• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञाकै बिचमा तीन देशसँग फेरि जोडिँदै हवाई सेवा, के चार्टरको महँगो शुल्कबाट मिल्ला राहत?

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७८, मंगलवार १४:३५
  • ४१३७

    वीरगन्ज । निषेधाज्ञाकै बिच तीन मुलुकको नेपालसँग हवाई सम्बन्ध पुन: स्थापित हुने भएको छ। चीन, कतार र टर्कीसँग दुईतर्फी नियमति उडान हुन लागेको हो। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि भारतबाहेकका अन्तर्राष्ट्रिय उडान रोकेको सरकारले पछिल्लो पटक तीन मुलुकमा मंगलबारदेखि पुनः उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। नियमित उडान बन्द भएपछि चार्टर उडान भइरहेका थिए। त्यसमा ट्राभल एजेन्सीले यात्रुबाट भाडामा मनोमानी गरेको गुनासो बढेपछि सरकारले तीन मुलुकका लागि उडान खोल्ने निर्णय गरेको हो।

    ‘यतिखेर चीन, टर्की, कतार लगायतका वायुसेवा कम्पनीलाई साताको एउटा उडान सञ्चालनका लागि सेड्युलिङको काम भइरहेको छ,’ नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने। उनका अनुसार टर्कीको वायुसेवा कम्पनी टर्किस एयरलाइन्सले साताको एउटा उडान बिहीवार गर्ने तालिका पाएको छ। यस कम्पनीले आगामी बिहीवारदेखि नियमित उडान सुरु गर्न लागेको छ।

    यसैगरी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, निजी क्षेत्रका वायुसेवा कम्पनी हिमालय एयरलाइन्स, कतार एयरवेज र चीनको वायुसेवा कम्पनीको उडान तालिका भने तयार हुने क्रममा रहेको प्रवक्ता क्षेत्रीले बताएका छन्। उनका अनुसार तीन गन्तव्यमा उडान सुरु भएसँगै नेवानिले दोहा, हिमालयले चीन, कतार एयरवेजले दोहा-काठमाडौं, चीनको एउटा वायुसेवा कम्पनीले चीन-नेपाल, टर्किस एयरलाइन्सले इस्तानबुल-काठमाडौं साताको एक/एक उडान गर्नेछन्।

    ‘चीनले एउटा वायुसेवा कम्पनीमार्फत् दुईतर्फी उडान गर्ने पत्राचार गरेको छ। यो अवस्थामा उडानमा कडीकडाउ गरिए पनि चीन सरकारले अब हुने नियमित उडानमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै साताको एउटा उडान गर्ने जनाएको छ। तर, उडान गर्ने मिति र तालिकाबारे खबर आउन बाँकी नै छ,’ प्रवक्ता क्षेत्रीले भने।

    नेपाल-भारत भने एयर बबल सम्झौताअन्तर्गत साताको एउटा/एउटा सञ्चालनमा छ। कोभिड-१९ दोस्रो लहर सुरु भएसँगै सरकारले जेठ १७ गतेसम्मका लागि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेको थियो। यो अवधिमा विभिन्न मुलुकका वायुसेवा कम्पनी कुटनीतिक पहलमा कार्गो, यात्रु चार्टर, एयर एम्बुलेन्स लगायतका उडान सञ्चालन गर्दै आएका छन्।

    माग आएको अवस्थामा खाडी मुलुकमा गएका नेपालीलाई उद्धार, उडानमार्फत् स्वदेश फर्काउन सरकार तयार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए। पहिलेको तुलनामा खाडी मुलुकमा गएका नेपालीहरु विदेशमा सुरक्षित रहेका कारण तत्काल उद्धार उडानको माग नआएको उनले जानकारी दिए।

    ‘यो अवस्थामा उहाँहरु यहाँभन्दा उतै सुरक्षित हुनुभएको देखिएको छ। उतै भेन्टिलेटर, अक्सिजनको सेवा पाइरहनुभएको जानकारी आएको छ,’ उनले भने, ‘यदि उता हुनुभएका नेपाली नागरिकबाट उद्धार उडानको प्रस्ताव आएको अवस्थामा सरकार तयार छ।’

    हाल खुला गरिएका तीन मुलुकसँगै मलेसिया र दुबईमा दुईतर्फी नियमित उडान गर्ने प्रस्ताव पठाए पनि यी मुलुकमा बन्दाबन्दी र उडान बन्द गरिएका कारण नियमित उडान पुनः सुरु गर्न नसकिएको उनले बताए।

    आन्तरिक तर्फको हवाई उडान कहिलेदेखि खुला गर्ने भन्नेमा सरकारले निर्णय गरेको छैन। आन्तरिकतर्फ नियमित उडान छिट्टै सञ्चालनमा ल्याउने सम्भावना नरहेको सचिव कोइरालाले बताए। ‘कोरोना दोस्रो लहरको संक्रमण मुलुकको अधिकांश क्षेत्रमा फैलिएका कारण तत्काल आन्तरिक उडान सुरु गर्ने सम्भव छैन,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑