बिरगंज ।पर्सामा जेठ ३० गतेसम्म निषेधाज्ञा पुनः लम्ब्याएको छ । बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई छैठो पटक लम्ब्याइएको हो ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधवार बसेको बैठकले जेठ ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधि बढाएको हो ।
निषेधाज्ञा उपयोगी भएको हुँदा तिव्र गतिमा फैलिएको संक्रमण नियन्त्रण हुँदै गर्दा खुकुलो बनाउँदा झनै जोखिम हुन सक्ने हुँदा निषेधाज्ञाको अवधि बढाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी एवम् डिसिसिएमसीका संयोजक पिताम्बर घिमिरेले बताए । उनले भने, ‘अहिले संक्रमितको संख्या घटीरहेको छ । यस्तै अवस्थामा फेरी खुला गरे नबढ्ला भन्न सकिन्न ।’
जिल्ला प्रशासन कायालयमा सरोकारवालाको उपस्थितीमा बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञाको अवधि बढाउनका साथै कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि शव व्यवस्थापनमा ३ लाख ७१ हजार ६ सय १५, क्वारेन्टिन होल्डिंग सेन्टर व्यवस्थापनमा ७६ हजार १ सय र अनुगमन तथा कन्ट्रयाक्ट ट्रेसिंग र सवारी साधन इन्धनमा २ लाख ८ हजार ८ सय ६० गरी जेठ १९ गतेसम्मको अवधिमा ६ लाख ५६ हजार ५ सय ७५ रुपैँया खर्च समर्थन गर्ने निर्णय गरेको छ ।