• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बढेन परीक्षण, ३० प्रतिशतमाथि छ संक्रमण दर

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १२:३१
  • २३६५

    वीरगन्ज । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।गृह मन्त्रालयका अनुसार ७३ जिल्लामा जिल्लाभर र दुई जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ । काटमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको ३५ दिन बितिसक्यो र बुधबार मात्र जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय भएको छ ।

    तर कोरोना संक्रमण दर भने ३० प्रतिशतमाथि नै छ । बुधबार १६ हजार ८७८ नमुना परीक्षण गर्दा पाँच हजार ३१६ मा कोरोना संक्रमण पुष्टि भएको छ ।अर्थात संक्रमणदर ३१.४९ प्रतिशत छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साता पीसीआर परीक्षण घट्दो छ । जेठ १३ गते २० हजार ४१४ जनाको पीसीआर परीक्षण भएको देखिन्छ, तर संख्या बुधबार आइपुग्दा १३ हजार ८०५ मा झरेको छ ।

    शनिबारबाट एकाएक परीक्षण घट्दा मन्त्रालयको अनुमान थियो, एन्टिजेन गाउँगाउँमा पठाएका छौं । त्यसलाई पखिएर मानिसहरु पीसीआर गर्न नआएका होलान् ।’यो साता एन्टिजेन परीक्षण बढेको पनि छ । जेठ १३ गते ५७८ जनाको एन्टिजेन परीक्षण भएको थियो । यो संख्या बुधबार तीन हजार ७३ पुगेको छ ।

    तर अपेक्षाकृत रुपमा एन्टिजेन परीक्षण नबढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । ‘सातै प्रदेशमा पठाएको एन्टिजेनको संख्या साढे ११ लाख छ । तर अपेक्षाकृत रुपमा यथेष्ट परीक्षण भएको देखिँदैन’ उनले भने ।

    संक्रमण दर ३० प्रतिशतभन्दा माथि रहेकाले परीक्षणको दायरा बढाउन जोड दिइरहेको उनले बताए । ‘बुधबारकै परीक्षण हेर्दा पनि संक्रमण दर ३१ प्रतिशतभन्दा माथि नै छ । यसले परीक्षण यथेष्ट हुन नसकेको संकेत गर्छ,’ डा. पौडेलले भने, ‘त्यसैले एन्टिजेन किट सकिएका रिपोर्टिङपछि मात्रै पुनः पठाउन भनेका छौं ।’

    उपत्यकामै छैन सन्तोषजनक परीक्षणमन्त्रालयको तथ्यांकअनुसार बुधबार काठमाडौं उपत्यकामा दुई हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना छन् । संक्रमित संख्या केही कम भएपनि अझै तीन अंकमा छ ।संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समुदायस्तरमा परीक्षणको दायरा बढाउनुपर्ने विज्ञहरुले बताइरहेका छन् । तर पीसीआर टेष्ट कम भएको उपत्यकामा एन्टिजेन परीक्षण अपेक्षाकृत बढेको छैन ।

    काठमाडौं महानगरपालिकाले जेठ १४ यता करिब पाँच हजार जनाको एन्टिजेन परीक्षण गरेको बताएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका नागरिकको पीसीआर एवं एन्टिजेन परीक्षण गरिरहेको महाननगरका स्वास्थ्य शाखा प्रमुख हरि कुँवरले बताए । आवश्यकता अनुसार सबै वडामा पीसीआर एवं एन्टिजेन परीक्षण भइरहेको भन्दै उनले भने, ‘यदि कसैलाई संक्रमण भयो कि भन्ने शंका लागेको अवस्थामा नजिकैको वडामा गएर परीक्षण गर्न सक्नेछन् ।’

    भक्तपुर नगरपालिकामा भने एन्टिजेन परीक्षण सुरु नै गरेको छैन । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाका अनुसार सरकारबाट ८५० वटा एन्टिजेन किट प्राप्त भएको छ, जसमध्ये तीन वटा मात्रै प्रयोग भएको छ ।कन्ट्याक ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण गरीरहेकाले एन्टिजेन परीक्षणमा केही ढिलाइ भएको उनको भनाइ छ । भन्छन्, ‘घर घरमा गएर स्वाब संकलन गरेर धुलिखेल अस्पतालमा परीक्षण भइरहेको छ । अब छिट्टै जोखिम युक्त ठाउँको पहिचान गरेरे पीसीआरसँगसँगै एन्टिजेन परीक्षण पनि अगाडि बढ्छ ।’

    काठमाडौं उपत्यका बाहिर जिल्लाहरुमा पनि एन्टिजेन परीक्षण अपेक्षाकृत रुपमा बढेको देखिँदैन ।नगरपालिकाले कोरोना महामारी सुरु भएयता ३२०० जनाको पीसीआर परीक्षण गरेको छ ।ललितपुरको महालक्ष्मी नगरपालिकाले १० वटै वडामा कोभिड संयोजक तोकेर एन्टिजेन तथा पीसीआर परीक्षण गरिरहेको स्वास्थ्य शाखा प्रमुख गोविन्द श्रेष्ठले बताए । हप्ताको तीन दिन प्रत्येक वडामा एन्टिजेन परीक्षण गरिरहेको उनले बताए ।

    काठमाडौंको दक्षिणकाली नगरपालिकाले पनि एन्टिजेन परीक्षणलाई तीब्रता दिएको बताएको छ ।नगरप्रमुख मोहन बस्नेतले जोखिमको पहिचान गरी दिन बिराएर परीक्षण थालिएको बताए । ‘लक्षणभएका र कन्ट्याक ट्रेसिङमा परेकाहरु परीक्षण गर्न आफैं तयार हुन्छन् । उनीहरु आफैले सूचना दिएर बोलाउँछन्,’ नगरप्रमुख बस्नेतले भने ।

    वैशाख २२ गते यता गरिएको ५०० एन्टिजेन र २३९ पीसीआर परीक्षण गर्दा ४०० जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका कोभिड फोकल पर्सन विष्णु लामिछानेले बताए ।सरकारले पहिलो लटमा पठाएको ५०० एन्टिजेन सकिएपछि थप ८८० किट आएको उनले बताए । ‘सुरु सुरुमा एन्टिजेन परीक्षणप्रति स्थानीय त्यति सन्तुष्ट देखिएका थिएनन्,’ उनले भने, ‘तर पछिल्लो समय कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखा परेका व्यक्तिहरुले एन्टिजेन परीक्षण गराइरहेका छन् ।’

    काठमाडौं उपत्यका बाहिर जिल्लाहरुमा पनि एन्टिजेन परीक्षण अपेक्षाकृत रुपमा बढेको देखिँदैन ।कोरोना महामारीका कारण पर्साको जगरनाथपुर गाउँपालिका पूरै आक्रान्त बन्यो । गाउँभरिका मानिसमा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएपछि स्थानीयमा त्रास उत्पन्न भयो । जोखिमलाई मध्यनजर राखेर त्यहाँ एन्टिजेन परीक्षण गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र शाहका अनुसार हालसम्म दुई सयभन्दा बढीको एन्टिजेन किटबाट परीक्षण गरिएको छ ।

    जोखिम कम भएपछि परीक्षण रोकिएको उनको भनाइ छ । ‘अहिले जोखिम छैन । ज्वरो, टाउको दुखेको विरामी नभएकोले परीक्षण रोकेका छौं’ उनले भने ।सिरहाको सिराह नगरपालिकाले सय जनाको एन्टिजेन परीक्षण गराएको छ । उच्च जोखिममा भएका र कन्ट्याक ट्रेसिङमा परेकाहरुको परीक्षण गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिसले बताए ।

    सिराहकै लाहान नगरपालिकास्थित लक्राहा वडा नम्बर १५ को दलित वस्तीमा केही दिनअघि रुघाखोकी र ज्वरो विरामी बढ्यो । कोरोना संक्रमण फैलिएको आशंकमा एन्टिजेन परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए । उच्च जोखिम क्षेत्रमा स्वास्थ्यकर्मी गएर डेढ सय एन्टिजेन परीक्षण भएको र त्यति नै किट मौज्दात रहेको उनले बताए ।

    भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा ४५ जनाको एन्टिजेन परीक्षण गरिएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीले वडा वडामा गएर परीक्षण गरिरहेको गाउँपालिका अध्यक्ष ध्रुव राईले बताए । जिल्ला स्वास्थ्य कार्यलयले उपलब्ध गराएको २३० एन्टिजेन किटमध्ये १८५ मौज्दात रहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑