• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्वाचन आयोगले गर्‍यो उपेन्द्र र महन्थका पत्र खारेज

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०७८, बुधबार १७:५७
  • ३६२१

    बिरगंज । जनता समाजवादी पार्टी (जसपा) का दुई पक्षले एक अर्कालाई निष्कासन गर्दै दिएको जानकारीको प्रक्रिया नपुगेको निर्वाचन आयोगले जनाएको छ । दुवै अध्यक्षले एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरुप नभएकोले बदर गरिएको निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

    ‘जनता समाजवादी पार्टीबाट आएका दुई पत्र मंगलबार आयोगमा दर्ता भएका थिए । एउटामा महन्थ ठाकुरले सही गरेर उपेन्द्र यादवलाई निष्कासन गरेको र अर्कोमा उपेन्द्र यादवले सही गरेर महन्थ ठाकुरलाई निश्कासन गरिएको भन्‍नु भएको छ,’ सचिव अधिकारीले इकागजसँग भने, ‘दुवै पत्र राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूची अनुसार छैनन् । अनुसुची अनुसारको फाराम अनुसार पत्र नआएकाले आयोगले रद्द गरेको छ ।’

    ठाकुर र यादवलाई नियमावलीको अनुसूची अनुरुप पत्र पठाउन आयोगले बुधबारै पत्र पठाउने अधिकारीले बताए । ‘राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची बमोजीम फाराम समावेश गरेर फेरि पत्र पठाउनू भन्ने व्यहोरा उल्लेख गरेर दुवै जनालाई आयोगले आज पत्र पठाउँछ,’ सचिव अधिकारीले भने ।

    ठाकुरले पठाएको पत्रमा कार्यकारिणी समिति बैठकको माइन्यूट नभएकोले त्यो समेत पठाउन भन्दै पत्र पठाइने उनले बताए । यादवको पत्रमा भने माइन्यूट रहेको अधिकारीले बताए । ‘महन्थ ठाकुर समूहबाट आएको पत्रमा बैठकको माइन्यूटसमेत समावेश नभएको देखियो । उहाँलाई निर्णयको माइन्यूटसमेत समावेश गरेर पठाउनु भनेर पत्रमा भन्छौं,’ अधिकारीले भने ।

    आयोगको पत्र पुगेपछि उनीहरूले नियमावलीको अनुसूची अनुरुप पत्र पठाएपछि मात्रै प्रक्रियामा जाने सचिव अधिकारीले बताए ।
    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिला कानुन अनुरुप पत्र आएका छन् कि छैनन् दलसम्बन्धी हेर्ने महाशाखाले एकिन गरेपछि मात्रै थप प्रक्रिया सुरु गर्ने बताए । ‘जसपाका दुवै समूहका पत्र दर्ता भएको जानकारी आएको छ । अब दलसम्बन्धी महाशाखाले कानुन अनुरुप छ कि छैन एकिन गरेर बोर्ड बैठकमा पेश गर्छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

    राजनीतिक दलसम्बन्धी नियमावलीमा निर्वाचन आयोगमा पेस भएको केन्द्रीय समिति र संसदीय दलको बहुमतले पार्टी अनुशासनविपरीत काम गर्नेलाई कारबाही गर्न सक्छ । अहिले संसद् नभएकाले केन्द्रीय कार्यासमितिको बहुमतले कारबाही गर्न सक्छ । जसपाले केन्द्रीय समितिको रुपमा केन्द्रीय कार्यकारिणी समितिको नाम पेस गरेको थियो ।

    यादव र ठाकुर दुवैले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिमएकले अर्काको नाम हटाएर अद्यावधिक गरिदिनु भनेका छन् ।यादवले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र यादव, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गरेका थिए ।त्यसको ‘काउन्टर’ मा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएका थिए ।

    ठाकुरले आयोगमा पठाएको पत्र

    linkedin sharing buttonsharethis sharing buttonराजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑