर्नुपर्‍यो भनेर मुख्यमन्त्री राउतले प्रस्ताव गरेको यादवले खुलाए ।दुबै जनाले सहयोग मागे पनि त्यसबारेमा पार्टीमा साथीहरूसँग सल्लाह गरेर मात्र कुनै निर्णय लिने भनेर दुवै जनालाई जवाफ दिएको उनले बताए।

    ‘जसपा पार्टी औपचारिक रुपमा फुटेकै छैन, तर राउत र सोनलजी दुबैले सरकारका लागि सहयोग मागिरहनुभएको छ,’ यादवले लोकान्तरसँग भने, ‘हामीले पनि आफ्नो पार्टीको हित हेरेर निर्णय लिन्छौं।’केन्द्रमा जस्तोसुकै समीकरण भएपनि प्रदेशमा समीकरण गर्दा प्रदेशको हितलाई हेरिने उनको भनाइ छ ।‘भारतमा केन्द्रमा एउटा गठबन्धन भएपनि प्रदेशमा अर्को गठबन्धन बन्ने अभ्यास समेत भएकाले केन्द्रकै गठबन्धनलाई यहाँ प्रदेशमा नै मान्नुपर्छ भन्ने कुरा पनि छैन,’ कांग्रेस संसदीय दलका नेता यादवले लोकान्तरसँग भने, ‘हामी त्यसका लागि ओपन छौं, बार्गेनिङमा आफ्नो पार्टीको हित हेरेर निर्णय गर्छौं।’

    कांग्रेसले पनि नेतृत्वमा दाबी गर्न सक्ने उनको भनाइ छ ।‘सत्ता सहकार्यको बार्गेनिङ भएपछि राउत वा सोनललाई नै मुख्यमन्त्री मान्नुपर्ने बाध्यता छैन, आवश्यक पर्‍यो भने हामी आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्ने कुरा पनि राख्छौं,’ यादवले भने।जसपाका अध्यक्ष उपेन्द्र यादवले भने प्रदेशमा आफ्नै पार्टीको नेतृत्वलाई निरन्तरता दिन चाहेको उनी निकट एक सांसदले बताए।‘अहिलेको मुख्यमन्त्री राउतकै नेतृत्वमा सरकार बनाउने र अहिलेको सरकारमा रहेका सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्री हटाएर नयाँलाई समावेश गर्ने सोचमा उहाँ हुनुहुन्छ,’ ती सांसदले भने, ‘अन्य पार्टीका सांसदलाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या १० सम्म बनाउने तयारी गरिएको छ।’

    अहिले २ नम्बर प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ६ वटा मन्त्रालय छन् । ६ वटै मन्त्रालयमा मन्त्री र राज्यमन्त्री गरेर १२ जना सांसदको व्यवस्थापन भए जस्तै १० वटा मन्त्रालय भए २० वटा सांसद मन्त्री तथा राज्यमन्त्री बनाउने तयारी गरिएको छ ।‘त्यतिले पनि पुगेन भने सहमति जुटाउनका लागि संविधानअनुसार नै अधिकतम २० जनासम्म मन्त्री बनाउन सकिने हुनाले मन्त्रालय विभाजन गरेर त्यो पनि गरेर पूर्व राजपाका सांसदलाई सरकारबाट बाहिर राख्ने भित्री तयारी गरिएको छ,’ ती सांसदले बताए।भताभुंग भएको अहिलेको समीकरण जसपा अर्थात पूर्व सपा र पूर्व राजपा बाहेक बाँकी सबै राजनीतिक दलहरू अहिले त्यहाँ प्रतिपक्षमा छन् ।

    प्रदेश सभाको गठन हुँदा कुल १०७ जना सांसद थिए। अहिलेको जसपाको त्यति बेला कुल ५५ सांसद थिए । पूर्व राजपाको तर्फबाट सरोज कुमार यादव सभामुख भए पछि ५४ सांसद अर्थात बहुमतका लागि चाहिने जत्ति नै संख्या सहित राउत नेतृत्वमा सरकार बनेको थियो। साविकमा सपाको ३०, राजपाको २५, एमालेको २१, नेपाली कांग्रेसको १९, माओवादी ११ र रिझवान अन्सारीले नेतृत्व गरेको नेपाल संघीय समाजवादी पार्टीका १ सांसद थिए । तर, अहिले उक्त समीकरण हेरफेर भएको छ।पूर्व राजपाका दुई जना मन्त्रीहरू नवल किशोर साह सुडी र राम नरेश राय पूर्व सपा खेमातर्फ लागेका कारण सपाको साविकको संख्या ३० बाट बढेर ३२ पुगेको छ भने राजपाको संख्या २५ बाट २ घटेर २३ पुगेको छ। त्यसैगरी नेकपा एमालेमा कुल २१ जना सांसद रहेकोमा १३ सांसदसहित नेपाल-खनाल समूह बहुमतमा छ भने ओली पक्षमा ८ जना मात्र छन् । खानल-नेपाल समूहका तर्फबाट आधिकारिक रुपमा त्यहाँ नेकपा एमालेको संसदीय दलको नेतामा शत्रुघन महतो छन्।

    त्यसैगरी ओली समूहमा ८ जना सांसदको नेतृत्व एमाले स्थायी कमिटीका सदस्य समेत रहेका सत्यनारायण मण्डलले गरिरहेका छन् ।त्यसै गरी नेकपा माओवादी केन्द्रका साविकमा १२ जना सांसद रहेकोमा ३ जना प्रत्यक्ष तर्फका सांसद र १ जना समानुपातिक तर्फका सांसद गरेर चार जना सांसदहरू एमालेको ओली समूहमा लगेपछि प्रदेश सभा सांसदको पदबाट मुक्त गरिएको थियो।समानुपातिक सांसदको ठाउँमा एक जनालाई मनोनयन गरेपछि माओवादी केन्द्रका साविकका ११ सांसदबाट ३ सांसद घटेर अहिले ८ जना मात्र रहेका छन् ।ओली समूहका तर्फबाट नेतृत्व गरिरहेका संसद सत्यानारायण मण्डल भने राउत नेतृत्वको सरकार फेरिनु पर्ने र अर्को सरकार बन्नुपर्ने पक्षमा छन् ।‘राउत नेतृत्वको सरकारले यो साढे ३ वर्षमा केही पनि गर्न सकेन, यो सरकारले केही गरोस् भनेर नेकपा एमाले शुरूमा सरकारबाहिर रहने गरी विश्वासको मत दिएकै थियौं,’ मण्डलले लोकान्तरसँग भने, ‘तर, सरकारले जनभावनाअनुसार काम नगरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएका थियौं।’

    केन्द्रमा अहिले देखिएको गठबन्धन जस्तै प्रदेशमा पनि समीकरण बनाउने पक्षमा उनी छन् । ‘म आफैं मुख्यमन्त्रीको रेसमा छैन, तर जसपा अर्थात पूर्व राजपा खेमाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने अवस्था आए नेकपा एमालेले समर्थन गर्छ,’ उनले भने।एमालेमा खनाल- नेपाल समूहका शत्रुघन महतोले बहुमत सावित गरेको भने पनि अहिले आफूसमक्ष बहुमत रहेको मण्डलको दाबी छ। ‘त्यति बेला हामीले शत्रुघन महतोसहितका नेतालाई कारवाही नगरेको भए पनि अहिलेको परिवर्तित परिस्थितिमा महतोसहित उनको खेमामा लाग्ने सांसदलाई पार्टीबाट निष्कासन गरेर कारवाही गर्ने तयारी गरेका छौं,’ मण्डलले लोकान्तरसँग भने, ‘महतोलाई त कारवाही हुन्छ नै बाँकी साथीहरूलाई आधिकारिक पार्टीमा आउन भनेका छौं, उहाँहरू सच्चिएर नआए बाँकीलाई पनि कारवाही गर्छौं।’

    अहिलेको स्थितिमा सपाको ३२, माओवादीको ८ र खनाल नेपाल समूहको १३ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद सावित्री देवी साहको समर्थनमा गरेर कुल ५४ सांसद सहित राउतले नयाँ सरकार जोगाउने गणितीय सम्भावना छ । कांग्रेसको साथले त उनी झनै स्पष्ट बहुमतमा पुग्छ ।अर्कातर्फपूर्व राजपाका केही सांसदलाई मन्त्री बनाउने अफर दिएर समेत सांसद तान्ने दाउमा राउत छन् ।

    अर्कातर्फ राजपा समूहले कांग्रेसको साथ पाउने हो भने उनीहरूको २३, कांग्रेसको १९ र एमाले ओली समूहको ८ सहित कुल ५० संख्या पुग्छ। संसदको यही गणितमा यो सम्भावना अलि कमजोर देखिन्छ । केही सांसदहरूमाथि कारवाही भएर संख्या घटबढ भएमा भने बहुमत पुग्न पनि सक्छ ।पूर्व राजपाले कांग्रेसको साथ पाउने हो भने कांग्रेसलाई मुख्यमन्त्री दिनु पर्ने कांग्रेस संसदीय दलका नेता यादवले बताएका छन् । अर्कातर्फ पूर्वसपाका केही सांसद आफ्नो पक्षमा तानेर बहुमत जुटाउने खेलमा सोनल लागेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑