प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एमाले बिहीबार (आज) अपराह्न ४ बजे स्थायी कमिटी बैठक बाेलाएकाे छ । तर असन्तुष्ट नेता खनाल र नेपाल समूहले भने बिहीबार नै छुट्टै केन्द्रीय कमिटी बैठक (भर्चुअल माध्यमबाट) बोलाएको छ । ओली पक्षले भने खनाल-नेपाल पक्षद्वारा बाेलाइएकाे बैठक असंवैधानिक रहेको भन्दै काेही पनि सहभागी नहुन निर्देशन दिएकाे हाे ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन सूचित गरेका छन्
“अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले)को वैधानिक व्यवस्था विपरीत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो कृयाकलापको निन्दा एवम् भर्त्सना गर्दछु । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानुन विपरीतको त्यस्ता कृयाकलापमा सहभागी नहुन सुचित गर्दछु,” विज्ञप्तिमा उल्लेख छ ।