• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानमन्त्री ओलीका दुई रूप : उतिबेला ‘जघन्य अपराधी’, अहिले ‘मुद्दा फिर्ता’

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार १०:१९
  • २५०९

    वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको करिब पाँच वर्ष पुरानो एक ट्वीट सामाजिक सञ्जालमा भाइरल बनेको छ । गत मंगलबार सरकारले थारू कल्याणकारिणी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिसँग ६ बुँदे सहमति गरेपछि प्रधानमन्त्री ओलीको उक्त ट्वीट भाइरल बनेको हो ।

    उतिबेला प्रधानमन्त्री ओलीले रेशमलाल लगायत टीकापुर घटनाका दोषीहरुलाई जघन्य अपराधीको संज्ञा दिँदै कुनै पनि हालतमा मुद्दा फिर्ता नहुने बताउनुभएको थियो । तर अहिले जब सत्ता–संकट चुलियो, उही रेशमको मुद्दा फिर्ता गरेर जसपाको एउटा खेमालाई खुसी पार्न ओली सरकार बाध्य भएको छ ।

    सरकार र थरूहट संयुक्त संघर्ष समितिसँग सहमति भएको पहिलो बुँदामा टीकापुर घटनाका अभियुक्त धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता र रिहाइका लागि सरकारले पहल गर्ने उल्लेख छ । उक्त सहमतिपछि एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले २०७३ असोज १२ गते गर्नुभएको ट्वीट भाइरल बनेको हो ।

    ‘कैलाली, टीकापुरको घटनाका दोषीहरुको मुद्दा फिर्ता लिने प्रक्रिया ओली नेतृत्वको सरकारकै पालामा अघि बढिसकेको’ भन्ने तत्कालीन फोरम लोकतान्त्रिकका महासचिव एवं सांसद रामजनम चौधरीको भनाइलाई खण्डन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको थियो- ‘टीकापुर घटनाजस्ता जघन्य अपराधका कुनै पनि मुद्दाहरु मेरो कार्यकालमा फिर्ता लिने निर्णय नभएको प्रष्ट पार्दछु ।’

     

    news24-ad

    २०७३ असोज १२ गते बसेको राज्य व्यवस्था समितिको बैठकमा अघिल्लाे ओली सरकारका स्वास्थ्यमन्त्री समेत रहनुभएका चौधरीले टीकापुर घटनाको मुद्दा फिर्तासम्बन्धी आधा काम अघिल्लो सरकारकै पालामा अघि बढिसकेको बताउनुभएको थियो । त्यसअघि ओली नेतृत्वकै सरकार थियो ।

    कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नौ-नौ महिना आलोपालो गठबन्धन सरकारकाे नेतृत्व गर्ने सहमति भएपछि ओली नेतृत्वको सरकार ढलेको थियो । २०७३ साउन १९ गते ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

    ओली नेतृत्वको सरकारले नै टीकापुरको घटनाका दोषीहरुको मुद्दा फिर्ता लिने प्रक्रिया उतिबेलै थालेकाे बताइए पनि आज सत्ता टिकाउनकै लागि उक्त घटनाका मुद्दा फिर्ता लिने निर्णय ओली सरकारले गरेको छ । उतिबेला जघन्य अपराध भन्नुभएका ओलीले यसपालि पनि मुद्दा फिर्ता लिने सहमति गरेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

    अझ स्मरणीय त के छ भने तत्कालीन प्रधानमन्त्री प्रचण्डले रेशमलाल चाैधरीलाई भेट्दा मात्र पनि ‘प्रधानमन्त्रीले अपराधीलाई भेटेको’ भन्दै त्यसबेला एमालेले देशभर आगो बालेर आन्दोलन समेत गरेको थियो । अहिले भने उही एमालेकाे सरकारले मुद्दा फिर्ता लिने सहमति गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑