बिरगंज ।कृष्णा कुशवाहा।पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर १ गर्दौलमा जसपा यूवानेता गौरीशंकर साह(गौरी दादा)ले अस्पताल निर्माणको लागि आफ्नो भोग चलनमा रहेको एलानी जग्गा दान गरि अस्पताल को शिलान्यास गरेका छन |
केन्द्रिय योजना अनुसार उपभोक्ता समिती गठन गरि निर्माण कार्य शुरु गरिएको छ । निर्माण हुन लागेको अस्पताल ३९ लाखको लागतमा निर्माण हने उपभोक्ता समतिले जनाएको छ |
उपभोक्ता समितिका अध्यक्ष उमेश प्रसाद साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गापा अध्यक्ष श्री लाल साह (मोदि,) वडा अध्यक्ष सागिर मिया,समाज सेवी अक्षेलाल मेहता लगायतको उपस्थित थियो |