• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुई दशकसम्म अनुत्तरित एक प्रश्न : प्राण गैसकेका र हत्या आरोप लागेका दीपेन्द्रलाई किन बनाइयो राजा ?

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १५:०४
  • ४३३३

    वीरगन्ज । दरवार हत्यकाण्ड भएको राति न्यरो सर्जन डा. उपेन्द्र देवकोटा नर्भिक अस्पतालमा विरामी जाँच्दै थिए । अचानक विना इजाजत एकजना मानिस ढोका ठेलेर उनको कोठामै पुग्यो । देवकोटाले वोल्न भ्याइकै थिएनन्। उसले भन्योे–डाक्टर साप ठूलो दुर्घटना भएको छ, तपाईंको आवश्यकता छ, मसँग हिँडिहाल्नुस्’। डा. देवकोटा उसैको मोटरमा बसे।

    थापाथलीबाट कालिमाटी, ताहचल हुदै मोटर छाउनी अस्पताल तिर मोडियो । देशसञ्चार अनलाइनलाई डा. देवकोटाले भनेका छन्–मैले त्यति छिटो कसैले मोटर हाँकेको देखेकै थिइन । आर्मी अस्पताल पुग्दाखेरि रिंगटाले बान्ता भएर आफै बिरामी भए जस्तो अवस्थामा थिएँ म ।

    अस्पातल पुगे पछि मात्र डा. देवकोटालाई दरवारमा गोली चलेको थाहा भयो । सैनिक अस्पतालमा राजा रानी सहित राजपरिवारका सदस्यलाई लहरै राखिएको थियो । पहेँलै रंगको कुर्ता सुरुवाल लगाएका राजा वीरेन्द्रको अनुहार पनि पहेँलो भैसकेको थियो । डाक्टरले नाडी छामे । राजाको प्राण थिएन । रानी ऐश्वर्यको टाउको उडेको थियो ।

    दरवार हत्याकाण्डको जाँचबुझ गर्न बनेको आयोगले पनि राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूलाई यिनैले गोली चलाएर हत्या गरेको निष्कर्ष निकालेको छ ।  आखिर बाँच्ने सम्भावना नै नभएका दीपेन्द्रलाई किन बनाइयो राजा ? यो प्रश्न २० वर्षसम्म पनि अनुत्तरित नै छ । 

    गम्भीर घाइते अधिराजकुमारी श्रुतीको प्राण गएको थिएन । अप्रेसन थिएटरमा सबैभन्दा जटिल अवस्थामा थिए युवराज दीपेन्द्र। डा. देवकोटाले भनेका छन् –मैले हेर्दा युवराजले सास फेर्नुभएको थियो। चिमोट्दा खुट्टा चलाउनु भयो ।

    तत्काल उनको अप्रेशन गरियो र लगत्तै एमआरआई पनि । रिपोर्ट हेरेपछि डा. देवकोटा उनी नबाँच्ने निष्कर्षमा पुगि सकेका थिए । टाउकामा लागेको गोली दुईटै डाइनकेफ्लन ड्यामेज (दिमाग) गरेर निक्लेपछि मान्छे बाँच्ने सम्भावना जिरो छ। चिकित्सा विज्ञानमा यस्तो घटनामा परेका कोही पनि बाँचेको रेकर्ड थिएन । डा. देवकोटाले भनेका छन् –मैले बुझेँ, दीपेन्द्र सरकार बाँच्ने जिरो प्रतिशत चान्स छ।

    २०५८ जेठ १९ गते रातिको कुरा हो । राजा रानीको मृत्यु भैसकेको थियो । तर राजा कहिल्यै मर्दैनन् भन्ने मान्यता अनुसार नयाँ राजाको चयन नहुदासम्म मृत्युको घोषणा भएको थिएन । राजपरिषद् बैठकले २० गते युवराज दीपेन्द्रलाई १९ गते रातिबाटै राजा भएको घोषणा ग-यो ।

    यस प्रसंगमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसंग भनेका छन्–राजा रानी र युवराजको लास एउटै ठाँउमा राखिएको थियो । युवराज दिपेन्द्रलाई राजा घोषणा गरिए पनि उनको मृत्यु भैसकेको थियो ।

    दीपेन्द्र अचेत रहेकाले अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक बनाइयो । यसरी उनी शाह वंशका तेह्रौँ राजा हुन पुगे । विश्व राजतन्त्रको इतिहासमा सबै भन्दा छोटो समय राष्ट्र प्रमुख भएका यिनले आफू राजा भएको जानकारी समेत पाएनन् । किनकी भेन्टिलेटरको सहायताले मात्र उनलाई जीवित राखेको थियो । यथार्थमा राजा घोषणा हुनु अघि नै उन प्राण गैसकेको थियो ।

    एकातिर मृत्यु निश्चित भएका अचेत व्यक्ति, अर्कोतिर उनै माथि हत्याकाण्डको दोष । दरवारमा गोली चलेको केही समय पछि नै अन्तराष्ट्रिय सञ्चार माध्यममा युवराज दीपेन्द्रले गोली चलाएको सूचना गृहमन्त्री रामचन्द्र पौडेलले नै दिएका थिए । तर सरकारी सञ्चार माध्यमले २० गते राजपरिषद्ले दीपेन्द्रलाई राजा घोषणा नगर्दासम्म शोक धुन मात्र वजाए ।

    दीपेन्द्रलाई राजा बनाउने निर्णय दुई कारणले अवैधानीक थियो । पहिलो अचेत व्यक्तिलाई राजा वनाउन मिल्दैनथ्यो, त्यस माथि राजा रानी सहित राजपरिवारका सदस्यको हत्याकोे आरोप पनि उनी माथि नै थियो ।

    दरवार हत्याकाण्डको जाँचबुझ गर्न बनेको आयोगले पनि राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूलाई यिनैले गोली चलाएर हत्या गरेको निष्कर्ष निकालेको छ ।

    आखिर बाँच्ने सम्भावना नै नभएका दीपेन्द्रलाई किन बनाइयो राजा ? यो प्रश्न २० वर्षसम्म पनि अनुत्तरित नै छ । राजा घोषणा गरिएको पर्सी पल्ट नयाँ राजा दीपेन्द्रको मृत्यु भएको घोषणा गरियो । उनका काका ज्ञानेन्द्र राजा बने ।

    संयोग नै मान्नु पर्छ जीवनकालमा उनी दुई पटक राजा भए । बाजे राजा त्रिभुवनले २००७ सालमा भारतीय दुतावासमा शरण लिएपछि बाबु महेन्द्र, दाजु वीरेन्द्र भन्दा अघि श्रीपेच पहिरिएका उनलाई भतिजा दीपेन्द्रको मृत्यु पछि पनि राजा हुने सौभाग्य प्राप्त भयो ।

    यहाँ अर्को एउटा संयोग पनि जुरेको छ । उनकै पालामा २३८ वर्ष लामो राजतन्त्र अन्त्य भै गणतन्त्र स्थापना भयो । यहाँ आई पुग्दा अर्को पनि संयोग मिलेको छ । २०५८ जेठ महिनामा राजा बनेका थिए उनी २०६५ जेठमै आम नागरिकको हैसियतमा दरवारबाट वाहिरिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑