बिरगंज । कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा ३१ जेठसम्म थपिएको छ। बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ३१ जेठसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। कोरोना संक्रमण कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
काठमाडौंमा १६ वैशाखबाट निषेधाज्ञा लगाइएको हो। पछिल्लो पटक १४ जेठमा थपिएको निषेधाज्ञा भोलि सकिँदै छ। २१ जेठबाट थपिने निषेधाज्ञा केही खुकुलो पारिने भएको छ। बिहान ९ बजेसम्म खाद्यान्न पसल र डिपार्टमेन्ट स्टोर पनि खोल्न दिइने उनले बताए। यसअघि तरकारी पसलमात्रै खोल्न दिइएको थियो।