बिरगंज । नेपाल सरकारले नेपालमा बिभिन्न १५ वटा स्थानमा सुरुङ मार्ग बनाउन पहिचान गरेको छ । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाङले नेपालको पहिलो सुरुङ मार्गको रुपमा नागढुङ्गा सुरुङ मार्गको काम द्रुततर गतिमा भैरहेको बताए । निर्माणका लागि ९ अर्ब ८४ करोड रुपैंया बजेट बिनियोजन गरिएको छ।
बुटबल पाल्पा रुटमा सिध्दबाबा सुरुङ मार्ग बनाउन टेण्डर भैसकेको छ। यो आर्थिक वर्षभित्र ३ वटा सुरुङ मार्ग बनाउने लक्ष्य राखिएको छ। मन्त्री नेम्बाङले निषेधाज्ञाको लगत्तै जनकपुरमा रेल सुरु गरिने जानकारी दिए।
रेल संचालनका लागि ५२ किलो मिटर बाटो बनिसकेको तथा रेल आईसकेको र रेल अध्योदेश आईसकेकोले रेल चलाउन कुनै समस्या नभएको स्पष्ट पारे। आगामी आर्थिक वर्षमा ३०० वटा पुल बनाईने छ जसमध्ये काठमाडौं उपत्यकामा ३ वटा फ्लाईओभर बनाईने भएको छ।
यसैगरी कोटेश्वरमा अण्डरपास बनाउन जाईका संग सहमति भैसकेको छ। पुर्व पश्चिम राजमार्गको गड्डाचौकी सम्मको सडक विस्तार गरी ४ लेनको बनाईने भएको छ। यस्तै पानी जहाज चलाउन आवश्यक एन निर्माणकार्य अन्तिम चरणमा पुगेको मन्त्री नेम्बाङले जानकारी दिए।