• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना भाइरस भएका मानिसमा ‘औषधिले काम नगर्ने सेतो ढुसी सङ्क्रमणको जोखिम’

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १६:४७
  • २५३७

    कोलकाता (बीबीसी) । पूर्वी भारतको कोलकातामा मे महिनामा कोभिड भएका एक अधबैँसे पुरुषलाई एउटा स्थानीय अस्पतालमा सघन उपार कक्ष आईसीयूमा भर्ना गरियो।

    स्थिति बिग्रिन थालेपछि उनलाई भेन्टिलेटरमा राखियो। कोभिडका कारण गम्भीर बिरामी परेका अरू बिरामीलाई जस्तै उनलाई पनि जीवन रक्षार्थ स्टेरोइड दिइयो।

    आईसीयूमा लामो समय बसेपछि उनी कोभिडमुक्त भए। तर अस्पतालबाट घर पठाउन लागेको बेला चिकित्सकहरूले उनमा औषधिप्रतिरोधी एउटा डरलाग्दो ढुसीको सङ्क्रमण भएको पत्ता लगाए।

    क्यान्डिडा अरिस नामक उक्त ढुसी अस्पतालमा भएका बिरामीमा सङ्क्रमण गराउन सक्ने सम्भावना भएको एउटा सूक्ष्मजीव हो। यो मानिसको रक्तप्रणालीमा फैलिन सक्छ।

    यो ढुसी विश्वभरि क्रिटिकल केअर यूनिटमा प्रायः फेला पर्ने सूक्ष्मजीव हो। यसको सङ्क्रमण हुँदा मृत्युदर ७० प्रतिशत छ।

    “कोभिड-१९ को दोस्रो लहरका बेला हामीले यो सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढिरहेको पाएका छौँ,” मुम्बईमा कार्यरत सङ्क्रामक रोग विशेषज्ञ डा. ओम् श्रीवास्तव भन्छन्।

    “आईसीयूमा धेरै बिरामी छन् अनि तीमध्ये धेरै जनालाई स्टेरोइडको उच्च मात्रा दिइएको छ। त्यो नै कारण हुनसक्छ।”

    ढुसीको सङ्क्रमण किन बढेको हो?

    भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर फैलिएको बेला अस्पतालका आईसीयूहरू गम्भीर बिरामीहरूले भरिएका छन्।

    अनि चिकित्सकहरूले विभिन्न डरलाग्दा ढुसीका कारण हुने सङ्क्रमण पनि बढेको पाएका छन्।

    केही समयअघि कालो ढुसीका कारण हुने म्यूकोर्माइकोसिस भनिने दुर्लभ खालको सङ्क्रण प्रकोप बनेर फैलिन थालेको पाइयो। यस खालको सङ्क्रमणले नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कलाई असर पुर्‍याउँछ।

    भारतमा अहिलेसम्म झन्डै १२,००० जनामा यो सङ्क्रमण पुष्टि भइसकेको छ। तीमध्ये २०० जनाभन्दा बढीको मृत्यु भएको तथ्याङ्क छ।

    चिकित्सकहरूका अनुसार कोभिड बिरामीमा अहिले अरू खालका ढुसीको सङ्क्रमण बढ्न थालेको छ। प्रायः आईसीयूमा एक सातादेखि १० दिन बसेका बिरामीमा त्यस्तो समस्या देखा पर्ने गरेको छ।

    क्यान्डिडाका दुई प्रजाति छन् – क्यान्डिडा अरिस र क्यान्डिडा एल्बिक्यान्स। ती दुवै मानिसका लागि घातक बन्न सक्छन्।

    एस्पर्जिलस वर्गमा पर्ने ढुसीले मुखमा सङ्क्रमण गर्छ र फोक्सोमा पनि असर गर्छ। यो प्राणघातक बन्न सक्छ।

    ढुसीका पाँच करोड वटाभन्दा बढी प्रकार छन्। तीमध्ये क्यान्डिडा र एस्पर्जिलस मानिसको ज्यानमा खतरा पुर्‍याउने प्रमुख ढुसी हुन्।

    क्यान्डिडा धेरै ठाउँमा पाइन्छ। स्नानगृहको पर्दा, कम्प्युटरको स्क्रीन, चिकित्सकले बोक्ने स्टेथस्कोप, रेलको डिम्बाको रेलिङ र अन्य ठाउँमा पनि यो हुन्छ।

    चिकित्सकहरूका अनुसार क्यान्डिडा अरिसले प्रायः रगतमा सङ्क्रमण गर्छ। तर त्यसले श्वासप्रणाली, केन्द्रीय स्नायुप्रणाली, भित्री अङ्ग र छालामा पनि सङ्क्रमण गर्न सक्छ।

    एस्पर्जिलस हामीवरिपरि पर्यावरणमा हुन्छ। यो तातो बनाउने वा एअर कन्डिशनिङ प्रणालीमा पनि हुन सक्छ।

    सामान्यतया हाम्रो रोगप्रतिरक्षा प्रणालीले त्यस्ता ढुसीका स्पोरलाई शरीरमा प्रवेश गर्न तथा रोग लगाउन दिँदैन।

    तर कोभिड भएका बिरामीमा छाला, रक्तनली र श्वासनलीको सतहमा क्षति पुगेको अवस्थामा ढुसी मानिसको श्वासनलीभित्र छिर्न सक्छ।

    यो ढुसीले भेन्टिलेटरमा राखिएका २० देखि ३० प्रतिशत बिरामीमा सङ्क्रमण गर्ने महाराष्ट्रस्थित कस्तूरबा अस्पतालका चिकित्सक डा. एसपी कालान्तरी बताउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑